कास्की

बुमर्याङ रेष्टुरेष्ट सहित विभिन्न संस्थाले पोखरा स्पोर्टस् अवार्डलाई सहयोग गर्ने

वैशाख १६, पोखरा । नवौं संस्करणको ‘पोखरा स्पोर्टस् अवार्ड २०८१’ को मिति नजिकिँदै गर्दा अवार्डलाई सहयोग आउने क्रम जारी रहेको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा बैशाख २६ गते पोखरा इभेन्ट सेन्टरमा हुने अवार्डलाई भव्य बनाउन विभिन्न संघ–संस्थाले नगद तथा प्रयोजन सहयोगको घोषणा गरिरहेको अवस्थामा पोखरा ६ लेकसाइडको बुमर्याङ रेष्टुरेष्टले सहयोगको घोषणा गरेको हो । मंगलबार रेष्टुरेष्टका सञ्चालक गणेश बहादुर भट्टराई र मञ्चका अध्यक्ष एमबि आस्था मगर बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।त्यस्तै मंगलबारनै अवार्डलाई सफल बनाउन… पुरा पढौ

पोखरामा ११ हजार कलशसहितको विशाल शोभा कलश यात्रा भव्य रूपमा सम्पन्न

पोखरा, १६ वैशाख । पोखरा महानगरपालिका वडा नं। १७, बिरौटास्थित हरिहर मन्दिर र केही स्थानीयको जग्गामा मानव सेवा फाउण्डेशनद्वारा आयोजित गण्डकी कोटिहोम महायज्ञ अन्तर्गत मंगलबार बिहान ११ हजार कलश सहितको विशाल शोभा कलश यात्रा भव्य रूपमा सम्पन्न भएको छ। कोटिहोम परिसरबाट सुरु भएको यो यात्रा पोखराका बिभिन्न मुख्य सडक हुदै अगाडि बढेको थियो । गंगाको जलसहित ११ हजार कलश बोकेर देशभरबाट आएका भक्तजन, साधु–सन्त, स्वयंसेवक, महिला समूह, बालबालिका र जनप्रतिनिधिको उत्साहपूर्ण सहभागिताले पोखराको वातावरण भक्तिमय बनेको थियो।कलश यात्रामा चर्चित कथा… पुरा पढौ

दस बर्षिया भागवत वाचिका अनुराधा पाण्डेयले आजबाट गण्डकी कोटिहोममा कथा प्रवचन गर्ने

पोखरा, २९ चैत । बालविदूषी अनुराधा पाण्डेयले श्री गण्डकी कोटिहोम कोटिहोम महायज्ञमा आज देखी कथा प्रवचन गर्ने भएकी छन् । विश्वकै कान्छि भागवत कथा वाचक पाण्डेयले आज देखी २०८२ बैशाख ५ गते सम्म कथा प्रवचन गर्ने छिन् । आज शुक्रबार दिउँसो १ बजेबाट उनको प्रवचन शुरु हुदै छ ।कोटिहोम महायज्ञका प्रमुख कार्यक्रमहरु बैशाख १७ गतेदेखि सञ्चालन हुने भएतापनि अहिले कोटिहोम महायज्ञका विविध प्रचार प्रसारका कामहरु अगाडी बढेका छन ।पोखरामा हुन लागेको कोटीहोम महायज्ञमा नेपाल र भारतका प्रख्यात धर्मगुरुहरु आएर कथाबाचन… पुरा पढौ

परम्परागत पर्वको मौलिकता जोगाइराख्नु मुख्य चुनौतीः प्रदेश प्रमुख भट्ट

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले नेपाली समाजको विविधता र सांस्कृतिक परम्परा विश्व समुदायका लागि पनि महत्वपूर्ण पूँजी रहेको बताउनुभएको छ । उहाँले परम्परागत पर्वको मौलिकता जोगाइराख्नु मुख्य चुनौती रहेको पनि उल्लेख गर्नुभयो । तमुहरूको महान पर्व तमु ल्होछारको अवसर पारी तमु धिँ नेपाल, केन्द्रीय कार्यालय पोखराले आयोजना गरेको ल्होछार विशेष पुरस्कार तथा सम्मान वितरण कार्यक्रममा प्रमुख अतिथि भट्टले भाषा, संस्कृति, भेषभूषा र संस्कार आ–आफ्नो जातीय पहिचान र मौलिक सभ्यताका आधार स्तम्भ रहेको बताउनुभयो । ‘नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक… पुरा पढौ

व्यवहारिक र जीवनउपयोगी शिक्षा, आजको आवश्यकता – मन्त्री थापा

पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुुद मन्त्री विन्दुु कुमार थापाले व्यवहारिक र जीवनउपयोगी शिक्षा आजको आवश्यकता रहेको बताएका छन् । कास्कीको मादी गाउँपालिका वडा नं। ४ स्थित श्री ध्रुुव माध्यमिक विद्यालयको ६९ औं वार्षिकोत्सव, अभिभावक दिवस एवम् पुरस्कार वितरण कार्यक्रममा बोल्दै उनले स्थानीय उत्पादनका विषयमा विद्यार्थीलाई समेत जानकारी हुनुपर्ने उल्लेख गरे ।प्रदेश सरकारले शिक्षामा सुधार ल्याउन नयाँ कार्यक्रमहरु ल्याएको र त्यसको कार्यान्वयनमा लाग्नुपर्ने आवश्यकतालाई उनले औंल्याएका छन् । “सिक्दै कमाउदै कमाउदै सिक्दै, फ्राइडे फर फ्युचर, अभिभावक शिक्षा… पुरा पढौ

