कास्की

मुख्यमन्त्रीलाई भेटेर राइडर्सहरुले भने‘राईड सेयरिङ नियमावलीले हाम्रो रोजीरोटी र यात्रुको सुविधा ग्यारेन्टी गरेको छ’

पोखरा, ४ जेठ । गण्डकी प्रदेश सरकारले राइड सेयरिङ नियमावली जारी गरेपछि राइडर्स र सेल्फ ड्राईभ सञ्चालकहरुले सरकारलाई धन्यवाद दिएका छन् ।आईतवार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई भेटेर उनीहरुले नेपालमै पहिलो पटक गण्डकी प्रदेश सरकारले राईड सेयरिङ नियमावली जारी गरेर युवाहरुको रोजगारी र यात्रुको सस्तो, सहुलियत सुविधाको ग्यारेन्टी गरेको भन्दै धन्यवाद दिएका हुन् ।‘यहाँ प्रशस्त राइड सेयरिङ चलिरहेकै थियो, हजारौं व्यक्तिले यसबाट सेवा पाइरहेकै थिए, हामीले सेवा दिईरहेका थियौँ’ राइडर्स नेपाल पोखराका अध्यक्ष अनील श्रेष्ठले भने ‘यात्रुले सजिलो, छिटो, स्तरीय… पुरा पढौ

लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिटको पोखरा सेसनजलवायु परिवर्तन र प्रेस स्वतन्त्रताको चिन्ता

पोखरा, २८ वैशाख । नेपाल प्रेस युनियनको आयोजनामा पोखरामा भएको लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट अन्तर्गतको ‘पोखरा सेसन’ मा जलवायु परिर्वतन र प्रेस स्वतन्त्रताको विषयमा चिन्ता व्यक्त गरिएको छ ।शुक्रबारदेखि सुरु भएको समिट अन्तर्गत आईतबार ‘पोखरा सेसन’ भएको हो । उक्त कार्यक्रममा बोल्ने वक्ताहरुले पछिल्लो भएका समय जलवायु परिवर्तनका असर र मिडियाका चूनौतिका विषयमा चिन्ता व्यक्त गरेका हुन् । कार्यक्रममा मुख्यमन्त्री पाण्डेले जलवायु परिवर्तनले नेपालको हिमाली क्षेत्रमा पारिरहेको असरका बारेमा लोमान्थाङ अन्र्तराष्ट्रिय मिडिया समिटले विश्वमाझ पु¥याउन सघाउने बताए ।‘जलवायु परिवर्तनले नेपाल… पुरा पढौ

विश्व आस्थामा दिवसमा १२८ जनाले स्वास्थ लाभ लिए

पोखरा । पोखराको न्यूरोडमा रहेको कास्की मोडल हस्पिटलको आयोजना तथा सिप्ला कम्पनीको प्राविधिक सहयोगमा विश्व आस्थामा दिवसको अवसरमा मंगलबार हस्पिटलको प्राङ्गणमा छाती तथा दम रोग सम्बन्धि एक दिने निशुल्क स्वास्थ्य परीक्षणमा शिविरमा १२८ जनाले सुविधा लिएका छन् ।शिविरमा फोक्सोको रोगहरु तथा उपचार संग सम्बन्धि जनचेतना मूलक जानकारी वरिष्ठ छाती रोग विशेषज्ञ डा. शैलेस गुरुङले दिएका थिए ।मानव शरिरको अत्यन्तै महत्वपूर्ण अंग फोक्सो भएको वताउँदै वायू प्रदुषण, धुम्रपान, मद्यपान, धुँवा धुलो तथा चिल्लो, पिरो र अमिलो धेरै मात्रामा खाँदा पनि फोक्सोमा… पुरा पढौ

कृषककै सुझाव अनुसार कार्यक्रम तय हुनेछन् ः कृषि मन्त्री श्रेष्ठ

पोखरा,२३ वैशाख । गण्डकी प्रदेश सरकारकी कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री पदमा जिसी श्रेष्ठले कृषककै सुझाव अनुरुप कार्यक्रम तय हुने बताएकी छिन् । प्रदेशका सबैजसो जिल्लाका कृषकसँग प्रत्यक्ष साक्षात्कार गरेको जानकारी दिँदै मन्त्री श्रेष्ठले प्राप्त सुझाव अनुरुप नै आगामी आ.व.का लागि नीति तथा कार्यक्रम तय गरिने बताएकी हुन् ।अखिल नेपाल किसान महासंघ गण्डकी प्रदेश कमिटीद्धारा मंगलबार पोखरामा आयोजित गण्डकी प्रदेशमा कृषि क्षेत्रको अवस्था, सम्भावना र चुनौती विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले भनिन्,‘प्रदेशका सबैजसो जिल्लाका कृषकसँग मैले प्रत्यक्ष… पुरा पढौ

कोटीहोममा हजार कन्याको पूजा र हजार ज्येष्ठ नागरिकलाई सम्मान गरिँदै

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा एक हजार भन्दा बढी बालिका सहभागी गराएर पूजा गरिने भएको छ । आगामी शनिबार तीनदेखि नौ वर्ष उमेर समूहका एक हजार बढी कन्या सहभागी गराएर पूजा गर्ने तयारी भइरहेको प्रचारप्रसार संयोजक लेखराज ढकालले जानकारी दिए ।संयोजक ढकालका अनुसार ७० वर्षभन्दा माथि उमेर पुगेका एक हजार भन्दा बढी ज्येष्ठ नागरिकलाई पनि सम्मान गर्ने तयारी भएको छ ।ज्येष्ठ नारिकलाई श्रीमद्भगवत गीता र पाँच हजार भन्दा बढी रामनाम पुस्तक वितरण गरिने… पुरा पढौ

