राष्ट्रको प्रतिष्ठा बढाउन खेलकुद आवश्यक ः मन्त्री सिंखडा

-


     गण्डकी बहस     
     असार १ गते २०८० मा प्रकाशित


ईन्द्रवहादुर गुरुङ, कास्की । गण्डकी प्रदेश सामाजिक बिकास तथा स्वास्थ मन्त्री सुशीला सिंखडाले राष्ट्रको प्रतिष्ठा बढाउन खेलकुद आवश्यक रहेको बताउनु भएको छ ।
पोखरा रंगशालामा संचालन भएको प्रथम प्रदेश स्तरीय राष्ट्रिय भारत्तोलन प्रतियोगिता उद्घघाटन गर्दै मन्त्री सिंखडाले खेलकुद मनोरञ्जन र व्यायामको लागि मात्र नभएर खेलको माध्यमवाट राष्ट्रको शिर उचो वनाउने खेलाडी राष्ट्रको गहना भएको वताउनुभयो ।
खेलको माध्यमवाट नेपाललाई विश्वमा चिनाउन सकिने प्रशस्त संभावना रहेको स्पष्टपार्दै उहाँले खेल क्षेत्रको विकासका लागि आँफू र आाफु मातहतको मन्त्रालय सधैं अभिभावक भएर काम गर्ने स्पष्ट पार्नुभयो ।
प्रतियोगितामा ७ प्रदेशका खेलाडी सहभागी रहेका छन् ।
प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा कास्की जिल्ला भारोत्तोलन संघको व्यवस्थापनमा उक्त प्रतियोगिता शनिबार सम्म चल्ने छ ।
प्रतियोगितामा महिला ४९, ५९, ७१, ८१ केजी तौल मुनी र माथी प्रतिष्पर्धा हुने छ भने पुरुषतर्फ ६१, ७३, ८९, १०२ केजी तौल मुनी र माथी प्रतिस्पर्धा हुने छ ।
प्रतियोगितामा कोशी प्रदेश मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी, लुम्विनी र सुदुर पश्चिम प्रदेशका खेलाडीहरुले सहभागिता जनाएका छन् । हरेक तौल समुहमा प्रदेश–प्रदेशका खेलाडीहरु भिड्ने छन् ।