समाचार

लायन्स क्लब पोखरा नर्थद्धारा कापी कपल वितरण

पोखरा, २९ फागुन । लायन्स क्लब अफ पोखरा नर्थले अस्तामको भुमेश्वर आधारभूत विद्यालयमा कापी कलम वितरण गरेको छ ।माछापुच्छ्रे गाउँ पालिका वडा नं. ६ धिताल स्थित अस्ताममा रहेको उक्त विद्यालयका ४० जान विद्यार्थीलाई कापी कलम वितरण गरेको लायन्स क्लब अफ पोखरा नर्थका अध्यक्ष विजयराज तिमिल्सिनाले जानकारी दिए ।कार्यक्रममा प्रमुख अतिथि लायन्स क्लब ३२५ वि वानका जोन चियरपर्सन केशवशरण पौडेल मिडिया संयोजक प्रकाशचन्द्र सापकोटा, लायन्स क्लब अफ पोखरा नर्थका अध्यक्ष विजयराज तिमिल्सिना तृतीय उपाध्यक्ष रामप्रसाद अधिकारी, सचिव हरिप्रसाद त्रिपाठी, सदस्य विनोदराज… पुरा पढौ

गण्डकीका कानून मन्त्री थापाको सहयोगमा निशुल्क स्वास्थ्य शिविर

पोखरा, २९ फागुन ।गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाको आर्थिक सहयोगमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । पोखरा महानगरपालिका वडा नं ११ रानीपौवा स्थित मागदर्शन महिला समूहले आयोजना गरेको महिलाहरुको स्तन क्यान्सर तथा पाठेघरको मुखको क्यान्सर सम्बन्धि परिक्षण सम्पन्न भएको हो । कार्यक्रमबाट १६१ जनाले सेवा लिएका छन् ।मन्त्री थापाले गण्डकी प्रदेश सभा सदस्य (सांसद) हुँदादेखि नै आफुले पाउने तलब, भत्ता बापतको रकम विभिन्न सामाजिक कार्यमा खर्च गर्दै आउनुभएको छ । मन्त्री… पुरा पढौ

लेखनाथ महोत्सवको चौथो दिनसम्म दुई करोडको कारोबार, ७० हजार दर्शकद्धारा अवलोकन

लेखनाथ/फागुन २९लेखनाथमा जारी १७ औं संस्करणको लेखनाथ महोत्सवमा आइतबारसम्म दुई करोड रुपैयाको कारोबार भएको छ । महोत्सवको चौथोदिनसम्म आइपुग्दा ७० हजार दर्शकले अवलोकन गरेको प्रचार प्रसार उपसमितिका संयोजक गोपीचन्द्र बास्तोलाले जानकारी दिए ।महोत्सवमा आउने दर्शकहरु विभिन्न स्टलमा राखिएका सामाग्रीहरु खरिद गर्न झुम्मिने गरेका छन् । खानाका विभिन्न परिकारका लागि रेष्टुरेण्ट र बालबालिकाको मनोरञ्जनका सामाग्रीहरुमा समेत दर्शकहरुको चाप देखिने गरेको छ ।महोत्सवमा स्थानीय उत्पादन तर्फ दैनिक दुई सय केजी माछा विक्री भएको कृषी उपसमितिका संयोजक दयाराम तिवारीले जानकारी दिए । महोत्सवमा… पुरा पढौ

राष्ट्रिय मानव अधिकार आयोग नै देशको वद्नाम गराउन सक्रिय रहेको छ – एमाले अध्यक्ष ओली

फागुन २३ पोखरा । नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानीक आयोगका रुपमा रहेको राष्ट्रिय मानव अधिकार आयोग नै देशको वद्नाम गराउन सक्रिय रहेको वताएका छन् । एमाले निकट राष्ट्रिय माानव अधिकार तथा सामाजिक न्यायमञ्च नेपाल ( मानवअधिकार एलायन्स) को पाँचौ राष्ट्रिय महाधिवेशनको सोमवार पोखरामा उद्घाटन गर्दै अध्यक्ष ओलीले आफ्नो नेतृत्वको सरकार रहेका वेला जेनेभामा भएको मानव अधिकार सम्मेलनमा दक्षीणपन्थी अवसरवादलाई सहयोग पुग्नेगरी यथार्थ भन्दा वाहिर गएर आयोगले सरकारका विरुद्धमा वोलेको वताए । ‘सवैभन्दा वलीयो राज्य हुन्छ,… पुरा पढौ

दमौलीमा ठुलो आगलागि, आगोनिभाउन काठमाडौंबाट हेलिकप्टर, पोखराबाट दमकल

पोखरा, २२ फागुन/ दमौली बजारस्थित र्भाेलेटार चोकको पसलमा भीषण आगलागी भएको छ । ब्यास नगरपालिका ४ स्थित र्भाेलेटार चोकमा रहेको भूपाल हार्डवयर पसलमा बिहान १० बजेतिर लागेको आगो अझैं नियन्त्रणमा आउन सकेको छैन । अन्य दुई घरमा पनि आगो सरेको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी तनहुँका अनुसार आगो नियन्त्रणको प्रयास भइरहेको छ । अहिले प्रहरी र स्थानीय आगो नियन्त्रणमा जुटेका छन् । आगो नियन्त्रणका लागि दमौलीमा रहेको एउटा दमकल र चारवटा पानी ट्यांकरको प्रयोग गरिएको छ । स्थानीय… पुरा पढौ

