अटो/बजार

दिपाङताल सहकारीकाे नेतृत्वमा दिपेन्द्र

पाेखरा । दिपाङताल मत्स्य तथा कृषि उत्पादन सहकारी संस्थामा दिपेन्द्र शर्मा अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन्। संस्थाको दशौँ वार्षिक साधारण सभा एवं चौथो अधिवेशनबाट निर्विरोध रुपमा शर्मा अध्यक्षमा निर्वाचित भएका हुन्। त्यस्तैगरी संस्थाको उपाध्यक्षमा तिल बहादुर भुजेल सचिवमा वेदनाथ अधिकारी कोषाध्यक्षमा कृष्ण रिजाल र सदस्यहरूमा रमा कुमाल, कृष्ण पाण्डे, सूर्यप्रसाद तिमल्सिना, कुमार सापकोटा, विष्णु न्यौपाने गुरुङ निर्विरोध निर्वाचित भएका छन्।साधारण सभामा बोल्दै प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नम्बर २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले सहकारी भनेको सहकार्य गर्दै स्थानीय विकासमा लाग्ने… पुरा पढौ

पोखरा महानगरपालिकाको ६७ औं स्थापना दिवसमा नौ जना पोखरेली नवरत्नवाट सम्मानित

पोखरा । पोखरा महानगरपालिकाले विविध कार्यक्रमका साथ आप्mनो ६७ औं स्थापना दिवस मनाएको छ । वि. सं २०१६ साल पुष २ गते पहिलो पटक पोखरा नगरपालिका गठन भएको हो । त्यसपछि पोखरा नगर पञ्चायत, पोखरा उपमहानगरपालिका, पोखरा लेखनाथ महानगरपालिका हुँदै वनेको पोखरा महानगरपालिकाले पुस २ गतेलाई आधार मानेर स्थापना दिवस मनाएको हो । यस अघि महानगरले विभिन्न मितिमा आनो स्थापना दिवस मनाउदै आएको थियो । दिवसको अवसरमा विहान जातीय पहिचान झल्कने झाकी सहितको प्रभातफेरी निकालियो । सांस्कृतिक झाँकीसहितको ¥याली न्यूरोडहुँदै… पुरा पढौ

१४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

पोखरा । १४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न भएको छ । बैठकमा १४ औं संस्करणको पोखरा महोत्सवलाई विगतका महोत्सवलाई भन्दा पृथक बनाउने तर्फ जोड दिएका छन । युनाईटेड क्लब पोखराको आयोजनामा आगामी पुषको २९ देखि माघको ११ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने महोत्सवलाई भब्य र सभ्य बनाउनका लागि महोत्सव मुल आयोजक समिति लोक बहादुर थापाको संयोजकत्वमा विभिन्न ३१ वटा उपसमितिहरु गठन गरिएको छ । शुक्रबार सम्पन्न बैठकमा वोल्दै १४ औं… पुरा पढौ

लेखनाथ महोत्सवको झाँकी र्याली नै यसको विशिष्ट पहिचान हो’–संयोजक प्रकाशलाल श्रेष्ठ

लेखनाथ, २५ मंसिर । लेखनाथ उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको २१औं संस्करणको लेखनाथ महोत्सवको तयारी तीव्र पारिएको छ । महोत्सवको तयारी तिव्र भएसँगै यस क्षेत्रका विभिन्न आमा÷महिला समुह, संघ संस्थाहरु र विभिन्न जातजाती एवं समुदायहरुले पनि प्रर्दशन गर्ने झाँकी र्यालीको तयारी गरिरहेका छन । हरेक वर्ष आयोजना हुने लेखनाथ महोत्सवमा उद्घाटनको दिन वृहत झाँकी र्याली निकालीने गरिन्छ । यसरी निकालीने झाँकी र्यालीले महोत्सवप्रती यहाँका विभिन्न जातजाती र समुदायको अपनत्व कस्तो छ भन्ने देखाउने झाँकी र्याली व्यवस्थापन उप–समितिका संयोजक प्रकाशलाल… पुरा पढौ

पोउवा संघका अध्यक्ष कार्की चीन प्रस्थान

पोखरा, २३ मंसिर । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोृकर्ण कार्की चीनमा आयोजना हुने अन्तर्राष्ट्रिय सेमिनारमा भाग लिन सोमबार त्यसतर्फ लागेका छन् । अध्यक्ष कार्की नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधित्व गर्दै चीनको चुनकिङम आयोजिना हुने उद्योग वाणिज्य महासंघहरुको संगठन  एलायन्स अफ दी च्याम्बर अफ कमर्स एण्ड इन्डष्ट्रीज अफ दी न्यू इन्टरनेसनल ल्याण्ड–सी टे«ेड करिडर (आइएलएसटीसी) को बैठकमा भाग चीनतर्फ लागेका हुन् । आइएलएसटीसी चीनले रोड एण्ड बेल्ट परियोजनामा समेटिएका देशहरुमा रहेका उद्योग वाणिज्य संघहरुलाई समेटेर निर्माण गरेको संस्था हो ।… पुरा पढौ

