समाचार

एमाले गण्डकी प्रदेश कमिटीको चौथो पूर्ण बैठक पोखरामा सुरु

साउन१७,पोखरा। नेकपा एमाले गण्डकी प्रदेश कमिटीको चौथो पूर्ण बैठक पोखरामा सुरु भएको छ। बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेकपा ९एमाले० का महासचिव शंकर पोखरेलले २०८४ सालमा एकल बहुमतको सरकार बनाउने लक्ष्यसहित विधान संशोधन प्रस्ताव ल्याइएको जानकारी दिनुभयो। महासचिव पोखरेलले समृद्ध नेपाल र सुखी नेपालीको अभियानलाई सफल बनाउन मिसन र भिजनसहितको सबल नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै त्यसकै आधारमा संशोधन प्रस्ताव अघि सारिएको बताउनुभयो। उहाँले जनताले विश्वास गरिसकेको पार्टीलाई अब अत्यधिक बहुमतले स्वीकार्ने वातावरण बनाउन विशेष ध्यान दिन जरुरी रहेको धारणा… पुरा पढौ

व्यवसायीमैत्री प्रदेश निर्माणमा सरकार प्रतिबद्ध स् मन्त्री थापा

पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले व्यवसायीमैत्री प्रदेश निर्माणमा सरकार प्रतिबद्ध रहेको बताएका छन् । बुद्ध विशाल बजार व्यापारिक एशोसियसनको २७ औं वार्षिक साधारण सभा तथा १४ औं अधिवेशनमा उनले यस्तो बताएका हुन् ।“उद्योगी व्यवसायीहरूका लागि लगानीमैत्री वातावरण सिर्जना गर्नु हाम्रो प्राथमिकता हो”, उनले भने । मन्त्री थापाले उद्योगी व्यवसायीहरूलाई भरोसा र आधारका रूपमा परिभाषित गर्दै प्रदेश सरकारले गरेका प्रयासहरूको अपेक्षित प्रचारप्रसार नहुँदा जनचेतनामा ती काम ओझेलमा परेको स्पष्ट गरे ।उनका अनुसार… पुरा पढौ

एन प्याव्सनको हाजिरीजवाफ प्रतियोगितामा अञ्जुली प्रथम

पोखरा । नेशनल प्याव्सन कास्कीले आयोजना गरेको हाजिरीजवाफ प्रतियोगितामा बगर टुडिखेलमा अवस्थित अञ्जुली आवासीय माध्यामिक विद्यालय प्रथम भएको छ । नेशनल प्याव्सन कास्कीले संस्थामा आवद्ध विद्यालयहरुवीच आयोजना गरेको १९ एन प्याव्सन हाजिरीजावफ प्रतियोगितामा अञ्जुली प्रथम भएको हो । प्रतियोगितामा डायमण्ड मोडल स्कुल दोस्रो, श्री रत्न ज्योति मावि तृतीय, कास्की मोडर्नाइज्ड एकेडेमी सान्त्वना, त्रिवेणी पब्लिक मावि पाँचौ र विरेन्द्र मेमोरियल इङ्लिस बोर्डिङ स्कुल छैटौं भए । विजय विद्यार्थीलाई नेशनल प्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारी, उपाध्यक्ष मनकाजी गुरुङले पुरस्कार वितरण गरेका थिए… पुरा पढौ

पोखरामा पहिलो पटक आरयु फेष्ट

पोखरा, १५ श्रावण । पोखरामा पहिलो पटक आरयु फेष्ट हुने भएको छ । पोखराहानगरपालिकासँगको सहकार्यमा कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोगको आर्थिक सहयोग तथा संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम युएनडिपी को प्राविधिक सहयोगमा पोखरामा सञ्चालित रिसाइक्लिङ र अपसाइक्लिङ मार्फत हरित रोजगारी सिर्जना परियोजना आरयु फेष्ट गर्न लागिएको हो । यही श्रावण १६ र १७ गते बुलौदी स्थित पोखरा इभेन्ट सेन्टरमा फोहोरलाई खजना ९मोहोर० बनाउने मुलमन्त्र सहित यो फेस्टिभल आयोजना गरिएको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताउनुभयो । बिहीबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा… पुरा पढौ

भौतिक मन्त्रालयको प्रगति ७९ प्रतिशत

पोखरा, १५ साउन । गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था कार्यालयले गएको वर्ष चार वर्ष यताकै उच्च प्रगति हाँसिल गरेको छ । आर्थिक वर्ष २०८१÷८२ मा ८० प्रतिशत प्रगति गर्ने लक्ष्य लिइएकोमा ७९.५ प्रतिशत भौतिक प्रगति भएको हो । मन्त्रालयको वित्तीय प्रगति ७६.५२ प्रतिशत छ ।बिहीबार पोखरामा भएको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठक तथा वार्षिक प्रगति समीक्षामा यस्तो जानकारी दिइएको हो । भौतिक मन्त्री प्रकाशबहादुर केसीले गएको वर्ष… पुरा पढौ

पोखराको ‘बगैँचा रिसोर्ट एण्ड स्पा’ संचालनमा, परराष्ट्रमन्त्री आरजु राणा देउवाद्वारा उदघाटन

