राजनीति

शितल निवासमा जुट्यो सहमति , प्रतिनिधि सभा विघटन गर्ने ,शुशिला कार्की प्रधानमन्त्री वन्ने

पोखरा । लगातार तिनदिनको छलफल पछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने गरि राष्ट्रपति कार्यालय शीतलनिवासमा सहमति जुटेको छ ।प्रतिनिधिसभा विघटन गर्ने र कार्कीलाई आजै सरकार प्रमुख बनाउने गरी सहमति जुटेको हो ।सरकार गठनका लागि छलफल गर्न पूर्वप्रधानन्यायाधीश कार्कीसहित जेनजी युवा का तर्फबाट सुदन गुरुङ र अधिवक्ता ओमप्रकाश अर्याल राष्ट्रपति निवास पुगेका थिए । पुरा पढौ

रास्वपा सभापति रवि लामिछाने नक्कली पत्र वनाएर कारागारवाट निस्केको खुलासा , कारागार प्रमुख नै पत्रवारे अनविज्ञ

पोखरा, २७ भदौ । रास्वपा सभापति रवि लामिछाने नक्कली पत्र वनाएर कारागारवाट निस्किएको खुलासा भएको छ । नख्खु कारागार प्रमुखले पत्रवारे अनविज्ञता प्रकट गरेपछि रविले सार्वजनीक गरेको पत्र नक्कली भएको खुलेको हो । नख्खु जेलबाट निस्केपछि रविले आफूलाई सुरक्षा दिन नसक्ने भन्दै जेल प्रशासनले नै कागज थमाएर जबर्जस्ती बाहिर निकालेको दाबी गरेका थिए । श्रीमती निकिताको फेसवुक अकाउन्टवाट लाईभ गर्दै रविले जेल प्रशासनले दिएको भन्दै एउटा पत्रसमेत सार्वजनिक गरेका थिए । नख्खु कारागार प्रमुख सत्यराज जोशीले शुक्रवार एक संचारमाध्यमलाई दिएको… पुरा पढौ

संविधान र संसद भित्रवाटै निकास खोज्न जेनजी युवालाई प्रचण्डको आग्रह

पोखरा, २६ भदौ । जेनजी युवाहरुले गरेको भदौ २३ र २४ गतेको प्रदर्शन पछि वाईसियल र पुर्व जनमुक्ति सेनाको सुरक्षामा अज्ञातस्थलमा रहेका नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान र संसदीय प्रक्रियावाटै समाधान खोज्न जेनजी युवाहरुलाई आग्रह गरेका छन् । पुर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले जेनजी युवाले उठाएका माग संसदीय प्रक्रियावाटै पुरा हुन सक्ने मा आँफू आशावादी रहेको वताएका छन् । उनले संसद वाहिरवाट खोजिने राजनीतिक निकासले अन्तत प्रतिगमनलाई फाइदा पुग्ने भन्दै उनले लोकतन्त्र को विकल्प समुन्त लोकतन्त्र र… पुरा पढौ

जेनजी आन्दोलनका कारण पोखराका अधिकाम्स सरकारी कार्यालयमा आगजनी र तोडफोड

पोखरा । प्रशासनले लगाएको कर्फु उल्लंघन गर्दै जेनजी प्रदर्शनकारीले पोखरामा रहेका अधिकाम्स सरकारी कार्यालयमा तोडफोड तथा आगजनी गरेका छन् । भ्रष्टाचारबिरुद्द आन्दोलनमा होमिएको जेनजीले पोखराको शहिदचोमा रहेको गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय र सो मातहत रहेका मन्त्रालयहरुमा तोडफोड तथा आगजनी गरेका हुन् । प्रदर्शनकारीले गरेको आगजनीका कारण पोखरा धुँवामय वनेको थियो । आन्दोलनकारीले मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालय भित्रै पसेर आगजनी गर्नुका साथै तोडफोड गरेका हुन् । त्यस्तै, गण्डकी प्रदेशका अर्थ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्रालय, सामाजिक… पुरा पढौ

प्रदेश प्रमुख समक्ष मुख्य न्यायाधिवक्ता कार्यालयको प्रतिवेदन पेश

पोखरा, १२ भदौ । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्ट समक्ष गण्डकीका मुख्य न्यायाधिवक्ताको कार्यालयले प्रतिवेदन पेश गरेको छ । मुख्य न्यायाधिवक्ता चिरञ्जीवी शर्मा पौडेलले कार्यालयको आर्थिक वर्ष २०८१र०८२ को वार्षिक प्रतिवेदन बिहीबार एक कार्यक्रमका बीच हस्तान्तरण गर्नुभएको हो । प्रदेश प्रमुख भट्टले मुख्य न्यायाधिवक्ता मुख्यमन्त्रीका कानुनी सल्लाहकार रहेकाले प्रदेश सरकारको न्यायिक कामकारबाही नै मुख्य न्यायाधिवक्ताको प्रमुख दायित्व रहने उल्लेख गर्नुभयो । ‘प्रदेश सरकारलाई कानुनी सल्लाहका साथै न्यायिक कामकारबाहीमा सहायता प्रदान गर्ने जिम्मेवारी मुख्य न्याधिवक्ताको हो ।’ भट्टले भन्नुभयो । संवैधानिक… पुरा पढौ

