प्रमुख समाचार

प्रहरी चेकजाँचमा करिव ३ किलो गाँजा वरामद

पोखरा, ८ साउन । प्रहरीले लागू औषध गाँजा सहित १ जना मानिस पक्राउ गरेको छ । यही साउन ६ गतेपोखरा महानगरपालिका वडा नं।३२ लामेआहाल स्थित पृथ्वी राजमार्ग सडक खण्डमा प्रहरीले सवारी साधन चेकजाँच गर्दा वेचविखनका लागि झोलामा लुकाएर ल्याईएको करिव तिन किलो परिणामको गाँजा वरामद गरेको हो ।गोरखावाट पोखरातर्फ गाँजा ओसारपसार गर्दै गर्दा ग ६प १६३० नं। को मोटरसाईकल चालक गोरखा अजिरकोट गा।पा। वडा नं।३ बस्ने बर्ष २५ को प्रकाश गुरुङलाई प्रहरीले निन्त्रणमा लिएको छ । निज गुरुङलाई कास्की जिल्ला… पुरा पढौ

प्रदुषण गर्ने सवारीलाई कारवाही गर्ने बैदाम डिएसपी भट्टराईको चेतावनी

पोखरा, ८ साउन । वडा प्रहरी कार्यालय बैदाम, पोखराका प्रमुख प्रहरी नायब उपरीक्षक नवराज भट्टराइले ध्वनी प्रदुषण गर्ने सवारी साधनलाई नियन्त्रण गर्ने बताएका छन् ।साउन ५ गते वडा प्रहरी कार्यालय बैदामामा प्रमुखको रुपमा आएका भट्टराइले स्वरुप परिवर्तन गरेका र ध्वनी प्रदुषण गर्ने मोटरसाइकललाई तत्काल कारवाही गर्न प्रहरी परिचालन गरिएसकेको बताए ।सामुदायिक सेव केन्द्र एवं सामुदायिक प्रहरी सेवा बैदामले आयोजना गरेको स्वागत कार्यक्रममा भट्टराइले शान्ती सुरक्षा सबैको सरोकारको विषय रहेको बताए ।भट्टराईले पर्यटकीय क्षेत्र लेकसाइडमा मोटरसाइकलले ध्वनी प्रदुषण गरेको गुनासो सुने… पुरा पढौ

चोरी सम्बन्धी कसूरमा एक जना पक्राउ

पोखरा, ५ साउन । पोखरा महानगरपालिका वडा नं। ५ मालेपाटन स्थित दाङ भ्याली फ्रेस हाउसका संचालक संगिताभण्डारीको कोठाभित्र दराजमा राखिएको नगद रु १२ लाख ३० हजार चोरी गरेको अभियोगमा वैदाम प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा कास्कीको माछापुछ्रे गाँउपालिका वडा नं९ स्थायी घर भएका वर्ष २३ का ओम बहादुर भुजेल रहेको प्रहरीले जनाएको छ ।अभियुक्त भुजेललाई पोखरा महानगरपालिका वडा नं ६ डिकोपाटन वाट नगद रु नौ लाख सन्तानब्बे हजार पाँच सय रुपैँया र २ थान मोवाईल वरामद गरेको… पुरा पढौ

कास्की कांग्रेसका पुर्व सभापति कृष्ण केसी लगाएतका नेता कार्यकर्ता माथीको कार्वाही अबिलम्व फुकुवा गर्न माग गर्दै अनुशासन समितिलाई पत्राचार

पोखरा, ५ साउन । कास्कीमा ईमान्दार, स्वाभिमानी र विकासप्रेमी नेताको रुपमा आफ्नो पहिचान वनाएका नेपाली कांग्रेस कास्कीका पुर्व सभाापति कृष्ण केसी, पूर्व आमन्त्रित केन्द्रिय सदस्य कुमार खड्का र भावना श्रेष्ठ लगायतका नेता, कार्यकर्तामाथि गरिएको कारबाही प्रति तीव्र विरोध जनाउदै कास्कीका नेता, कार्यकर्ता तथा भातृसंगठनहरुले अविलम्व कार्वाही फुकुवाको माग गरेका छन् । पार्टीको एकता र सिद्धान्त जोगाउन निशर्त कार्वाही फुकुवा नगरे आगामी निर्वाचनमा कांग्रेस झन कमजोर वन्ने र विपक्षि वलियो हुनेभएकाले कास्की कांग्रेसले ठुलो क्षती वेहोर्नुपर्ने चेतावनी दिएका छन् । कांग्रेसका… पुरा पढौ

काँहुँ खोलाका वाढी आयो, वस्ती जोखिममा

पोखरा ४ साउन । लगातारको अविरल वर्षपछि पोखरा १३ काँहुँखोलामा आएको वाढीले खोला किनारका वस्ती उच्च जोखिममा परेका छन् । वाढी मानव वस्तीमा पसेपछि त्यहा रहेका घर टहराहरु डुवानमा परेका छन् । काँहुँ खोलामा आएको वाढी ढल्केपुल वरपरका वस्तीमा पसेको थियो ।वाढीवाट मानवीय क्षती नभएपनि ठुलो मात्रामा भौतीक क्षती हुन पुगेको छ । वर्षाका कारण खोलामा पानीको सतह वढेपछि स्थानीयवासि त्रसित भएका छन । क्षती न्युनिकरणका लागि वाढीप्रभावित क्षेत्रका वासिन्दालाई सुरक्षित स्थानमा सार्ने प्रयास स्थानीय सरकारले गरिरहेको छ ।बाढीका कारण… पुरा पढौ

