पुर्व राष्ट्रपति भण्डारीको समर्थनमा लागेका एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलको पद नै धरापमा , वरिष्ठ उपाध्यक्षको ठाउमा सह अध्यक्ष राख्ने तयारी

-


     गण्डकी बहस     
     श्रावण ४ गते २०८२ मा प्रकाशित


पोखरा, ३ असार । पुर्व राष्ट्रपति विद्यादेवी भण्डारी पुन एमालेको राजनीतिमा फर्किएर सक्रियता वढाएपछि एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको पद नै धरापमा पर्ने भएको छ । एमालेले वरिष्ठ उपाध्यक्ष पद खारेज गर्ने गरी विधान संशोधनको तयारी गरेपछि पोखरेलको पद धरापमा परेको हो ।
हालका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल एमालेमा फर्किएकी पूर्वराष्ट्रपति विद्या भण्डारीको पक्षमा खुलेर लागेपछि ओली उनीप्रति असन्तुष्ट छन् । उक्त संशोधनसहित विधान पारित भएमा वरिष्ठ उपाध्यक्ष पोखरेललाई सकस पर्ने देखिन्छ ।
प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीकै चाहनामा उक्त संशोधन प्रस्ताव अघि बढाइएको एमालेका एक केन्द्रीय सदस्यले बताए । आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावारीमा हुने विधान महाधिवेशनबाट उक्त संशोधनसहित प्रस्ताव पारित गराउने गरी आन्तरिक गृहकार्य सुरु भइसकेको ती नेताले बताए ।
एमाले स्रोतका अनुसार पार्टीले वरिष्ठ उपाध्यक्ष पद खारेज गर्दै सहअध्यक्षको प्रस्ताव अघि सारेको छ। ११ औँ महाधिवेशनमा नेतृत्वको लिने रणनीतिसाथ सक्रियता बढाएकी पूर्वराष्ट्रपति विद्या भण्डारीको व्यवस्थापनको लागि सहअध्यक्षको प्रस्ताव अघि सार्ने तयारी गरेको हो ।