कास्कीमा नेपाल प्रेस युनियनको सदस्यता अभियान सुरु

पोखरा, २३ साउन । नेपाल प्रेस युनियन कास्कीले सय दिने सदस्यता अभियान सुरु गरेको छ ।नयाँ सदस्य संख्या वृद्धि र पुराना सदस्यलाई सक्रिय र व्यवस्थित बनाउने उद्देश्यसहित नेपाल प्रेस युनियनले साउन १५ देखि सदस्यता अभियान सुरु गरेको थियो । सोही कार्यक्रम अन्तर्गत कास्की शाखाले केन्द्रीय अध्यक्ष शिव लम्सालको उपस्थिती यो अभियान सुरु गरेको हो ।अभियानमा केन्द्रीय अध्यक्ष लम्सालले कास्कीमा क्रियाशील पत्रकारहरु विमलप्रसाद तिवारी (रुपन्देहीबाट स्थानान्तरण), सागर ढकाल, भानुभक्त पाण्डे, रिदेश सुनार, सुजन पौडेल र विनोद पहारीलाई सदस्यता दिएर अभियानको शुभारम्भ… पुरा पढौ

एमाले गण्डकी प्रदेश कमिटीको चौथो पूर्ण बैठक पोखरामा सुरु

साउन१७,पोखरा। नेकपा एमाले गण्डकी प्रदेश कमिटीको चौथो पूर्ण बैठक पोखरामा सुरु भएको छ। बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेकपा ९एमाले० का महासचिव शंकर पोखरेलले २०८४ सालमा एकल बहुमतको सरकार बनाउने लक्ष्यसहित विधान संशोधन प्रस्ताव ल्याइएको जानकारी दिनुभयो। महासचिव पोखरेलले समृद्ध नेपाल र सुखी नेपालीको अभियानलाई सफल बनाउन मिसन र भिजनसहितको सबल नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै त्यसकै आधारमा संशोधन प्रस्ताव अघि सारिएको बताउनुभयो। उहाँले जनताले विश्वास गरिसकेको पार्टीलाई अब अत्यधिक बहुमतले स्वीकार्ने वातावरण बनाउन विशेष ध्यान दिन जरुरी रहेको धारणा… पुरा पढौ

व्यवसायीमैत्री प्रदेश निर्माणमा सरकार प्रतिबद्ध स् मन्त्री थापा

पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले व्यवसायीमैत्री प्रदेश निर्माणमा सरकार प्रतिबद्ध रहेको बताएका छन् । बुद्ध विशाल बजार व्यापारिक एशोसियसनको २७ औं वार्षिक साधारण सभा तथा १४ औं अधिवेशनमा उनले यस्तो बताएका हुन् ।“उद्योगी व्यवसायीहरूका लागि लगानीमैत्री वातावरण सिर्जना गर्नु हाम्रो प्राथमिकता हो”, उनले भने । मन्त्री थापाले उद्योगी व्यवसायीहरूलाई भरोसा र आधारका रूपमा परिभाषित गर्दै प्रदेश सरकारले गरेका प्रयासहरूको अपेक्षित प्रचारप्रसार नहुँदा जनचेतनामा ती काम ओझेलमा परेको स्पष्ट गरे ।उनका अनुसार… पुरा पढौ

भौतिक मन्त्रालयको प्रगति ७९ प्रतिशत

पोखरा, १५ साउन । गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था कार्यालयले गएको वर्ष चार वर्ष यताकै उच्च प्रगति हाँसिल गरेको छ । आर्थिक वर्ष २०८१÷८२ मा ८० प्रतिशत प्रगति गर्ने लक्ष्य लिइएकोमा ७९.५ प्रतिशत भौतिक प्रगति भएको हो । मन्त्रालयको वित्तीय प्रगति ७६.५२ प्रतिशत छ ।बिहीबार पोखरामा भएको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठक तथा वार्षिक प्रगति समीक्षामा यस्तो जानकारी दिइएको हो । भौतिक मन्त्री प्रकाशबहादुर केसीले गएको वर्ष… पुरा पढौ

पौवै खोलामा मोटरेबल पुल

पोखरा, १० साउनस्याङ्जाको पुतलीबजार नगरपालिका–५ पौवै खोलामा मोटरेबल पुल निर्माण गरिएको छ । सिद्धार्थ राजमार्गको स्याङ्जा र पोखरा खण्डको विकल्प बाडखोला–पौवैगौंडे–टक्सार–दुलेगौंडा सडकखण्ड अन्तर्गत पर्ने खोलामा गण्डकी प्रदेश सरकारको लगानीमा १५.६ मिटर लम्बाइको पुल निर्माण गरिएको हो । पुलको शनिबार गण्डकी प्रदेश सरकार भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले उद्घाटन गरे ।यो पुल निर्माणका लागि पूर्वाधार विकास कार्यालय स्याङ्जा र राङ्खोला सिद्धबाबा निर्माण सेवाबीच ०८१ वैशाख १७ मा ठेक्का सम्झौता भएको थियो । ०८२ साउन ६ भित्र निर्माण… पुरा पढौ