क्यानडा लगिदिने भन्दै ठगी गर्ने गिरोह पक्राउ

-


     गण्डकी बहस     
     माघ ११ गते २०८० मा प्रकाशित


पोखरा । कास्कीको पोखरा महानगरपालिका वडा नं १० बुद्धचोक स्थित होटल टास्कमा गैरकानूनी तवरवाट क्यानडा लगिदिने भन्दै ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । विभिन्न व्यक्तिहरुलाई वो्लाएर अन्तरवार्ता लि.दै गरेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । ठगी गर्ने गिरोहले सर्वसाधारणलाई सिधै कयानडा पठाईदिने र अन्तरवार्ता पास भएपछि रु ३० लाख दिनुपने भन्दै वोलाएका थिए । अन्तरवार्ताका लागी विदेसवाट मानिस आएको भन्दै प्रति व्यक्ति रु २ हजार शुल्क लिएको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो ।

यसरी पक्राउ पर्नेमा पोखरा महानगरपालका वडा नं। १३ पाटनवेशी बस्ने वर्ष ६५ की
पार्वती सुनार । पोखरा ९ महेन्द्रपुल बस्ने वर्ष ३७ की रिता सुनार ,स्याङ्जा फेदिखोला गापा ३ बस्ने वर्ष ३२ की सिमा सुनार,काठमाण्डौ १४ कलंकी बस्ने वर्ष ३८ को प्रदिप उपाध्याय , क्यानडा अलवर्ट राज्य क्यालगोरी सिटी स्थायी वतन भएका वर्ष ४५ को राकेश जैसवाल ,भारत मध्य प्रदेश भोपाल जिल्ला भोपाल नगर स्थायी वतन भएका वर्ष ३२ को ईस्मित कौर रहेको प्रहरीले जानकारी दिएको छ ।
ठगी गर्ने गिरोहमाथी प्रहरीले अदालतमा मुद्धा दायर गरेको छ ।