
पोखरा, २८ असार । राधाकृष्ण सांस्कृतिक समूह, पोखरा–३२, लामेआहालले आगामी भदौ ३ गते श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा भजनचुड्का प्रतियोगिता गर्ने भएको छ ।
प्राचीन संस्कृतिको जगेर्नामा कृयाशिल समूहले वर्षेनी उक्त प्रतियोगिता गर्दै आएकोमा विगत दुई वर्ष भने कोरोना महामारीका कारण प्रतियोगिता संचालन हुन सकेको थिएन । प्रतियोगिता संचालन गर्न
विश्वभुषण खनालको संयोजकत्वमा ५०१ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ । उक्त समितिको सह संयोजकद्वयमा झलक थापा र गणेशबहादुर थापा रहेका छन ।
भेलाले विभिन्न उपसमिति पनि गठन गरेको छ । सल्लाहकार उपसमितिको संयोजकमा अक्कलबहादुर कार्की, प्रचारप्रसार उपसमितिको संयोजकमा पुष्पराज पौडेल, आर्थिक व्यवस्थापन उपसमितिको संयोजकमा रुद्रकुमारी सिग्देल, मञ्च व्यवस्थापन उप समितिको संयोजकमा घनश्याम खनाल, अतिथि सत्कार उपसमितिको संयोजकमा भुलाप्रसाद भण्डारी, सचिवालय व्यवस्थापन एवम् सम्मानपत्र लेखन उपसमितिको संयोजकमा पर्शुराम पौडेल रहेको समूहका सचिव पुष्पराज शर्मा पौडेलले जानकारी दिए । यसैगरी समूह निमन्त्रणा उपसमितिको संयोजकमा प्रकाशचन्द्र वाग्ले, स्वागत भजन निर्माण उपसमितिको संयोजकमा मनबहादुर कुँवर, स्वयं सेवक तथा पानी वितरण उपसमितिको संयोजकमा मीनकुमारी बोहोरा, खाजा व्यवस्थापन उपसमितिको संयोजकमा पार्वती लामिछाने र सञ्चार व्यवस्थापन उपसमितिको संयोजकमा वासुदेव पौडेल रहेका छन ।