गण्डकी विश्वविद्यालयका कुलपति तिवारीलाई त्रिवेणीको स्वागत

लेखनाथ ÷बैशाख २२ । त्रिवेणी इन्दरनेशनल कलेज पोखरा २७ ले गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा. इन्द्रप्रसाद तिवारीको सम्मानमा सोमबार स्वागत तथा बधाई कार्यक्रम गरेको छ ।प्रा.डा. तिवारी केहीसमय अघि गण्डकी विश्वविद्यालयको कुलपतिमा नियुक्त हुनु भएको थियो । सम्मान कार्यक्रममा बोल्दै कुलपति तिवारीले विद्यार्थीलाई एकेडेमीक कोर्षको समयावधिभर टिकाउन कलेज तथा विश्वविद्यालयलाई चुनौती रहेको बताउनु भयो ।पछिल्लो समय विद्यार्थीको भर्ना र कोर्ष समाप्तीसम्म संख्यामा उल्लेख गिराबट आउने गरेको उल्लेख गर्दै, भर्नाकै संख्या कायम राख्ने तर्फ कलेजहरुलाई अगाडी बढाउनु पर्नेमा जोड दिनु भयो ।कुलपति… पुरा पढौ

उत्कृष्ट खेल पत्रकारिता अवार्ड विजय नेपाललाई

वैशाख २१, पोखरा । ‘नवौं पोखरा स्पोर्टस् अवार्ड २०८१’ अन्तरगत उत्कृष्ट खेल पत्रकारिता अवार्ड विजय नेपाललाई प्रदान गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबि आस्था मगरको अध्यक्षतामा आइतबार बसेको कार्यसमिति बैठकले प्रतिभा छनोट समितिको सिफारिस अनुमोदन गर्दै नेपाललाई अवार्ड प्रदान गर्ने निर्णय गरेको हो । प्रतिभा छनोट समितिको संयोजकमा मञ्चका पूर्व अध्यक्ष केशव पाठक र सदस्यहरुमा नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेल, कास्की अध्यक्ष माधव बराल, पूर्व सम्मानित रोहितराज पराजुली एवं पदेश सदस्य मञ्चका अध्यक्ष एमबि… पुरा पढौ

गुणस्तरीय र प्रविधिमैत्री शिक्षाले मात्र समृद्ध नेपाल सम्भव – मन्त्री थापा

पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्द कुमार थापाले शिक्षा क्षेत्रमा गुणस्तर र नवप्रवर्तन आवश्यक रहेको बताएका छन् । विहिबार पोखरा लिङ्कन इन्टरनेशनल कलेजको स्नातक बधाई समारोहमा उनले यस्तो बताएका हुन् । “समयअनुकूल शिक्षामा रूपान्तरण आवश्यक छ। शिक्षक र विद्यालयले मात्र होइन, अभिभावकले पनि शिक्षामा सक्रिय भूमिका खेल्नुपर्छ ।”, उनले भने । मन्त्री थापाले विद्यालय शिक्षा ऐन संघ सरकारले ल्याएपछि प्रदेश सरकारले आफ्नो कानुन बनाउने जानकारी दिए । उनले शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले फ्राइडे… पुरा पढौ

श्रमीकसँग सम्मानजनक व्यवहारको खाँचोः प्रदेश प्रमुख भट्ट

पोखरा, १८ वैशाख । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले विश्व मजदुर दिवस (मे १) को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । बिहीबार शुभकामना सन्देश जारी गर्दै उहाँले नेपालमा शारीरिक श्रम गर्ने र दैनिक ज्यालादारी मजदुरलाई सम्मानजनक रूपमा हेर्ने प्रवृत्तिमा समस्या देखिएको उल्लेख गर्नुभएको छ । प्रदेश प्रमुख भट्टले सन्देशमा भन्नुभएको छः ‘परिश्रम गरेर आफू पालिने र अरु पाल्नेहरूलाई हेपाइको दृष्टिबाट हेर्ने नेपाली समाजको प्रवृत्ति बदल्न जरुरी छ ।’ श्रम बजारमा विज्ञान प्रविधिको विकासले थोरै मानव संसाधनबाट धेरै काम सम्पन्न हुने… पुरा पढौ

धर्म विना राजनीति हुदैन – राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाही

पोखरा १६ बैशाख । पोखरा महानगरपालिका वडा नं. १७, बिरौटास्थित हरिहर मन्दिर को जग्गामा मानव सेवा फाउण्डेशनद्वारा आयोजित गण्डकी कोटिहोम महायज्ञ धार्मिक र सांस्कृतिक उत्सवको प्रमुख केन्द्र बन्दै आएको छ। वैशाख ३ गते भूमिपूजन र यज्ञकुण्ड निर्माण पश्चात् चैत्र २९ गतेदेखि अनुराधा पाण्डेयद्वारा भागवत कथा प्रवचनको शुभारम्भसँगै दैनिक कथा वाचन शुरु भएको हो। हाल अन्तरराष्ट्रिय कथा वाचिका देवी प्रतिभाले बैशाख १८ गतेसम्म कथा वाचन गर्ने समय तालिका तय भएको छ, जसले भक्तजनलाई आध्यात्मिक रूपमा मन्त्रमुग्ध बनाएको छ।कार्यक्रममा आज राष्ट्रिय प्रजातन्त्र… पुरा पढौ