प्रेस चौतारी नेपाल गण्डकी प्रदेशको अधिवेशनमा १७ जना सम्मानीत

पोखरा, १९फागुन ।प्रेस चौतारी नेपाल गण्डकी प्रदेश कमिटीले आफ्नो पहिलो अधिवेशनमा १७ जना अग्रजलाई सम्मान गरेको छ । यसरी सम्मानति हुनेमा गण्डकी प्रदेशका ११ जिल्लाका संस्थापक अध्यक्ष एवं पदाधिकारी र पुर्व तथा वर्तमान केन्द्रिय पदाधिकारी रहेका छन् ।वर्तमान केन्द्रिय उपाध्यक्ष गणेश पाण्डे, गण्डकी प्रदेश इन्चार्ज रामकृष्ण शर्मा, सह–इन्चार्ज श्यामनाथ कुँवर, केन्द्रिय पूर्व वरिष्ठ उपाध्यक्ष दुर्गाप्रसाद शर्मा, पूर्व उपाध्यक्ष शान्ती गुरुङ, पुर्व सचिव दुर्गा भण्डारी, कास्कीका संस्थापक अध्यक्ष पुण्य पौडेल, तनहुँका संस्थापक अध्यक्ष तारानाथ शर्मा, बागलुङका संस्थापक अध्यक्ष गोविन्द नेपाली, म्याग्दीका… पुरा पढौ

महाशिवरात्रि पर्व देशभर धूमधामका साथ मनाईदै

फागुन १७ पोखरा । महाशिवरात्रि पर्व आज देशभर धुमधामका साथ मनाईएको छ । राष्ट्रिय सांस्कृतिक पर्वको रुपमा रहेको आजको दिन वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूले नदी, कुण्ड र तलाउमा स्नानगरी शिवालयमा गई श्रद्धा भक्तिपुर्वक पुजा आराधाना गर्ने गर्दछन । शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको शिवरात्रि पर्वमा आराध्यदेव भगवान शिवको पूजा आरधाना गर्नाले वर्तमानमा सुख, शान्ति र परलोकमा सद्गति प्राप्त हुने धार्मीक मान्यता रहि आएको छ । श्रद्धालु भक्तजनले दिनभर शुद्ध भई शिवमन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको… पुरा पढौ

मुख्यमन्त्री–बेलायती राजदूत भेट, दीगो विकास र पर्यटन प्रवद्र्धनमा जोड

पोखरा, १० फागुन/ गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र नेपालका लागि संयुक्त अधिराज्य (बेलायत) का राजदूत निकोला क्याथरिन पोलिटबीच औपचारिक भेटवार्ता भएको छ । मुख्यमन्त्री कार्यालयमै उहाँहरुबीच सोमबार भेट भएको हो । संयुक्त अधिराज्यले नेपालको विकास र समृद्धिमा निरन्तर गर्दै आएकोे सहयोगको प्रशंसा गर्दै मुख्यमन्त्री पोखरेलले २ देशबीचको दौत्य सम्बन्ध निकै पुरानो भएको स्मरण गरे । उनले गण्डकी प्रदेशमा बेलायत सरकारबाट जलवायु परिवर्तन अनुकूलन, लघुउद्यम प्रवद्र्धन र आयआर्जन, स्वास्थ्य, पर्यटन, प्रदेश र स्थानीय तहको सुशासन र क्षमता विकास जस्ता… पुरा पढौ

पोखरामा भिषण असिनापानी, मुख्य बजारमा यातायात ठप्प (भिडियो सहित)

पोखरा, ८ फागुन/ पोखरामा इतिहासकै बाक्लो र धेरै असिना परेको छ । असिना पानीले पोखराको सडक केहिवेर अवरुद्ध भएको थियो । पोखराको न्यूरोड, चिप्लेढुंगा, बगर, अमंरसिह चोक, रानिपैवा भागमा असिनाले सडकनै छोपीएको थियो । सडमा परेको असिना हटाउन डोजरको समेत प्रयोग गरिएको थियो । असिनाले गुडिरहेका सवारी साधन रोकिएका थिए । सडकमा व्यापार गरेर बसेका मानिसहरु बिचल्लीमा परेका थिए ।पोखरामा बिहानैदेखि मौसम अध्यारो भएपनि यति धेरै असिना पानी आउने आकलन गरीएको थिएन । असिनाले जनजीवन साथै व्यापार व्यसाय प्रभावित परेको… पुरा पढौ

पोखरा म्याराथनको उपाधि केन्याली धावकलाई

पोखरा म्याराथनको उपाधि केन्याली धावकलाई
पोखरा, ७ फागुन/ १६ औं सफल पोखरा अन्तराष्ट्रिय म्याराथनको उपाधि केन्याली धावक स्टेफन कोसगेईले जितेका छन् । महिला तर्फको उपाधि भने नेपाल प्रहरीकी राजपुरा प्रसाँईले उपाधि रक्षा गरेकी छन् । नेपालमा पहिलो पटक सहभागिता जनाएका केन्याली धावक कोसगेईले १६ औं संस्करणको सफल पोखरा अन्तराष्ट्रिय म्याराथनको किर्तिमान बनाउँदै उपाधि आफनो बनाएका हुन् । उनी पोखरा म्याराथन जित्ने दोस्रो धावक हुन् । १५ औं संस्करणमा जापानीज धावकले उपाधि जितेका छन् । केन्याली धावक कोसगेईले २ घण्टा १९ मिनेट ४३ सेकेण्डमा पुरा गर्दै… पुरा पढौ