एगा पोखराको २२ औं साधारणसभा विविध कार्यक्रमका साथ सम्पन्न

पोखरा । इम्ब्रोइडरी एण्ड गार्मेन्ट एसोसिएसन (एगा)पोखराको २२औँ साधारणसभा एक समारोहका बीच आज सम्पन्न भएको छ ।नेपाल पर्यटन बोर्डका सदस्य ऋषि भण्डारीले साधारणसभाको उद्घाटन गर्दे राज्यका निकायले राम्रोसँग ध्यान नदिँदा पर्यटन क्षेत्रमा निराशा छाएको बताउनुुभयो । मुलुकमा बनेका संरचनाले १५ लाख भन्दाबढी पर्यटन धान्ने सक्ने अवस्था नरहेको भन्दै उहाँले वर्षमा १०÷१२ लाख पर्यटकको मात्रै लक्ष्य राखेर मुलुकको पर्यटन अघि बढ्न नसक्ने जिकिर गर्नुभयो ।बैंक तथा वित्तीय संस्थाको अधिकांश लगानी पर्यटन क्षेत्रमै भएकोले अझै पनि ध्यान नदिने हो भने अबको केही… पुरा पढौ

फरार ८ सय ४ प्रतिवादी पक्राउ, उनीहरुवाट १० करोड १२ लाख रुपया जरिवाना असुल गरिने

पोखरा, ४ असार । जिल्ला प्रहरी कार्यालय कास्कीले विभिन्न मितिमा फरार रहेका ८ सय ४ जना फरार प्रतिवादीहरुलाई आर्थिक वर्ष २०८१÷ २०८२को एक वर्षे अवधिमा पक्राउ गर्न सफल भएको छ ।सम्मानित अदालतबाट विभिन्न मुद्दामा फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका ६सय ४ जना पुरुष र दुई सय जना महिला गरी ८०४ जना फरार प्रतिवादिहरुलाई पक्राउ गरी फैसला कार्यान्वयनको लागि सम्मानित अदालतमा वुझाएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । उनीहरुवाट ६१ वर्ष २ महिना १५ दिन… पुरा पढौ

कास्कीको लुम्ले र याङ्जाकोटमा भारी वर्षा मापन

पोखरा, ४ शाउन । मौषम पुर्वानुमान महाशाखाले गत २४ घण्टामा गण्डकी प्रदेशमा कास्कीको लुम्ले र याङजाकोटमा भारि वर्षा मापन भएको जनाएको छ ।खासगरी कास्कीको लुम्लेमा सबैभन्दा धेरै पानी परेको छ । लुम्लेमा गत २४ घण्टामा १६२.६ मिलिमिटर पानी परेको छ । याम्जाकोटमा १३४ मिलिमिटर वर्षा मापन भएको छ ।यो सँगै लमजुङका बुझुङ र खुदीबजार अनि पर्वतको पन्चासेमा पनि उच्च् खालको वर्षा भएको छ । नारायणी नदी बेसिन अन्तर्गत पर्वतको मोदी खोला नयाँपुल जल मापन केन्द्रमा बाढी आएको छ ।यसैगरी तनहुँको… पुरा पढौ

श्रीकृष्ण प्रणामी मन्दिरमा श्रीमदवीतक चर्चा संगै सुगर र मुटुरोगको निःशुल्क परिक्षण गरिने

पोखरा । पोखराको रत्चोकमा रहेको श्रीकृष्ण प्रणामी मन्दिरमा जारी एक महिने श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन जारी रहेको छ । श्रीमदवीतकको पाँचौ दिन सम्म आइपुग्दा भक्तजनहरुको उपस्थिती बढ्दै गएको छ । श्रीमदवीतकको छैठौं दिन सोमबार श्रीकृष्ण प्रणामी मन्दिर परिसरमा निःशुल्क स्वास्थ्य जाँचको आयोजना हुने भएको छ । महिला बिकासका लागि समाजको आयोजना र पोखरा महानगरको सहयोगमा शिविरमा विशेष गरी सुगर र मुटु सम्बन्धि परिक्षण गरिने श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल श्रीकृष्ण प्रणामी मन्दिर पोखराका अध्यक्ष मोहन प्रसाद ढकालले जानकारी… पुरा पढौ

पुर्व राष्ट्रपति भण्डारीको समर्थनमा लागेका एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलको पद नै धरापमा , वरिष्ठ उपाध्यक्षको ठाउमा सह अध्यक्ष राख्ने तयारी

पोखरा, ३ असार । पुर्व राष्ट्रपति विद्यादेवी भण्डारी पुन एमालेको राजनीतिमा फर्किएर सक्रियता वढाएपछि एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको पद नै धरापमा पर्ने भएको छ । एमालेले वरिष्ठ उपाध्यक्ष पद खारेज गर्ने गरी विधान संशोधनको तयारी गरेपछि पोखरेलको पद धरापमा परेको हो ।हालका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल एमालेमा फर्किएकी पूर्वराष्ट्रपति विद्या भण्डारीको पक्षमा खुलेर लागेपछि ओली उनीप्रति असन्तुष्ट छन् । उक्त संशोधनसहित विधान पारित भएमा वरिष्ठ उपाध्यक्ष पोखरेललाई सकस पर्ने देखिन्छ ।प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीकै चाहनामा… पुरा पढौ