पोखरा । पोखराको लेकसाइडमा आधुनिकता, परम्परा र प्रकृतिको समिश्रणका साथ निर्मित बगैँचा रिसोर्ट एण्ड स्पाको भव्य उद्घाटन गरिएको छ । अंशुभरा ग्रुपद्वारा प्रवद्र्धित यो पर्यावरणमैत्री लक्जरी रिसोर्टको उद्घाटन नेपाल सरकारकी परराष्ट्रमन्त्री माननीय डा। आरजु राणा देउवाले गरेकी हुन् ।उनले दीगो पर्यटन, स्थानीय उत्पादनको प्रयोग र सामाजिक उत्तरदायित्वमा आधारित उद्यमहरू देशको भविष्य निर्माणमा महत्वपूर्ण बन्ने उल्लेख गरिन्। उनले पछिल्लो पुस्ताले व्यवसायमा देखाएको सक्रियता प्रशंसायोग्य भएको बताउँदै देशमै अवसर र सम्भावनाको खोज गर्न आग्रह गरिन् ।“अहिलेको जेनेरेसन व्यवसायमा लागिरहेको देख्दा खुशी लाग्छ… पुरा पढौ

लागू औषध सहित २ जना पक्राउ

पोखरा,१२ साउन । प्रहरीले लागू औषध सहित दुई जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा पोखरा ७ धारापानि वस्ने नुवाकोट बिदुर नगरपालिका वडा नं।९ स्थायी घर भएका ३१ वर्षका रवि मिजार र पोखरा ७ वस्ने वर्ष २० को भुपेन्द्र बि।क। रहेका छन् ।उनिहरुको घरकोठा खानतलासी गर्दा लुकाई छिपाई राखेको लागू औषध ब्रुफिनर्फिन ४६ एम्पुल, डाईजापाम ४६ एम्पुल र फेनेरागन ४७ एम्पुल गरी जम्मा १३९ एम्पुल लागू औषध र १ थान मोवाईल बरामद गरेको प्रहरीले जनाएको छ ।लागू औषधको कारोवारि रहेका उनिहरुलाई… पुरा पढौ

मलेसियाली ईभी प्रोटोनको सोरुम पोखरामा

पोखरा, १३ साउन । देशभर विद्युतीय सवारी (ईभी) को प्रयोगलाई तीव्र पार्ने क्रममा प्रोटोनले आफ्नो तेस्रो सोरुम सोमबारदेखि पोखरामा सञ्चालनमा ल्याएको छ । नेपालका लागि प्रोटोन ईभीको आधिकारिक वितरक जगदम्बा मोटर्सले काठमाडौं बाहिर पहिलोपल्ट पोखराको बुद्धचोकमा सोरुम स्थापना गरेको हो । सोरुममा प्रोटोनको प्रमुख विद्युतीय सवारी साधन प्रोटोन एसयूभी ईमास ७ बिक्रीका लागि राखिएको छ । काठमाडौंको नक्साल र थापाथलीपछि यो तेस्रो सोरुम हो । उक्त अवसरमा प्रोटोनले सम्भावित ग्राहकका लागि टेस्ट ड्राइभ दर्ता, व्यक्तिगत परामर्श, सजिलो फाइनान्स र सरकारी… पुरा पढौ

एक हप्ताको चीन भ्रमण पछि मुख्य मन्त्री पाण्डे पोखरा फिर्ता

पोखरा, १२ साउन । गण्डकी प्रदेशका माननीय मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेज्यू एक हप्ताको चीन भ्रमण सम्पन्न गरी आज पोखरा फर्कनुभएको छ । नेपाल चीन कुटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्ष प्रवेशको अवसरमा तिब्बत सरकारद्वारा आयोजित कार्यक्रममा सहभागी भएर उहाँ पोखरा फर्कनुभएको हो ।भ्रमणका क्रममा उहाँले तिब्बत स्वायत्त क्षेत्रका लागि सिपिसीका महासचिव महामहिम ध्बलन श्जगलनवगल सँग भेट गर्नुभयो । भेटका क्रममा मुख्यमन्त्रीज्यूले गण्डकी प्रदेश र तिब्बतसँग जोडिएको कोरला नाका नियमित संचालन गरी दुई देशबिचको व्यापार, पर्यटन प्रर्वद्धनका लागि सहकार्यको प्रस्ताव गर्नुभयो… पुरा पढौ

पोखराका युवाहरु बिच सडक सुरक्षा सम्बन्धी दुई दिने वर्कशप सम्पन्न

पाेखरा,१२ साउन । पोखराका युवाहरु बिच सडक सुरक्षा सम्बन्धी दुई दिने वर्कशप सम्पन्न भएको छ । क्यापासिटी बिल्डिङ वर्कशप अन युथ फर रोड सेफ्टी नामक सो वर्कशप गत शुक्रबार र शनिबार सम्पन्न भएको हो । युथ फर रोड सेफ्टी इन नेपाल अभियानको संयोजन र गण्डकी अटोमोबाइल्स एसोसिएसनको आयोजनामा सम्पन्न सो वर्कशपमा ५० भन्दा बढी युवाहरु सहभागी भएका थिए । उनीहरु इन्जिनियरिङ, पर्यटन, स्पोर्ट्स, कानुन लगायतका क्षेत्रमा संलग्न रहेका थिए । गण्डकी अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष शिव श्रेष्ठद्वारा शुभारम्भ गरिएको सो वर्कशपमा… पुरा पढौ