लेखनाथ उद्योग वाणिज्य संघको निर्वाचनमा पराजुली र ओझाको समूह आमने सामने भिड्दै

- २३ वुँदे प्रतिवद्धतापत्र सार्वजनिक गर्दै आफ्नो नेतृत्वलाई विजयी गराउन मतदाता समक्ष पराजुलीको अपिल

-


     गण्डकी बहस     
     भाद्र १२ गते २०८२ मा प्रकाशित


पोखरा १३ भदौ । लेखनाथ उद्योग बाणिज्य संघको निर्बाचन नजिकिंदै जाँदा नयाँ कार्यसमितिका आकाक्षीं उमेद्वारहरु मतदाता ब्यबसायीहरुको घरदैलोमा पुगेर मत माग्न व्यस्त छन् । यहि भदौ २० र २१ गते हुने संघको २९ औं साधारण सभा एबम १५ औं अधिबेशनमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका व्यवसायीहरुको तर्फवाट हालका महासचिव जानुका पराजुलीको नेतृत्वमा र राष्ट्रिय स्वतन्त्र पार्टी सहित नेकपा एमाले समर्थित उद्याृेगी व्यवषायीले हालका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझाको नेतृत्वमा प्यानल नै घोषणा गरेर चुनावमा होमिएका छन । निर्वाचन आउन एकसाता वाकी रहेपनि उम्मेदवारहरु भने एक महिना अघि देखी नै आ आफ्ना एजेण्डा लिएर मतदाता समक्ष पुगेका छन् । अधिवेसनको निर्वाचन तालिका अनुसार भदौ १३ गते मात्र उम्मेदवारका आकाक्षीहरुले आ आफ्नो उम्मेदवारी मनोनयन गर्ने छन् । १५ औं अधिबेशनमा संघमा आवद्ध एक हजार ९ सय ६३ जना उद्योगी व्यवसायहरु मतदाताको रुपमा रहेका छन । माओबादी निकट मानिने व्यवसायी गोपिचन्द्र बाँस्तोला जानुकाको प्यानलमा बरिष्ठ उपाध्यक्षको उमेदवार छन भने राष्ट्रिय स्वतन्त्र पार्टी समर्थक मानिने एल पी ढुंगाना ओझा प्यानलवाट उपमहासचिव पदको उम्मेदवार छन् ।

यसैक्रममा संघको निर्बाचनमा अध्यक्षको उमेदवार जानुका पराजुली अधिकारी नेतृत्वमा रहेको प्यानलले बिहिबार पत्रकार सम्मेलनको आयोजना गरि आंफ्नो समुहको २३ बुंदे प्रतिवद्दता सार्बजनिक गरेको छ । प्रतिबद्दता सार्बजनिक गर्ने आयोजित समारोहमा अध्यक्ष पराजुली सहित सबै पदका उमेदवारहरु सहभागि थिए । पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष पदका उमेद्वार पराजुलीले संघको स्थापनाकाल देखि अग्रजहरुले संस्थालाई अगाडी बढाउन महत्वपुर्ण योगदान गरेकोकारण संस्थाले राष्ट्रिय एबम अन्तराष्ट्रियस्तरमा समेत प्रतिष्ठा आर्जन गर्न सफल भएको बताईन । उनले संस्थालाई विधिसम्मत ढंगले संचालन गर्ने प्रतिबद्दता समेत ब्यक्त गर्दै आफ्नो प्यानलले गरेका प्रतिबद्दता पुरा गर्नको लागि सक्षम साथीहरु उमेदवारको रुपमा रहेकोले सबैलाई बिजयी गराउन मतदाता समक्ष आग्रह गरिन।

पत्रकार सम्मेलनमा बोल्दै अध्यक्षका उमेदवार जानुकाले स्थापनाको तीन दशक नजिक पुगेको लेखनाथ उद्योग वाणिज्य संघले यस क्षेत्रका उद्योगी र व्यवसायीहरुका बिचमा थुप्रै राम्रा कामहरुको शुरुवात गर्दै, नेपालकै उत्कृष्ट “क” वर्गको उद्योग वाणिज्य संघको रुपमा स्थापित भएको भन्दै संस्थाको गरिमालाई उच्च राख्न महत्वपूर्ण भूमिका खेल्ने, स्थापनाकालका अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यदेखि हालसम्मका अग्रज एवम् सम्पूर्ण उद्योगी व्यवसायीहरु प्रति आभार प्रकट गरेकी थिईन ।

लेखनाथ उद्योग वाणिज्य संघमा रुपा, मादी र साविक लेखनाथका सम्पूर्ण व्यवसायीहरुलाई एउटै छाता मुनी अट्न सक्ने गरी दायरा र वातावरण सिर्जना गर्नुपर्ने आँफुहरुको मान्यता रहेको भन्दै उनले व्यवसाय र व्यवसायीसामु आइपर्ने समस्याको समाधानका लागि एकता र आत्मविश्वासको आवश्यकता पर्ने र त्यसका लागि अनुभवी, बौद्धिक एबम परिपक्क समावेशी नेतृत्व आबश्यक भएको उनले स्पष्ट पारिन ।

