कास्की

महानगक्षेत्रका ५ जना उत्कृष्ट कृषक र १० जना ज्येष्ठ प्रवद्र्धन कृषकलाई नगद सहित सम्मान

पोखरा १७, आषाढ । पोखरा महानगरपालिकाले महानगक्षेत्रका ५ जना उत्कृष्ट कृषक र १० जना ज्येष्ठ प्रवद्र्धन कृषक गरी १५ जना कृषकहरुलाई नगद सहित सम्मान गरेको छ । महानगरपालिकाको पशु सेवा शाखाद्वारा आयोजित कृषक सम्मान कार्यक्रममा नगरप्रमुख धनराज आचार्य र उपप्रमुख मन्जुदेवी गुरुङले ती कृषकहरूलाई संयुक्त रूपमा सम्मान प्रदान गर्नुभएको हो । उत्कृष्ट कृषक सम्मान प्राप्त गर्नेमा पोखरा १५ का भैसीपालक कृषक दीपक तिमिल्सीना, पोखरा २५ का गाई पालक कृषक धनश्याम तिमिल्सीना, पोखरा १७ का कुखुरा पालक कृषक चन्द्रकान्त बराल, पोखरा… पुरा पढौ

एक सय ३५ यात्रु लिएर पोखरा विमाानस्थलमा उत्रियो सिचुवान एयरलाइन्सको न्यारोबडी ए ३१९ विमान

पोखरा, ६ असार । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा वुधवार पहिलो पटक विमान अवतरण भएको छ । चीनको छेन्दुबाट आकास मार्गको दुईहजार किलोमिटर भन्दा लामो दुरी पार गर्दै सिचुवान एयरलाइन्सको न्यारोबडी ए ३१९ विमान आज बिहान ९ बजेर ६ मिनेटमा १३५ यात्रु लिएर पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।१ जनवरी २०२३ बाट सन्चालनमा आएको पोखरा विमानस्थल आन्तरिक उडानमा सीमित रहेको थियो । पहिलोपटक अन्तर्राष्ट्रिय जहाज अवतरण गरेसँगै यहाका पर्यटन व्यवसायीहरु थप उत्साहित भएका छन् । पोखरा विमानस्थलमा अवतरण गर्न लागेको अन्तर्राष्ट्रिय… पुरा पढौ

राष्ट्रको प्रतिष्ठा बढाउन खेलकुद आवश्यक ः मन्त्री सिंखडा

ईन्द्रवहादुर गुरुङ, कास्की । गण्डकी प्रदेश सामाजिक बिकास तथा स्वास्थ मन्त्री सुशीला सिंखडाले राष्ट्रको प्रतिष्ठा बढाउन खेलकुद आवश्यक रहेको बताउनु भएको छ ।पोखरा रंगशालामा संचालन भएको प्रथम प्रदेश स्तरीय राष्ट्रिय भारत्तोलन प्रतियोगिता उद्घघाटन गर्दै मन्त्री सिंखडाले खेलकुद मनोरञ्जन र व्यायामको लागि मात्र नभएर खेलको माध्यमवाट राष्ट्रको शिर उचो वनाउने खेलाडी राष्ट्रको गहना भएको वताउनुभयो ।खेलको माध्यमवाट नेपाललाई विश्वमा चिनाउन सकिने प्रशस्त संभावना रहेको स्पष्टपार्दै उहाँले खेल क्षेत्रको विकासका लागि आँफू र आाफु मातहतको मन्त्रालय सधैं अभिभावक भएर काम गर्ने स्पष्ट… पुरा पढौ

बालबालिकालाई विद्यालय तहदेखि नै न्यायिक चेतना जगाउदै न्यायिक समिति

ईन्द्रवहादुर गुरुङ÷कास्की । स्थानिय सरकार भनेकै जनताको घर आगनको सरकार हो । स्थानिय जनताको समस्या सुन्ने र त्यसको निराकरणको पहल गर्ने पहिलहो निकाय पनि स्थानिय तह नै हो । संघीय संरचनाले गुनासा सुन्ने मात्रै होइन, स—स्याना समस्या निरूपणका लागि स्थानीय तहमा न्यायिक समिति गठन गर्न पाउने व्यवस्था गरिदिएको छ ।न्यायिक निरुपण सहज र सर्वसाधारणको समेत पहुँचमा पु¥याउने संवैधानिक व्यवस्था भए अनुसार अहिले न्यायिक समितिले पालिकामा काम गरिरहेका छन् । न्यायिक समितिको काम, कर्तव्य र यसको व्यवहारिक पाटोबारे विद्यालय तहदेखि नै… पुरा पढौ

पोखरा वडा ५ ले लियो योजना तथा बजेट निर्माणमा युवाहरुको सुझाव

गणेश वहादुर वानिया । पोखरा २५ जेठ । पोखरा महानगरपालिका वडा नं। ५ ले वडाको योजना तथा बजेट निर्माणमा युवाहरुको दृष्टिकोण बुझ्दै सुझाव लिएको छ । बुधबार वडाले ‘योजना छनोट तथा बजेट निर्माणमा युवाहरुको दृष्टिकोण’ कार्यक्रम आयोजना गरि युवाहरुको सुझाव लिएको हो । वडा ५ का वडाअध्यक्ष विष्णु प्रसाद बरालले विकास निर्माणका प्रत्येक काममा युवाहरु आउनु आवश्यक रहेको बताए । विदेश पलायन रोक्न युवाहरुलाई सिपमुलक कामहरु सिकाएर नेपालमै रोजगारको वातावरण सिर्जना गर्नुपर्ने उनको भनाई थियो । समग्र वडाको विकासका लागि… पुरा पढौ

