विद्यालयको वार्षिकोत्सवमा विद्यार्थीलाई न्यानो कपडा वितरण

-


     गण्डकी बहस     
     माघ १८ गते २०८० मा प्रकाशित


पोखरा, । लेखनाथ आधारभुत विद्यालय पोखरा २८ को ४३ औं वार्षिकोत्सवमा विहिवार विद्यालयको शैक्षिक एवं अतिरिक्त क्रियाकलापमा उत्कृष्टहुने विद्यार्थीलाई पुरस्कार वितरण, र विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरीयो ।
दलीत तथा विपन्न परिवारका वालवालिका अध्ययनरत उक्त विद्यालयमा लायन्स क्लव अफ लेखनाथ सिमसारले विद्यार्थीलाई सुईटर, टोपी र मोजा वितरण गरेको हो । विद्यालयमा ४० जना विद्यार्थीहरु अध्ययनरत छन् ।
विद्यालयको शैक्षिक प्रगतीवारे जानकारी लिंदै पोखरा महानगरपालिका वडा नं २८ का वडाध्यक्ष श्रीकृष्ण लामिछानेले आगामी दिनमा विद्यालय शिक्षालाई थप गुणस्तरीय वनाउन विभिन्न योजनाहरु वनाएर अगाडी वढ्ने वताए । आँफैले पैसा जम्मा गरेर सामुदायीक विद्यालयलाई सहयोग गर्ने लायन्स क्लवको प्रसंसा गर्दै आगामी दिनमा पनि सहकार्य गर्दै जाने वताए ।
लायन्स क्लव इन्टरनेशनल ३२५ आई नेपालका डिष्टीक गभर्नर चन्द्र कुमार केसीले गाँउको विद्यालयमा सवैको प्रतिष्ठा जोडिने भएकाले यस्को विकासमा सवै जुट्नुपर्नेमाा जोड दिए । उनले वालवालिकालाई गाली गरेर नभै सकारात्मक रुपमा अनुरोध पुर्वक अगाडी वढ्ने प्रेरणा प्रदान गर्न अभिभावकहरुलाई आग्रह गरे ।
रत्नज्योती मावि माझठानाका व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद तिमिल्सेनाले सामुदायीक विद्यालयमा पढ्ने वालवालिकालाई नीजि विद्यालयमा पढाउने अभिभावकहरुले समेत सहयोग गर्नुपर्ने मा जोड दिए ।
वडा सदस्य डाल्डा देवी भुजेलले विद्यालयको शैक्षिक प्रगतिका लागि शिक्षक, कर्मचारी सँगसँगै अभिभावकको भूमीका महत्वपुर्ण हुने वताईन ।
लायन्स क्लव अफ लेखनाथ सिमसारका अध्यक्ष लायन गिता वरालले विद्यालयको आवश्यकतामा न्यानो कपडा सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरिन । उनले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वका कामलाई प्राथमीकतामा राखेर क्लव अगाडी वढ्ने विश्वास व्यक्त गरिन ।
विद्यालयका प्रधानाध्यापक टेक वहादुर भुजेलले विद्यालयको प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो ।