
पोखरा, २९ चैत । बालविदूषी अनुराधा पाण्डेयले श्री गण्डकी कोटिहोम कोटिहोम महायज्ञमा आज देखी कथा प्रवचन गर्ने भएकी छन् । विश्वकै कान्छि भागवत कथा वाचक पाण्डेयले आज देखी २०८२ बैशाख ५ गते सम्म कथा प्रवचन गर्ने छिन् । आज शुक्रबार दिउँसो १ बजेबाट उनको प्रवचन शुरु हुदै छ ।
कोटिहोम महायज्ञका प्रमुख कार्यक्रमहरु बैशाख १७ गतेदेखि सञ्चालन हुने भएतापनि अहिले कोटिहोम महायज्ञका विविध प्रचार प्रसारका कामहरु अगाडी बढेका छन ।
पोखरामा हुन लागेको कोटीहोम महायज्ञमा नेपाल र भारतका प्रख्यात धर्मगुरुहरु आएर कथाबाचन गर्ने एबम कोटीहोमका भक्तजनलाई आशिर्बचन दिने कार्यक्रम रहेको छ। आयोजकले जानकारी दिएको छ ।
पोखरा महानगरपालिका वार्ड नं.१७ बिरौटामा सञ्चालन हुन लागेको ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञको तयारी अन्तिम चरणमा पुगेसंगै अहिले भने प्रचारप्रसारका विविध कार्यक्रमहरु सञ्चालन भइरहेका छन् ।