चालक तथा सहचालकलाई प्रशिक्षण

पोखरा, २२ जेठ । नेपाल पर्यटक यातायात व्यवसायी संघ(एनटिभीए) गण्डकी प्रदेशले चालक तथा सहचालकलाई प्रशिक्षण दिएको छ ।पर्यटक यातायात सेवालाई गुणस्तरीय र भरपर्दो बनाउने उद्देश्यका साथ संघसँग आवद्ध १२० जना चालक तथा सहचालकलाई प्रशिक्षण दिइएको संघका अध्यक्ष बाबुराम पाण्डेले जानकारी दिनुभयो । संघसँग पर्यटक स्तरीय लगभग ४०० को संख्यामा पर्यटक सवारीसाधन रहेको बताउँदै उहाँले वार्षिक कार्ययोजना अनुरुप नै प्रशिक्षण दिइएको बताउनुभयो ।कार्यक्रमका प्रमुख अतिथि एवम् पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पर्यटकको आतिथ्यतामा चालक तथा सहचालकको भूमिका महत्वपूर्ण हुने बताउनुभयो… पुरा पढौ

पर्यटकीय गाउँ घान्द्रुकमा लायन्सको क्याविनेट बैठक वस्ने

पोखरा, १७ जेठ । लायन्स क्लब इन्टरनेशनल डिस्ट्रीक्ट ३२५ एम को आयोजना एवम् लायन्स क्लब अफ पोखरा लेकसाइडको आतिथ्यता एवम् संयोजनमा कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा यही जेठ २७ गते चौथो क्याविनेट बैठक हुने भएको छ ।बैठकमा विभिन्न जिल्लाका १४० लायन्स क्लबका चार सय भन्दा बढी लायनहरू सहभागी हुने लायन्स क्लब अफ पोखरा लेकसाइडका अध्यक्ष लायन कृष्णकुमार श्रेष्ठले जानकारी दिनुभयो ।सामाजिक सेवाका हरेक क्षेत्रमा कृयाशिल लायन्स क्लब इन्टरनेशनल डिस्ट्रीक्ट ३२५ एम अन्तर्गतका क्लबहरूले आआफ्नो स्थानमा विशिष्ट योगदान पु¥याउँदै आएको बताउँदै उहाँले… पुरा पढौ

वडा नं २८ को नीति तथा योजना कार्यक्रम माथी छलफल,अति विपन्न व्यक्तिहरुको स्वास्थ्य विमा कार्यक्रम संचालन गरिने

पोखरा, १५ जेठ । पोखरा महानगरपालीका वडा नं २८ले आगामी आर्थिक वर्ष २०८०÷२०८१ को वार्षिक नीति तथा योजना तर्जूमा माथी छलफल सुरु गरेको छ ।छलफलका क्रममा सहभागिहरुले भौतिक पुर्वाधारका साथसाथै मानविय विकासका लागी वजेट विनियोजन गर्न सुझाव दिएका छन् । महानगरवासिले प्राप्तगर्नुपर्ने न्युनतम आधारभूत सुविधा समेत आँफूहरुले अझै प्राप्त गर्न नसकेको भन्दै वडावासिले कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरका प्रमुख धनराज आचार्यसँग गुनासो गरे ।महानगरपालिकाले प्रत्यक वडामा १ करोड ९७ लाखको सिलिङ निर्धारण गरेपनि चालु आर्थिक वर्षमा स्थानीय, प्रदेश र संघ… पुरा पढौ

मोटरसाईकल दुर्घटनामा सफलको मृत्यु, संगम गंभिर घाईते

पोखरा, ९ जेठ । मंगलवार राती करिव १ वजे मोटरसाईकल दुर्घटनामा परेका १८ वर्षीय सफल खतिवडाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।मोटरसाईकल चालक तनहु जिल्ला म्याग्दे गाउपालिका वडा नं ४ थर्पु वस्ने १७ वर्षीय संगम वानियाको टाउकोमा गंभिर चोट लागेको छ भने मोटरसाईकलको पछाडी सवार गर्ने काठमाण्डौको कपन घर भएका खतिवडाको निधन भएको हो ।रातको समयमा पोखरा महानगरपालिका वडा नं ६ खहरेचोक स्थित हलल्नचोकबाट गैह्राको चौतारा तर्फ जादै गरेको ग २४ प ३१० नं. को… पुरा पढौ

नेपालका ओलम्पियनहरुको पोखरामा जेठ तेश्रो साता पुनर्मिलन हुने

पोखरा १, जेठ । गण्डकी प्रदेशको राजधानि पोखरामा यही जेठको तेश्रो साता नेपालका ओलम्पियनहरुको भेटघाट तथा पुनर्मिलन हुने भएको छ । नेपाल ओलम्पियन्स संघको आयोजनामा पोखरामा उक्त कार्यक्रम यही जेठ १९ देखि २१ गतेसम्म ऐतिहासिक रुपमा हुने तयारी गरिएको संघका अध्यक्ष एवं ओलम्पियन दीपक विष्टले बताए ।सन् १९६४ देखि पछिल्लो २०२० जापानमा आयोजना भएको ओलिम्पिक खेलमा सहभागि नेपाली ओलम्पियन खेलाडीहरुको एकै स्थानमा पहिलो पटक भेटघाट तथा पुनर्मिलन हुने व्यबस्था मिलाएको अध्यक्ष विष्टले बताए । जापानमा भएको सन् १९६४ देखि नेपालले… पुरा पढौ