अटो/बजार

लेखनाथ जन्मस्थल विकास एवं संरक्षण समितिकाे अध्यक्षमा गाेपिराज पाैडेल

पाेखरा, ३ साउन । कवि शिराेमणी लेखनाथ जन्मस्थल  संरक्षण तथा विकास संस्था  पाेखरा २७ अर्चलेकाे आईतवार सम्पन्न प्रथम साधारण सभा तथा अधिवेशनले  गाेपिराज पाैडेलकाे अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेकाे छ ।  समितिकाे उपाध्यक्षमा कृष्णमणी लामिछाने,  सचिवमा शिवमाेहन अधिकारी , सह सचिवमा  दिपेन्द्र शर्मा , काेषाध्यक्षमा विमला पहारी रहेका छन् ।समितिका  सदस्य हरुमा   राजेन्द्रबहादुर जि सी,तिलबहादुर भुजेल,मित्रलाल तिमिल्सेना,शिबराज तिमिल्सेना,गोपालमणि लामिछाने र ऋषिकेश बराल रहेका छन् ।लेखा संयोजकमा घनश्याम लामिछाने चयन भए । साधारणसभाको पोखरा २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले उद्घाटन  गर्दै  … पुरा पढौ

चोरीमा संलग्न ४ विदेशीसहित ९ जना पक्राउ, लाखौरुपया नगद सहित सुनका गरगहना बरामद

पोखरा, २ साउन । जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिकाका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा भएका चोरीका घटनामा संलग्न ४ विदेशी नागरिकसहित ९ जनालाई पक्राउ गरेको छ। वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले सूक्ष्म अनुसन्धानका आधारमा उनीहरूलाई चोरीका विभिन्न सामानसहित पक्राउ गरेको हो। पक्राउ परेकामाथि कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार पोखरा–१८ मणिमार्गस्थित एक घरबाट करिब २५ तोला सुनका गरगहना र रु. ६७ हजार नगद चोरी भएको थियो।… पुरा पढौ

वसमा यात्रा गरिरहेकी महिलाको सुनका गहना चोरी गरेकाे अभियाेगमा ३ जना पक्राऊ

पोखरा, २ साउन । जिल्ला प्रहरी कार्यालय, कास्कीले सार्वजनिक बसमा यात्रा गरिरहेकी एक महिलाको सुनका गहना चोरी गरेकाे आराेपमा तीन जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार २०८३ साल साउन १ गते दिउँसो करिब १:५० बजे रूपा गाउँपालिका–५ देउरालीबाट पोखरातर्फ आउँदै गरेको ग २ ख ३७३७ नम्बरको बसमा यात्रा गरिरहेकी स्याङ्जा पुतलीबजार नगरपालिका–१३ निवासी २९ वर्षीया अनिता श्रेष्ठको रातो रङको लेडिज पर्स चोरी भएको थियो। पर्सभित्र सुनजस्तो एक थान हार , दुई थान चाँदीका औँठी र नगद रहेको थियो।घटनाको जानकारी प्राप्त… पुरा पढौ

गण्डकी प्रदेश दीर्घकालीन पुनर्स्थापना केन्द्रको अनुगमन

साउन १ , पोखरा । कोपिला नेपालकाे ब्यबस्थापनमा संचालित गण्डकी प्रदेश दीर्घकालीन पुनर्स्थापना केन्द्रको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेल नेतृत्वको टिमले स्थलगत अनुगमन गरेको छ । अनुगमनका क्रममा प्रमुख पौडेलले पहिलो अनुगमन र पटक पटकका समन्वय बैठक आयोजना गरेर समाधानको बाटो खोज्ने क्रममा विभिन्न समयमा बनेका प्रदेश सरकार र स्थानिय महानगर समेतले पहल कदमी लिदै गर्दा सो को ब्यबस्थित संचालनको न त खाका नै बन्यो , राज्यको करोडौं लगानी बर्बादिको चरणमा पुग्नै लाग्दा जि स स ले समन्वय ,खबरदारी र सहजीकरणमा निरन्तर लाग्दा संचालन… पुरा पढौ

पिसिएममा एनुअल फेस्ट–२०२६ सम्पन्न, खाना, संगित, प्रविधी, उद्यम सबै एकै थलोमा

पोखरा, २२ असार । पोखरा कलेज अफ म्यानेजमेन्टको आयोजनामा पिसिएम एनुअल फेस्ट–२०२६ सम्पन्न भएको छ । समापनका दिन नदीपुरस्थित कलेज प्राङ्गणमा विशेष सांगीतिक कार्यक्रम आयोजना गरियो । अभय एण्ड द स्टीम इन्जिन ब्याण्डको सांगीतिक प्रस्तुतिमा झण्डै ३ हजार दर्शकले मनोरन्जन लिए । त्यसअघि कलेजका विद्यार्थीहरूले विविध मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम प्रस्तुत गरे । त्यसैगरी विद्यार्थीहरूले विभिन्न खानाका स्टलहरू समेत राखेका थिए । एक सातासम्म चलेको फेस्ट अन्तर्गत विभिन्न प्रतियोगितात्मक कार्यक्रमहरू पनि आयोजना भए । जस अन्तर्गत ‘समाजका लागि एआई लाभदायी हो… पुरा पढौ

