कास्की

लायन्स न्यूरोड चौतारीको अध्यक्षमा पौडेल

पोखरा ३१ वैशाख । सामाजिक क्षेत्रमा सक्रिय रहदै आएको लायन्स क्लव अफ पोखरा न्यूरोड चौतारीको अध्यक्षमा अर्र्जुन पौडेल चयन भएका छन । शनिबार भएको क्लबको १२ औं अधिबेशनले लायन बर्ष २०२३÷०२४ का लागि पौडेलका अध्यक्षतामा नयाँ कार्यसमितिको चयन गरेको हो । पौडेल यसअघि क्लवको दृतिय उपाध्यक्षमा रहि विभिन्न जिम्मेवारी निर्वाह गर्दै आएका थिए ।त्यसैगरी क्लवको प्रथम उपाध्यक्षमा माधब बास्ताकोटी निर्वाचित भएका छन् । दृतिय उपाध्यक्षमा पुर्ण थापा र तृतिय उपाध्यक्षमा राजेश श्रेष्ठ निर्वाचित भएको निर्वाचन कमिटीका संयोजक एवं क्लवका निवर्तमान… पुरा पढौ

खोप लगाउन छुटेका जन्मदेखी पाँच वर्ष मूनीका वालवालीकालाई आज खोप लगाईने

पोखरा, ३१ वैशाख । यही वैशाख १५ गतेको नियमित खोप लगाउन छुटेका जन्मदेखी पाँच वर्ष मूनीका बालबालिकालाई आज देशभर एकैसाथ खोप लगाईँदै छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नजिकैको स्वास्थ्य कार्यालयमा गई आफ्ना बालबालिकालाई छुटेको खोप लगाउन सवैमा आग्रह गरेको छ ।कोही पनि बालबालिका नियमित खोप लगाउनबाट नछुटुन् भन्नका लागि यही वैशाख १५ गते र आज दुईदिने बृहत् खोज र खोप अभियान सञ्चालन गरी खोप लगाउन थालिएको हो । रोग, अपाङ्गता र मृत्युबाट बचाउनका लागि जन्मेदेखि पाँच वर्षसम्मका उमेरका बाललालिकालाई… पुरा पढौ

गण्डकी प्रदेश स्तरिय ट्राफिक सप्ताहको चौथो दिन आज सवारी नियम अनुगमनगरी मनाईयो

पोखरा, २८ वैशाख । सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले गण्डकी प्रदेशका ११ वटै जिल्लामा संचालन भईरहेको ट्राफिक सप्ताहको आज चौथो दिन चालक परिचालक प्रशिक्षण कार्यक्रम संचालन गरी सवारी नियम अनुगमन गरेको छ । सप्ताह अन्तर्गत गरिएका सचेतनामूलक कार्यक्रम वाट हालसम्म दुई लाख ४८ हजार भन्दा वढी लाभान्वीत भएको गण्डकी प्रदेश ट्राफिक कार्यालयले जनाएको छ ।सप्ताहको तेस्रो दिन ग्रामिण सडक लक्षित प्रशिक्षण कार्यक्रमहरु संचालन गर्नुका साथै ग्रामिण सडकहरुमा चल्ने गाडीहरुमा सिट क्षमता भन्दा बढी यात्रु अनुगमन, बढि भाडादर अनुगमन, साईकलमा टल्किने… पुरा पढौ

अनुदानलाई उत्पादनसँग जोड्छौं — मुख्यमन्त्री पाँण्डे

पोखरा, २७ वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले जनतालाई प्रतक्ष अनुभूती हुनेगरी पुर्वाधार विकासका कार्यक्रमसँगै सामाजिक दायित्व पुरागर्ने तर्फ आँफु अग्रसर रहेको वताएका छन् ।नेपाली कांग्रेस कास्कीले आयोजना गरेको गण्डकी प्रदेशका मुख्यमन्त्री, मन्त्री र सांसदहरुलाई वधाई तथा शुभकामना कार्यक्रमलाई संवोधन गर्दै मुख्यमन्त्री पाँण्डेले प्रदेश सरकारले अनुदान पुर्वाधार निर्माणका लागी नभएर उत्पादनसँग जोडेर अनुदानका कार्यक्रम संचालन गर्ने वताए । गण्डकी प्रदेश सरकार यतीवेला आगामी आर्थिक वर्ष २०८०÷२०८१ का लागी नीति तथा कार्यक्रम र वजेट वनाउने गृहकार्यमा जुटेको छ ।सीमित साधन… पुरा पढौ

विद्युतीय पाश्र्वचित्र सम्बन्धि जनप्रतिनिधि, आमासमुह र टोल विकास संस्थाहरुसंग छलफल

पोखरा, २३ वैशाख । विद्युतीय पाश्र्वचित्रका लागि घरधुरी तथ्याङ्क सङ्कलन गर्ने तयारी गरिरहेको पोखरा महानगरपालिकाले शनिबार वडा नं.१ देखी २५ सम्मका जनप्रतिनिधि सहित स्थानीय टोल विकास संस्था, आमा समूहका प्रतिनिधि र सर्वेक्षकहरुसंग छलफल तथा अन्तरक्रिया गरेको छ । पोखरा सभागृहमा सम्पन्न कार्यक्रममा महानगरपालिकाका प्रमुख धनराज आचार्यले ऐनमा गरिएको व्यवस्था अनुस ार नगर विकासको निमित्त नगर क्षेत्र भित्रको तथ्याङ्क संकलन गरि समग्र महानगरनगरपालिकाको अवस्था तथा वस्तुस्थिति झल्कने गरि नगर पाश्र्वचित्र तयार पार्न लागेको बताउनुभयो । भरपर्दो र सहि तथ्याङकिय आधार नै… पुरा पढौ

