अटो/बजार

घरदैलोमा राजेन्द्र ओझाको प्रतिबद्दता ः एक कार्यकाल एक महोत्सबलाइ कार्यान्वयन गरिनेछ

पोखरा, लेखनाथ उद्योग बाणिज्य संघको अधिबेशन नजिकिदै गर्दा ब्यबसायीका नेताहरुले घरदैलो अभियानलाइ तिब्र पारेका छन् ।उम्मेद्वारहरु मतदाता भेटघाट गर्ने र मत माग्ने क्रममा व्यवसायीको घरदैलोमा पुगिरहेका छन। घरदैलोका क्रममा अध्यक्षका उमेद्दार राजेन्द्र ओझाले लेखनाथ महोत्सब लाइ अब एक कार्यकाल एक महोत्सवको रुपमा अगाडी बढाउने ब्यबसायीलाइ विश्वास दिलाएका छन् । महोत्सबले लेखनाथका ब्यबसायीलाइ मर्का परेको बताउदै ओझाले हरेक ब्यबसायीको समस्यालाइ समाधान गर्ने गरि अगाडी बढ्ने प्रतिबद्दता ब्यक्त गरे । संघमा लामो समय रहेर ब्यबसायी साथीहरुको र संघको हितमा काम गरेका कारण… पुरा पढौ

लेखनाथ उद्योग वाणिज्य संघको निर्वाचनमा पराजुली र ओझाको समूह आमने सामने भिड्दै

पोखरा १३ भदौ । लेखनाथ उद्योग बाणिज्य संघको निर्बाचन नजिकिंदै जाँदा नयाँ कार्यसमितिका आकाक्षीं उमेद्वारहरु मतदाता ब्यबसायीहरुको घरदैलोमा पुगेर मत माग्न व्यस्त छन् । यहि भदौ २० र २१ गते हुने संघको २९ औं साधारण सभा एबम १५ औं अधिबेशनमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका व्यवसायीहरुको तर्फवाट हालका महासचिव जानुका पराजुलीको नेतृत्वमा र राष्ट्रिय स्वतन्त्र पार्टी सहित नेकपा एमाले समर्थित उद्याृेगी व्यवषायीले हालका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझाको नेतृत्वमा प्यानल नै घोषणा गरेर चुनावमा होमिएका छन । निर्वाचन आउन एकसाता… पुरा पढौ

कञ्चन पत्रकारिता पुरस्कारबाट पत्रकार राम गुरुङ र कैलाशबाबु श्रेष्ठ सम्मानित

पोखरा, २७ साउन । कञ्चन पत्रकारिता पुरस्कार २०८२ बाट कास्कीका फोटो पत्रकार राम गुरुङ र गोरखाका पत्रकार कैलाशबाबु श्रेष्ठ (सुशिल) सम्मानित भएका छन् ।पोखराका व्यवसायी बिमलमान गुभाजू तथा उनको परिवारद्धारा आमा स्व.नेत्रकुमारी गुभाजू तथा बाबा स्व.वेदमान गुभाजूको स्मृतिमा स्थापना गरिएको उक्त पुरस्कार नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीले मंगलबार पत्रकार गुरुङ र श्रेष्ठलाई प्रदान गरेको हो । पुरस्कृत पत्रकारहरुलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, पुरस्कार दाता बिमलमान गुभाजु र उनको परिवार, फोनिज गण्डकी अध्यक्ष खिमा कुमारी गुरुङ लगायतले दोसल्ला,… पुरा पढौ

