
पोखरा १८ वैशाख । पोखरा महानगरपालिका वडा नं १८ हरे डाडाँका पुर्व स्थानिय जनप्रतिधी र काँग्रेसका वडा इकाइ समितिका अध्यक्ष माओवादीमा प्रवेश गरेका छन् ।
२०४९ सालकी स्थानीय जनप्रतिनीधी लक्ष्मी नेपाली र सोही वडाको जनमैत्री टोल ईकाई सभापति गणेश तिमिल्सेना माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । उनीहरुलाई माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार राजु तिमिल्सेनाले टिका लगाएर स्वागत गरेका थिए । पार्टी प्रवेस पछि वोल्दै पुर्व जनप्रतिनिधि नेपालीले माओवादी केन्द्रले मात्र दलितको अधिकार र जताको अधिकार दिलाउन सक्ने बताइन । पोखरा १८ देउराली पाटनमा विकास निर्मार्णको काम नभएको गुनासो गदै उनले यस भन्दा अघिका वडा सरकारले जनताको लागि काम गर्न नसकेको वताईन ।
माओवादीमा प्रवेश गर्दै नेपाली काँग्रेस जनमैत्री टोल इकाइ सभापत गणेश तिमिल्सिनाले आफु भ्रमबस अन्य पार्टीमा लागेको भन्दै दुख व्यक्त गरे । पोखे । आगामी दिनमा माओवादीमा नै रहने भन्दै उनले वडामा रहेका माओवादीका उम्मेदवारलाई विजयी गराउनुपर्ने धारणा राखे ।
सभालाई सम्बोधन गर्दै पोखरा १८ मा माओवादी केन्द्रका वडा अध्यक्षका उम्मेदवार राजु शर्मा तिमिल्सिनाले पोखरा १८ को विकासको लागि माओवादी केन्द्रको विकल्प नरहेको वताए । माओवादी पार्टी नभइ जनताको साथी रहेको धारणा व्यक्त गर्दै उनले माओवादी सत्तामा जान भन्दा अघि दलितहरु हेपिन परेको वताए ।
पोखरा १८ माओवादी केन्द्र प्रचार प्रसार संयोजक टिकाराम तिमिल्सिनाले पोखरा १८ का रामचन्द्र नेपाली, अमर नेपाली, शंकर नेपाली लगायत १५ जना माओवादीमा प्रवेश गरेको जानकारी दिए ।
पोखरा १८ मा माओवादी केन्द्रबाट अध्यक्षमा राजु शर्मा तिमिल्सिना, खुल्ला सदस्यमा हुमबिर पुन र उमनाथ तिमिल्सिना, महिला सदस्यमा दुर्गा अधिकारी र दलित महिला सदस्यमा साहारा नेपालीले उम्मेदवारी दिएका छन् ।