व्यापार मेला सकियो, उद्यमशील व्यक्तिलाई राज्यले सहयोग गर्नुपर्नेमा कार्कीको जोड

पोखरा। पोखराको नयाँबजारमा मंसिर १७ गतेदेखि सुरु भएको ‘नेपाल मणिपाल अस्पताल ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला तथा १३ औं क्यान इन्फोटेक २०८२,पोखरा’ सकिएको छ । पाँचदिने मेलाको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले समापन गरेका हुन् ।  समापनको अवसरमा बोल्दै मेयर आचार्यले रोजगारी सिर्जना गर्नका लागि महानगरले सक्दो प्रयास गरेको बताए । व्यवसाय प्रवर्द्धन केन्द्रमार्फत् महानगरले उद्यमशीलता चाहनेहरूका लागि तालिम र परामर्श सेवा प्रदान गरिरहेको उनले बताए । रोजगारी सिर्जना र भौतिक विकासका निम्ति महानगर निजी  क्षेत्रसँग हातेमालो गर्दै अगाडि बढ्ने उनको प्रतिवद्धता थियो ।  कार्यक्रममा बोल्दै पोखरा उद्योग… पुरा पढौ

लेखनाथ महोत्सव सफल पार्न कस्सिए आमा समूह

लेखनाथ, २० मंसिर । लेखनाथ उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको २१ औं लेखनाथ महोत्सवको तयारी तीव्र पारिएको छ । महोत्सवलाई मध्यनजर गर्दै यस क्षेत्रमा रहेका संघसंस्था तथा महिला÷आमा समूहको शनिबार बसेको भेलाले महोत्सव सफल पार्न सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्नेमा जोड दिए । भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि गण्डकी प्रदेशकी प्रेस रजिष्ट्रार विमला भण्डारीले लेखनाथ महोत्सव नेपालकै उत्कृष्ट महोत्सव भएको र महिला आमा समूहको सक्रियताका कारण लेखनाथ महोत्सवले उचाइ हासिल गरेको दावी गर्दै यसलाई आगामी दिनमा पनि जोगाएर लैजानुपर्ने… पुरा पढौ

मंसिर १७ देखि पोखराको नयाँबजारमा आयोजना हुने व्यापार मेलाको तयारी पूरा ः पोउवा संघ अध्यक्ष कार्की

पोखरा, १५ मंसिर । यही मंसिर १७ गतेबाट पोखरा प्रदर्शनी केन्द्र नयाँबजारमा आयोजना हुने ‘नेपाल मणिपाल अस्पताल ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला तथा १३ औं क्यान इन्फोटेक २०८२,पोखरा’को तयारी लगभग पूरा भएको छ ।आयोजक पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले सोमबार मेलास्थलमा आयोजित पत्रकार सम्मेलनमा तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएका हुन् ।उनका अनुसार मेलाको बुधबार नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्घाटन गर्ने छन् ।अध्यक्ष कार्कीले जेन–जी आन्दोलनको क्रममा निजी क्षेत्रमाथि भएको आक्रमणपछि खल्बलिएको व्यावसायिक वातावरण… पुरा पढौ

रेडियो अन्नपूर्णले गर्‍यो झलकमान गन्धर्व सारङ्गी पाठशालालाई सहयोग, मंसिर १८ गते “स्मृतिमा झलकमान र नारायण गोपाल साँझ” हुने

पोखरा,११ मंसिर । रेडियो अन्नपूर्ण ९३।४ मेगाहर्ज पोखराले पोखरा १५ मा रहेको झलकमान गन्धर्व सारङ्गी पाठशालालाई सहयोग गरेको छ । रेडियोले आफ्नो स्थापनाको २५ औं वर्ष प्रवेशको सन्दर्भमा १२ महिना १२ कार्यक्रम अन्तर्गत पाठशालामा रहेका विद्यार्थीको लागि राष्ट्रिय पोशाक सहयोग गरेको स्टेसन म्यानेजर सञ्जय कुमार मल्लले बताए ।विद्यार्थीहरूको राष्ट्रिय पोशाक बिहीबार रेडियोका प्रबन्धक निर्देशक सुनयना पालिखेले पाठशालाका सञ्चालक दिलिप गायकलाई हस्तान्तरण गरेकी हुन् । रेडियो २५ औँ वर्षमा प्रवेश गरेको अवसरमा रेडियोले सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर समाजमा काम गदै जाने… पुरा पढौ

साईवर व्युरोमा वयान दिन पुगे महेश बस्नेत

पोखरा, २२ असोज । नेकपा (एमाले)का नेता महेश बस्नेत नेपाल प्रहरीको साईवर व्युरोमा पुगेर वयान दिएका छन् । वस्नेत विरुद्ध शोभा पाठकले उजुरी दिएकी थिईन । सोही उजुरीका आधारमा साईवर व्युरोले वस्नेतलाई वयानका लागि वोलाएको थियो । जिल्ला सरकारी वकिल कार्यालयको पत्रानुसार ब्यूरोले बस्नेतसँग बयान कागज गराएको हो । ‘सरकारी वकिल कार्यालयले थप प्रमाण जुटाएपछि मात्रै आरोप दर्ता हुने भनेपछि हामीले बस्नेतलाई बयान कागज गराउन झिकाएका हौँ,’ ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दीपक राज अवस्थीले भने, ‘पहिला प्रमाण जुटाएपछि मात्रै… पुरा पढौ