पोखरा, ३ फागुन । सम्वृद्धी वचत तथा ऋण शहकारी सस्था लिमिटेडले पोखरा २७ अर्चलेमा रहेको कविशिरोमणी लेखनाथ आधारभुत विद्यालयका विद्यार्थीलाई झोला, स्टेसनरी सामाग्री वितरण गरेको छ ।
शहरकारीले आफ्नो सातौ वार्षिकोत्वको अवसरमा विहिवार एक समारोहको आयोजना गरी विद्यालयमा उक्त सामाग्रीका साथै कविशिरोमणी लेखनाथ जन्मस्थल विकास समितिलाई डष्टविन वितरण गरेको हो ।
लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयले विद्यार्थीलाई उक्त सामाग्री प्रदान गर्दै कविशिरोमणी लेखनाथ पौडेलको सम्मानमा जन्मस्थलको विकासका लागी लेखनाथ उद्योग वाणिज्य संघ सधै लागिरहने वताए । उनले
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य एवं लेखनाथ उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष वावुराम गिरीले विद्यालयलाई स्टेशनरी र जन्मस्थल विकास समितिलाई डष्टविन वितरण कार्य गरेर सामाजिक क्षेत्रमा आफ्नो उत्तरदायित्व वहन गरेको भन्दै शहकारीको प्रशंशा गरे ।
जन्मस्थल विकास समितिका सचिव मनोज पौडेलले भावीपुस्तालाई साहित्य सृजना गर्ने थलोका रुपमा स्थापित गर्न कविको जन्मस्थल क्षेत्रलाई साहित्यीक तीर्थस्थलका रुपमा विकास गर्न लागिएको वताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र पौडेलले आगामी दिनमा पनी विद्यालयलाई निरन्तर सहयोग गर्न शहकारी सँग आग्रह गरे ।
शहकारीका अध्यक्ष एवं कार्यक्रमका सभापति सुमन भट्टराईले विपन्न परिवारका छोराछोरीले अध्ययन गर्ने विद्यालयका विद्यार्थीलाई सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरे ।
सो अवसरका कार्यक्रम संयोजक रामजी पौडेल, शहकारीका शेयर सदस्य गंगा मल्ल, शहकारीका जेष्ठ सदस्य वसन्त मोहन भट्टराईले शुभकामना व्यक्त गरेका थिए ।