अवैध तरिकाले नदीजन्य पदार्थ ओसारपसार गर्ने ४ सवारी साधन प्रहरी नियन्त्रणमा

-


     गण्डकी बहस     
     माघ ११ गते २०८० मा प्रकाशित


पोखरा । अवैध तरिकाले नदीजन्य पदार्थ आसारपोसार गरेको अअभियोगमा प्रहरीले ४ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको छ । कास्कीको रुपा गाँउपालिका वडा नं ७ पिप्ले स्थितबाट अवैध रुपमा नदिजन्य पदार्थ ९ढुङ्गा, गिट्टी, बालुवा० चोरी निकासी गरिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय शिशुवा डाँडाकोनाकबाट खटिई गएको प्रहरी टोलीले ती सवारी साधनलाइृ नियन्त्रणमा लिएको हो । नदिजन्य पदार्थ ढुङ्गा, गिट्टी, बालुवा ओसार पसार गरी रहेको अवस्थामा ग १ त २७५५, ग १ त ७२६९, ग १ त ६१०३ नं।का ट्रयाक्टरहरु र ग १ ख ६०४९ नं को टिप्परलाई फेलापारी नियन्त्रणमा लिई आवश्यक अनुसन्धान एंव कारवाहीको लागी रुपा गाँउपालिकाको कार्यालयमा पठाईएको प्रहरीले जानकारीदिएको छ ।