कास्कीलाई पूर्ण खोप सुनिश्चितता घोषणा

असार १८ ,पोखरा । कास्की जिल्लाइ पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा गरिएको छ। पूर्णखोप सुनिश्चितता निर्देशिका २०७१ बमोजिम सम्पूर्ण प्रक्रीयाहरू पूरा गरि बिहीवार जिल्ला समन्वय समिति कास्कीमा बिशेष समारोहका बिच सो घोषणा गरिएको हो। यस अघि कास्किका सबै पाँच पालिकाहरू पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा भएका थिए। उक्त अबशरमा प्रमुख पौडेलले सो अभियानलाई सफल पार्न महत्त्वपूर्ण भुमिका निर्बाह गर्ने सबै पक्षहरूलाई आभार व्यक्त गर्दै सबै तहका जन प्रतिनिधिहरू र आम जनसाथले नै कुनै अभियान सफल हुने बताउनुभयो। स्वस्थ्य नागरिक नै भाबी नेपालको… पुरा पढौ

पोखरा ३२काे सार्वजनिक सुनुवाइमा वडाध्यक्ष कार्कीको दावी : वडाको मुहारमा परिर्वतन ल्यायाै

पोखरा, पोखरा महानगरपालिका ३२ ले सुशासन, पारदर्शिता र जवाफदेहितालाई प्रवद्र्धन गर्ने उद्देश्यले शनिबार सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ ।वर्ष भरीमा वडाभरीका विकास निर्माणका काम जनतालाई देखाउने र जनताको गुनासो सुन्ने उदेश्यका साथ कार्याक्रम आयोजना गरिएको हो ।कार्यक्रममा पोखरा ३२ का स्थानिय सन्तोष ढकालले बाटो निर्माणको बारेमा प्रश्न गरेका थिए । कमल थापाले पोखरा ३२ लाई पर्यटकीय हिसावले बिकास गर्न नसकेको भन्दै पर्यटकीय स्थलको निर्माणमा जोड दिएका थिए ।भरत थापाले सातमुहाने देखी गगन गौडा सम्म जोडने बाटो निर्माणमा ढिलाई भएको… पुरा पढौ

पत्रकार नेपाललाई रोटरी जर्नाे अवार्ड

पोखरा । पोखराका पत्रकार विजय नेपाललाई रोटरी जर्नाे अवार्ड प्रदान गरिएको छ ।रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ (नेपाल–भुटान) द्वारा उनीसहित देशभरबाट सात जना पत्रकारलाई शुक्रबार काठमाडौमा आयोजित समारोहमा नगद ५१ हजारसहित सो अवार्ड प्रदान गरिएको हो ।पाल्पाको रिब्दीकोट ७, मैनादी स्थायी घर भएका पत्रकार नेपाल पोखरामा रही दुई दशकदेखि निरन्तर पत्रकारितामा क्रियाशील छन् । आदर्श समाजका कार्यकारी सम्पादक उनी राजधानी दैनिकका संवाददाता हुन् । सोही समारोहमा काठमाडौंमा वरिष्ठ पत्रकार आदित्यमान श्रेष्ठलाई १ लाख १ हजार राशिको यज्ञप्रसाद आचार्य रोटरी लाइफ टाइम… पुरा पढौ

लेखनाथ खानेपानीले महशुल दर घटायो, बिपन्नलाई सय रुपैयाँमा पानी

लेखनाथ, १० असार । लेखनाथ खानेपानी उपभोक्ता समितिले साउन एक गतेदेखि पानीको दर घटाउने र सेवा सुलभ बनाउने निर्णय गरेको छ। समितिको हालै सम्पन्न सातौँ अधिवेशनपश्चात् आयोजित पदस्थापन कार्यक्रममा अध्यक्ष मुरारी शर्माले यस्तो जानकारी दिए।अधिवेशनमा अध्यक्ष पदका लागि निर्वाचन सम्पन्न भएकोमा शर्मा विजयी भएका हुन्। निर्वाचनअगावै सर्वसम्मतिको प्रयास भएको तर सफल नभएपछि निर्वाचन प्रक्रियामा जानुपरेको शर्माले बताए। उनले हारेका प्रतिस्पर्धीलाई सम्मानजनक ढङ्गले स्वीकार गर्दै सबैलाई एकताबद्ध भएर अघि बढ्न आह्वान गरे।दर एकीकरण तथा कटौतीअहिलेसम्म सहलगानी (पहाडी भुभागका) क्षेत्रका उपभोक्ताले ३७… पुरा पढौ

मदनकृष्ण श्रेष्ठको जीवनीमा चलचित्र बन्ने, शीर्ष भूमिकामा पोखराका महेश त्रिपाठी

पाेखरा ९ असार । वरिष्ठ अभिनेता तथा गायक मदनकृष्ण श्रेष्ठको जीवनकथामा आधारित जीवनीपरक चलचित्र निर्माण हुने भएको छ। निर्देशक मिलन चाम्सले निर्देशन गर्ने यस चलचित्रमा अभिनेता महेश त्रिपाठी र अभिनेत्री केकी अधिकारी मुख्य भूमिकामा चयन भएका छन्। चलचित्रमा त्रिपाठीले मदनकृष्ण श्रेष्ठको युवावस्था र कलात्मक यात्राको भूमिका निर्वाह गर्नेछन्। श्रेष्ठकी स्वर्गीय पत्नी यशोदा सुवेदीको भूमिकामा भने अधिकारी देखिनेछिन्। चलचित्रले श्रेष्ठको प्रेरक र संघर्षमय जीवनकथालाई पर्दामा ल्याउने तयारी गरेको छ। यसअघि ‘बबी’, ‘ब्लाइन्ड रक्स’ र ‘अञ्जिला’ जस्ता जीवनीपरक चलचित्र निर्देशन गरेर पहिचान… पुरा पढौ