एक सय ३५ यात्रु लिएर पोखरा विमाानस्थलमा उत्रियो सिचुवान एयरलाइन्सको न्यारोबडी ए ३१९ विमान

-


     गण्डकी बहस     
     असार ६ गते २०८० मा प्रकाशित


पोखरा, ६ असार । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा वुधवार पहिलो पटक विमान अवतरण भएको छ । चीनको छेन्दुबाट आकास मार्गको दुईहजार किलोमिटर भन्दा लामो दुरी पार गर्दै सिचुवान एयरलाइन्सको न्यारोबडी ए ३१९ विमान आज बिहान ९ बजेर ६ मिनेटमा १३५ यात्रु लिएर पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।
१ जनवरी २०२३ बाट सन्चालनमा आएको पोखरा विमानस्थल आन्तरिक उडानमा सीमित रहेको थियो । पहिलोपटक अन्तर्राष्ट्रिय जहाज अवतरण गरेसँगै यहाका पर्यटन व्यवसायीहरु थप उत्साहित भएका छन् । पोखरा विमानस्थलमा अवतरण गर्न लागेको अन्तर्राष्ट्रिय विमानलाई स्वागत गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, गण्डकी प्रदेशका मुख्यमन्त्री सहितको टोली पुगेको थियो ।
चीनबाट पोखरामा सिधा चार्टर्ड उडान गरेको यस विमानले पोखराको फेवातालमा यही असार ८ र ९ गते आयोजना हुन लागेको नेपाल चाइना ड्रागन बोट रेस फेस्टिभलमा सहभागी हुने खेलाडीसहितका यात्रु लिएर आएको हो । यही विमानमा चीन भ्रमणबाट फर्किएका राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना सहितको नेपाली प्रतिनिधि मण्डलसमेत सहभागि रहेको छ ।
आज बिहान भित्रिएको सिचुआन एयरलाइन्सको यस विमान करिब दुई घण्टा पोखरा विमानस्थलमा रहेर बिहान ११ बजे काठमाडौं हुँदै चीन फर्किने छ । चीनको ऋण सहायतमा २८ अर्बको लगानीमा पोखरा विमानस्थल निर्माण भएको थियो । आज अवतर गरेको विमान रेगुलर सेड्युलको फ्लाइट नभएपनि निकट भविश्यमा नै नियमित अन्तर्राष्ट्रिय उडान हुनेमा पोखरेली व्यवसायीहरु आशावादी वनेका छन् ।