‘हामी विकासका कुरा गर्दैनौ, हामी नीतिका कुरा गछौं, हामी समस्या देखाउँदैनौं समाधान खोज्छौं । हामी सरोकारवालासँग समन्वय गर्छौं र संभावनाका आधारहरु खोज्दछौं र त्यही आधारबाट उद्यमशीलता र रोजगारी सिर्जनाका योजना वुन्दछौं ।’ पराजुलीले पत्रकार सम्मेलनमा भनिन। कहिलेकाहीं समस्याले अवसर र चुनौतीसँगै लिएर आएको हुन्छ र कालो बादलमा पनि चाँदीको घेरा हुन्छ भने जस्तै अहिले अर्थतन्त्रका केही सूचकहरुमा सुधार हुँदै आएको उनले बताईन ।

जानुकाको प्यानलले अगाडी सारेका २३ बुंदे प्रतिबद्दताहरुमा संघमा आवद्ध सदस्यहरुको विद्युतीय तथ्याङ्क प्रणालीबाट पुरा विवरण सहितको अभिलेखीकरण गरिने, संघका सदस्यहरुको डिजिटल परिचयपत्र (प्रविधि मैत्री) लागु गरी नवीकरण गरिने, उद्यमशीलता र स्वरोजगारका लागि तिनै तहका सरकारसँग समन्वय गरी तालिमहरु सञ्चालन गरिने, परियोजना तयारी सहायता कक्षको व्यवस्थापन गरी व्यवसाय र उद्यमशीलता प्रबद्र्दन गरिने, साना तथा स्वरोजगार हुने लघु व्यवसाय र उद्यमशीलताका लागि स्थानीय पालिकाहरुसँग सहकार्य गरी कार्यक्रम सञ्चालन गरिने, लेखनाथलाई उत्पादनमूलक क्षेत्रको रुपमा विकास गरी ‘मेड ईन नेपाल’ अवधारणालाई प्राथमिकता दिईने, स्थानीय कृषकहरुले उत्पादन गरेका सामग्रीहरुको ब्राण्डिङ, प्याकेजिङ र प्रचारप्रसार कार्यक्रम मार्फत उत्पादनलाई बजारीकरणमा सहयोग गरिने, सिप र दक्षता भएका व्यक्ति र रोजगारदाताको अभिलेख तयार गरी सेवा प्रदान गर्ने र सिप तथा रोजगार बैंकको स्थापना गरिने, नयाँ व्यवसायी र उद्यमीहरुको विकासका लागि आईडिया बैंकको स्थापना गरी परियोजना तयार गर्न सहयोग गरिने, सरकारका निकायमा दर्ता भै कारोबार गरेका डिजिटल बजारलाई व्यवस्थित गरी संघमा आवद्धता गरिने जस्ता कुरा उल्लेख छन ।

गैरकानूनी रुपमा संचालनमा रहेका पोके तथा फुटपाथ व्यापारीलाई निरुत्साहित गरिने, संघले लामो समय देखि सञ्चालन गर्दै आएको लेखनाथ महोत्सवलाई परिमार्जित र व्यवस्थित गरी स्थानीय व्यवसायीहरुलाई आफ्नो वस्तु तथा सेवा र उत्पादनको बजारीकरणका लागि प्रोत्साहन गरिने, स्थानीय सामग्रीको प्रयोग गरी उत्पादन गरिएका हस्तकलाका सामग्रीमार्फत लेखनाथ उद्योग वाणिज्य संघको पहिचानलाई जोड्ने गरी कोसेली घरको व्यवस्थापन गरिने, पोखरा म.न.पा.–३३ र शुक्लागण्डकी न.पा.–०९ मा अवस्थित पूँडिटार प्रदेश औधोघिक क्षेत्रको निर्माणका लागि भौतिक पूर्वाधार तयार गरी सुरु गर्न तिनै तहका सरकारसँग समन्वय गरिने जस्ता प्रतिबद्दता पनि जानुकाको प्यानलले अगाडी सारेको छ।

व्यवसाय मैत्री कर नीति र लगानीका संभावनाका बारेमा तिनै तहका सरकार र व्यवसायीहरुका बिचमा विशेष कार्यक्रम संचालन गरिने, लेखनाथमा संभावनाको रुपमा रहेको पर्यटन व्यवसाय सञ्चालनकालागि लगानीकर्ता र स्थानीय श्रोत साधनको प्रयोगमा समन्वय गरिनेछ । साथै पर्यटनका संभावना भएका बेगनासताल लगायत सम्पूर्ण तालहरु र विभिन्न ठाँउमा रहेका कोटहरु तथा बेगनासतालमा रहेको वराहा मन्दिर लगाएत सम्पूर्ण ठाँउका मठ–मन्दिरहरु, पचभैयामा रहेको खुल्ला चिडिया खाना, गुफा, होमस्टेलाई डिजिटल माध्यमवाट प्रवद्धर्न गरिने लगायतका विषयहरु प्रतिबद्दतापत्रमा उल्लेख गरिएको छ । पत्रकार सम्मेलनमा संघको बरिष्ठ उपाध्यक्षका उमेदवार गोपिचन्द्र बाँस्तोलाले धन्यवाद सहित समापन गरेको उक्त कार्यक्रमको संचालन महासचिव पदकाका उमेदवार भरत राज ओझाले संचालन गरेका थिए ।