लायन्स क्लव अफ लेखनाथको पदस्थापन कार्यक्रम सम्पन्न

लेखनाथ । लायन्स क्लव अफ लेखनाथको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा वर्ष २०२५/२६ का लागि निर्वाचित पदाधिकारी एवम् सदस्यहरुलाई लायन्स क्लव ईन्टरनेशनल ३२५ आई की डिष्ट्रीक गभर्नर पार्वती खरेलले पद तथा गोपनियताको सपथ ग्रहण गराएकी थिइन् ।कार्यक्रममा प्रथम उपाध्यक्ष डमरुबल्लभ चापागाई,द्धितीय उपाध्यक्ष चिरञ्जीवी तिवारी,तृतीय उपाध्यक्ष महेन्द्र सिग्देल,सचिव केदारनाथ लामिछाने,कोषाध्यक्ष विष्णुबहादुर सुनार,सहसचिव सुन्दर ढकाल,प्रशासक भुवन श्रेष्ठ तथा सदस्यहरु डाक्टर प्रकाश भट्राई,ओमप्रकाश पौडेल,शिवप्रसाद लामिछाने, रविलाल सुवेदी,सुर्यप्रसाद तिवारी,शिवप्रसाद वास्तोला लगायतलाई सपथ ग्रहण गराइएको थियो ।उक्त अवसरमा बर्ष २०२४/२५ का अध्यक्ष कृष्णप्रसाद… पुरा पढौ

पोखराका ज्येष्ठ नगर पिता १०६ वर्षीय दहालको निधन

पोखरा, २३ साउन । पोखरा महानगरपालिका भरिकै ज्येष्ठ नागरिक नगर पिता नन्दलाल दाहालको १०६ वषर्को उमेरमा आज (शुक्रबार) बिहान निधन भएको छ । विगत २० वर्षदेखि पोखरा महानगरपालिका वडा नं १७ सीतापाईला स्थित पोखरा वृद्धाश्रममा आश्रित दाहालको १०६ वर्षको उमेरमा आज बिहान १०.३० बजे वृद्धाश्रममा नै निधन भएको पोखरा वृद्धाश्रमका अध्यक्ष कुसुमकेशव पराजुलीले जानकारी दिनुभयो । उहाँको आजै पोखराको दोविल्ला घाटमा अन्त्यष्टि गरिएको छ । दाहाललाई गत वर्ष पोखरा महानगरपालिकाले ज्येष्ठ नगर पिताको रुपमा सम्मान गरेको थियो । कास्कीको माछापुच्छ«े… पुरा पढौ

कास्कीमा नेपाल प्रेस युनियनको सदस्यता अभियान सुरु

पोखरा, २३ साउन । नेपाल प्रेस युनियन कास्कीले सय दिने सदस्यता अभियान सुरु गरेको छ ।नयाँ सदस्य संख्या वृद्धि र पुराना सदस्यलाई सक्रिय र व्यवस्थित बनाउने उद्देश्यसहित नेपाल प्रेस युनियनले साउन १५ देखि सदस्यता अभियान सुरु गरेको थियो । सोही कार्यक्रम अन्तर्गत कास्की शाखाले केन्द्रीय अध्यक्ष शिव लम्सालको उपस्थिती यो अभियान सुरु गरेको हो ।अभियानमा केन्द्रीय अध्यक्ष लम्सालले कास्कीमा क्रियाशील पत्रकारहरु विमलप्रसाद तिवारी (रुपन्देहीबाट स्थानान्तरण), सागर ढकाल, भानुभक्त पाण्डे, रिदेश सुनार, सुजन पौडेल र विनोद पहारीलाई सदस्यता दिएर अभियानको शुभारम्भ… पुरा पढौ