त्रिवेणी इन्टरनेशनलमा नवआगन्तुक विद्यार्थीलाई स्वागत

लेखनाथ । त्रिवेणी इन्टरनेशनल कलेज पोखरा २७ को विद्यार्थी कल्याणकारी समितिले विविएस प्रथम बर्षका विद्यार्थीलाई शुक्रबार एक कार्यक्रमका विच स्वागत गरेको छ ।नवआगन्तुक विद्यार्थीहरुको स्वागत कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका वडा नंं २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले गुणस्तरिय शिक्षा उपलब्ध गराएर विद्यार्थी पलायन रोक्नु पर्नेमा जोड दिए ।विद्यार्थीहरुका लागि विविएसको अध्ययन सकिएपछि संभावनाका चौतर्फी ढोका खुल्ने उल्लेख गर्दै, इन्टर्न पछि रोजगारीका लागि अवसरहरु सिर्जना गर्न आग्रह गरे । उनले व्यवस्थापन र लेखाको क्षेत्रमा जनशक्तिको अभाव रहेको उल्लेख गर्दै, उत्कृष्ट नतिजा प्राप्त… पुरा पढौ

विद्यालयको वार्षिकोत्सवमा विद्यार्थीलाई न्यानो कपडा वितरण

पोखरा, । लेखनाथ आधारभुत विद्यालय पोखरा २८ को ४३ औं वार्षिकोत्सवमा विहिवार विद्यालयको शैक्षिक एवं अतिरिक्त क्रियाकलापमा उत्कृष्टहुने विद्यार्थीलाई पुरस्कार वितरण, र विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरीयो ।दलीत तथा विपन्न परिवारका वालवालिका अध्ययनरत उक्त विद्यालयमा लायन्स क्लव अफ लेखनाथ सिमसारले विद्यार्थीलाई सुईटर, टोपी र मोजा वितरण गरेको हो । विद्यालयमा ४० जना विद्यार्थीहरु अध्ययनरत छन् ।विद्यालयको शैक्षिक प्रगतीवारे जानकारी लिंदै पोखरा महानगरपालिका वडा नं २८ का वडाध्यक्ष श्रीकृष्ण लामिछानेले आगामी दिनमा विद्यालय शिक्षालाई थप गुणस्तरीय वनाउन विभिन्न योजनाहरु वनाएर अगाडी… पुरा पढौ

क्यानडा लगिदिने भन्दै ठगी गर्ने गिरोह पक्राउ

पोखरा । कास्कीको पोखरा महानगरपालिका वडा नं १० बुद्धचोक स्थित होटल टास्कमा गैरकानूनी तवरवाट क्यानडा लगिदिने भन्दै ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । विभिन्न व्यक्तिहरुलाई वो्लाएर अन्तरवार्ता लि.दै गरेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । ठगी गर्ने गिरोहले सर्वसाधारणलाई सिधै कयानडा पठाईदिने र अन्तरवार्ता पास भएपछि रु ३० लाख दिनुपने भन्दै वोलाएका थिए । अन्तरवार्ताका लागी विदेसवाट मानिस आएको भन्दै प्रति व्यक्ति रु २ हजार शुल्क लिएको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो । यसरी पक्राउ पर्नेमा… पुरा पढौ

अवैध तरिकाले नदीजन्य पदार्थ ओसारपसार गर्ने ४ सवारी साधन प्रहरी नियन्त्रणमा

पोखरा । अवैध तरिकाले नदीजन्य पदार्थ आसारपोसार गरेको अअभियोगमा प्रहरीले ४ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको छ । कास्कीको रुपा गाँउपालिका वडा नं ७ पिप्ले स्थितबाट अवैध रुपमा नदिजन्य पदार्थ ९ढुङ्गा, गिट्टी, बालुवा० चोरी निकासी गरिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय शिशुवा डाँडाकोनाकबाट खटिई गएको प्रहरी टोलीले ती सवारी साधनलाइृ नियन्त्रणमा लिएको हो । नदिजन्य पदार्थ ढुङ्गा, गिट्टी, बालुवा ओसार पसार गरी रहेको अवस्थामा ग १ त २७५५, ग १ त ७२६९, ग १ त ६१०३ नं।का ट्रयाक्टरहरु र… पुरा पढौ

पोखरा महोत्सवमा शनिवार प्रकाश दुतराज र भिटेन आउने

पोखरा । पोखराको अमरसिंह खेल मैदानमा जारि बाह्रौं संस्करणको पोखरा महोत्सवमा शनिवार प्रकाश दुतराज र भिटेनको प्रस्तुती रहने भएको छ । महोत्सवको नवौ दिन शनिवार महोत्सवमा पछिल्लो समय चर्चित लोकदोहोरी गायक तथा सर्जक प्रकाश दुतराज र सांझको लाइभ कन्सर्टमा युवाहरुबीच चर्चित भिटेनको प्रस्तुती रहने महोत्सव प्रचार प्रचार संयोजक दिनेश सुनारले जानकारी दिए ।दुतराज संगै शनिवार महोत्सवमा लोकदोहोरी तर्फ सम्झना लामिछाने मगर, जीवन दाहाल, दिनेश काफ्ले, सुरेन्द्र गुरुङ, कल्पना आले, प्रेमराज अधिकारी, प्रिन्स लम्साल, अंकिता गुरुङ लगायतको प्रस्तुती रहने छ ।महोत्सवको… पुरा पढौ