राष्ट्रपति पौडेलले भारतमा उपचारका क्रममा भएको सम्पुर्ण खर्च आफैँ बेहोर्ने

-


     गण्डकी बहस     
     वैशाख १९ गते २०८० मा प्रकाशित


पोखरा, १९ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा उपचारका क्रममा भएको सम्पुर्ण खर्च आफैँ बेहोर्ने भएका छन् । सरकारी ढुकुढीबाट राष्ट्रपतिको उपचार भएकोबारे सर्वत्र आलोचना भएपछि राष्ट्रपति पौडेलले व्यक्तिगत खर्चमै उपचार गर्ने घोषणा गरेका हुन् ।

उपचारका क्रममा भएको सम्पूर्ण खर्च राष्ट्रपति स्वंमले बेहोर्न चाहेको प्रेस संयोजक खिला कार्कीले जारी गरेको प्रेषविज्ञप्तिमा उल्लेख छ ।
राष्ट्रपति पौडेलको छातीमा संक्रमण देखिएपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल हुँदै भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उपचार भएको थियो ।
राष्ट्रपति पौडेल ११ दिन उपचार गराएर आइतबार राति स्वदेश फर्किएका थिए ।