नारायणस्थानमा चतुर्मास व्रत अनुष्ठान तथा श्रीमद्भागवत कथा संचालन

पोखरा । श्री लक्ष्मीनारायण मन्दिर, पोखरा महानगरपालिका वडा नं.३, नारायणस्थानका पीठाधीश्वर अनन्त श्रीविभूषित श्रीमद्जगद्गुरु श्रीरामानन्दाचार्य स्वामी श्रीरामकृष्णाचार्य महायोगी सिद्धबाबा सद्गुरुदेवको पवित्र सत्संकल्पमा यसपटकको चतुर्मास व्रत अनुष्ठान तथा हिमालयन सिद्धमहायोग ध्यान साधना कार्यक्रम असार २७ गतेदेखि नियमित संचालन भइरहेको छ । यस अवसरमा श्रीकृष्ण जन्माष्टमीको पावन पृष्ठभूमिमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत श्रावण २४ गतेदेखि ३१ गतेसम्म श्रीमद्भागवत महापुराणको भक्ति रसामृतमय कथा वाचन गरिने भएको छ । कथा वाचन भारतवर्षका विशिष्ट संतहरू श्रीमद् रामचरितमानस एवं विनय पत्रिकाका किंकर संगीताचार्य पण्डित डा. महेशदत्त… पुरा पढौ

सडक मानवमुक्त प्रदेशको यात्रामा सरकार र समाज एकसाथ अघि बढ्दैछ – मन्त्री थापा

पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले सडक मानवमुक्त प्रदेशको यात्रामा सरकार र समाज एकसाथ अघि बढिरहेको बताएका छन् । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मानवसेवा आश्रम पोखरामा एनएमबी बैंकद्वारा आयोजित सौर्य उर्जा हस्तान्तरण कार्यक्रममा उनले यस्तो बताएका हुन् ।गण्डकी प्रदेश सरकारको सडक मानवमुक्त प्रदेश निर्माणको परिकल्पनालाई सार्थक बनाउने क्रममा मानवसेवा आश्रमसँगको सहकार्यलाई उनले एक महत्वपूर्ण नीतिगत पहलकदमीको रूपमा व्याख्या गरेका छन् । सामाजिक उत्तरदायित्वका माध्यमबाट सञ्चालनमा रहेको मानवसेवा आश्रमलाई आश्रय, माया र सम्मान… पुरा पढौ

मलेसियाली ईभी प्रोटोनको सोरुम पोखरामा

पोखरा, १३ साउन । देशभर विद्युतीय सवारी (ईभी) को प्रयोगलाई तीव्र पार्ने क्रममा प्रोटोनले आफ्नो तेस्रो सोरुम सोमबारदेखि पोखरामा सञ्चालनमा ल्याएको छ । नेपालका लागि प्रोटोन ईभीको आधिकारिक वितरक जगदम्बा मोटर्सले काठमाडौं बाहिर पहिलोपल्ट पोखराको बुद्धचोकमा सोरुम स्थापना गरेको हो । सोरुममा प्रोटोनको प्रमुख विद्युतीय सवारी साधन प्रोटोन एसयूभी ईमास ७ बिक्रीका लागि राखिएको छ । काठमाडौंको नक्साल र थापाथलीपछि यो तेस्रो सोरुम हो । उक्त अवसरमा प्रोटोनले सम्भावित ग्राहकका लागि टेस्ट ड्राइभ दर्ता, व्यक्तिगत परामर्श, सजिलो फाइनान्स र सरकारी… पुरा पढौ

पोखराका युवाहरु बिच सडक सुरक्षा सम्बन्धी दुई दिने वर्कशप सम्पन्न

पाेखरा,१२ साउन । पोखराका युवाहरु बिच सडक सुरक्षा सम्बन्धी दुई दिने वर्कशप सम्पन्न भएको छ । क्यापासिटी बिल्डिङ वर्कशप अन युथ फर रोड सेफ्टी नामक सो वर्कशप गत शुक्रबार र शनिबार सम्पन्न भएको हो । युथ फर रोड सेफ्टी इन नेपाल अभियानको संयोजन र गण्डकी अटोमोबाइल्स एसोसिएसनको आयोजनामा सम्पन्न सो वर्कशपमा ५० भन्दा बढी युवाहरु सहभागी भएका थिए । उनीहरु इन्जिनियरिङ, पर्यटन, स्पोर्ट्स, कानुन लगायतका क्षेत्रमा संलग्न रहेका थिए । गण्डकी अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष शिव श्रेष्ठद्वारा शुभारम्भ गरिएको सो वर्कशपमा… पुरा पढौ