सातौं पोखरा स्पोर्ट्स अवार्ड सम्पन्न, वर्ष उत्कृष्ट खेलाडीको उपाधी करण र सावित्रालाई

पोखरा २३ बैशाख । सातौं संस्करणको पोखरा स्पोर्ट्स अवार्ड शनिबार पोखरामा भव्य रुपमा सम्पन्न भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको अवार्ड अन्तरगतको वर्ष उत्कृष्ट खेलाडी पुरुष तर्फको पुरस्कार क्रिकेटका करण केसी र वर्ष उत्कृष्ट खेलाडी महिलातर्फको पुरस्कार फुटबलकी सावित्रा भण्डारीले हात पारेका छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको अवार्ड कार्यक्रम अन्तरगत यो विधामा केसी सँगै आर्चरीका गंगाबहादुर कुँवर र टेनिसका प्रदिप खड्का मनोनयनमा परेका थिए् । यसैगरी वर्ष उत्कृष्ट खेलाडी महिला तर्फ भण्डारीसँगै… पुरा पढौ

व्यवसायी पलायन भएकोप्रति पोउवा संघको ध्यानाकर्षण, घरभाडामा छुट दिन आग्रह

पोखरा,२१ वैशाख । पोखरा उद्योग वाणिज्य संघले व्यवसायीहरुलाई धैर्य नगुमाउन तथा घरधनीहरुलाई घरभाडामा सक्दो छुट दिन अनुरोध गरेको छ । पोखराको मुख्य बजार क्षेत्रकै सटर तथा कवलहरु खाली हुन थालेपछि संघले। सो आग्रह गरेको हो । संघका महासचिव बलराम आचार्यद्धारा जारी विज्ञप्तिमा बैंकको चर्को ब्याजदर,आर्थिक मन्दीका कारण व्यवसायमा आएको सिथिलताले पलायनको अवस्था ल्याएको र यो परिस्थितिबाट व्यवसायीहरुलाई जोगाउन राज्यले विशेष ध्यान दिनुपर्ने माग गरिएको छ ।महासचिव आचार्यले यो विषयमा नेपाल घरभाडा सरोकार समितिसँग परामर्श गरेको जानकारी दिँदै भनेका छन्,‘माहुरीलाई पोलेपछि… पुरा पढौ

वर्ष उत्कृष्ट खेलाडीका लागी करण, गंगा र प्रदीपबिच प्रतिष्पर्धा

पोखरा २० बैशाख । सातौं संस्करणको पोखरा स्पोर्ट्स अवार्ड अन्तरगत वर्ष उत्कृष्ट खेलाडीका लागी क्रिकेटका करण केसी, आर्चरीका गंगाबहादुर कुँवर र टेनिसका प्रदिप खड्का मनोनयनमा परेका छन् । केसी बागलुङ, कुँवर तनहुँ र खड्का कास्की जिल्ला स्थायी ठेगाना भएका खेलाडी हुन् । उनीहरु तीनजना मनोनयनमा परेको सार्वजनिक भएसँगै यो विधा तर्फको अवार्ड कसले चुम्ला आ–आफ्नै अड्कलबाजी हुन थालेको छ । बैशाख २३ गते शनिबार दिउँसो २ बजेपछि पोखरा सभागृह हलमा आयोजना हुने अवार्ड कार्यक्रममा यो उपाधि हात पार्ने खेलाडीले टेल्जि… पुरा पढौ

राष्ट्रपति पौडेलले भारतमा उपचारका क्रममा भएको सम्पुर्ण खर्च आफैँ बेहोर्ने

पोखरा, १९ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा उपचारका क्रममा भएको सम्पुर्ण खर्च आफैँ बेहोर्ने भएका छन् । सरकारी ढुकुढीबाट राष्ट्रपतिको उपचार भएकोबारे सर्वत्र आलोचना भएपछि राष्ट्रपति पौडेलले व्यक्तिगत खर्चमै उपचार गर्ने घोषणा गरेका हुन् । उपचारका क्रममा भएको सम्पूर्ण खर्च राष्ट्रपति स्वंमले बेहोर्न चाहेको प्रेस संयोजक खिला कार्कीले जारी गरेको प्रेषविज्ञप्तिमा उल्लेख छ ।राष्ट्रपति पौडेलको छातीमा संक्रमण देखिएपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल हुँदै भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उपचार भएको थियो ।राष्ट्रपति पौडेल ११ दिन… पुरा पढौ

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त

पोखरा, ९ वैशाख । प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न नसक्दा शनिवार गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त भएका छन् ।विश्वासको मत पाउन कम्तीमा ३१ सांसदको समर्थन जुटाउनुपर्नेमा अधिकारीले एमालेका २२ र राप्रपाका २ गरी २४ मत मात्र पाए । गण्डकी प्रदेश सभामा ६० सदस्य रहेका छन् । नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपाका सांसदको समर्थनमा २५ पुसमा मुख्यमन्त्री बनेका अधिकारी करिब साढे ३ महिना पदमा रहे ।मुख्यमन्त्री अधिकारीको विश्वासको मतको विपक्षमा ३५ मत खसेको छ । नेपाली कांग्रेसका… पुरा पढौ