शिक्षा

पोखराको शिवशक्ति माविमा विद्यार्थी र अभिभावकको आकर्षण वढाउन आचारसंहिता जारी

पोखरा ४ बैशाख । पोखरा महानगरमा रहेको एक सरकारी विद्यालयले शैक्षिक अवस्था सुधार गर्न आचार संहिता नै जारी गरेको छ । पोखरा ११ फूलवारीमा रहेको शिवशक्ति माध्यमिक विद्यालयमा शिक्षक, कर्मचारी र विद्यालय व्यवस्थापन समितिको संयुक्त बैठकले विद्यार्थीको शैक्षिक अवस्थालाई सुधार गर्नका लागि २१ बुँदे आचारसंहिता सर्वसम्मतले पारित गरेको हो । आचारसंहिताको पालनाले विद्यालय प्रति विद्यार्थी तथा अभिभावकको आर्कषण बढ्ने मात्र नभएर विद्यालयको शैक्षिक स्तरमा थप सुधार हुने विश्वास विद्यालयले गरेको छ ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दामोदर बाँस्तोलाको अध्यक्षतामा बसेको बैठकमा… पुरा पढौ

सम्वृद्धी शहकारीको स्थापना दिवसमा विद्यालयलाई स्टेशनरी र डस्टवीन वितरण

पोखरा, ३ फागुन । सम्वृद्धी वचत तथा ऋण शहकारी सस्था लिमिटेडले पोखरा २७ अर्चलेमा रहेको कविशिरोमणी लेखनाथ आधारभुत विद्यालयका विद्यार्थीलाई झोला, स्टेसनरी सामाग्री वितरण गरेको छ ।शहरकारीले आफ्नो सातौ वार्षिकोत्वको अवसरमा विहिवार एक समारोहको आयोजना गरी विद्यालयमा उक्त सामाग्रीका साथै कविशिरोमणी लेखनाथ जन्मस्थल विकास समितिलाई डष्टविन वितरण गरेको हो ।लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयले विद्यार्थीलाई उक्त सामाग्री प्रदान गर्दै कविशिरोमणी लेखनाथ पौडेलको सम्मानमा जन्मस्थलको विकासका लागी लेखनाथ उद्योग वाणिज्य संघ सधै लागिरहने वताए । उनलेनेपाल उद्योग वाणिज्य महासंघका… पुरा पढौ

लायन्स क्लब पोखरा नर्थद्धारा कापी कपल वितरण

पोखरा, २९ फागुन । लायन्स क्लब अफ पोखरा नर्थले अस्तामको भुमेश्वर आधारभूत विद्यालयमा कापी कलम वितरण गरेको छ ।माछापुच्छ्रे गाउँ पालिका वडा नं. ६ धिताल स्थित अस्ताममा रहेको उक्त विद्यालयका ४० जान विद्यार्थीलाई कापी कलम वितरण गरेको लायन्स क्लब अफ पोखरा नर्थका अध्यक्ष विजयराज तिमिल्सिनाले जानकारी दिए ।कार्यक्रममा प्रमुख अतिथि लायन्स क्लब ३२५ वि वानका जोन चियरपर्सन केशवशरण पौडेल मिडिया संयोजक प्रकाशचन्द्र सापकोटा, लायन्स क्लब अफ पोखरा नर्थका अध्यक्ष विजयराज तिमिल्सिना तृतीय उपाध्यक्ष रामप्रसाद अधिकारी, सचिव हरिप्रसाद त्रिपाठी, सदस्य विनोदराज… पुरा पढौ

काइण्डनेस क्लब मदरल्याण्डद्धारा प्रिन्सा रेग्मीलाई सम्मान

पोखरा, २२ फागुन/ काइण्डनेस क्लब मदरल्याण्ड बोडिङ स्कुल पोखराको दोस्रो वर्षमा प्रदेश गरेको अवसरमा सम्मान कार्यक्रम गरेको छ । क्लबले पोखराकी समाजसेवी बालिका प्रिन्सा रेग्मीलाई सम्मान गरेको छ । सानै उमेरमा समाज सेवामा सक्रिय रेग्मीलाई क्लबले नगद १० हजार, दोसल्ला र सम्मानपत्रले सम्मान गरेको हो । कोरोना भाइरस महामारीको बेला निःशुल्क माक्स वितरण, खाद्यन्न वितरण, स्वास्थय सामग्री वितरण, कापी किताब वितरण लगाएतका विभिन्न समाज सेवाको काम गर्दै आएकी छन् । सोही अवसरमा काइण्डनेस क्लबले प्रदान गर्ने काइण्डनेस टिचरको अवार्डबाट नुरमाया… पुरा पढौ

गण्डकी बहुप्राविधिक शिक्षालयको ११ करोड ४२ लाख लागत भवन बन्दै

पोखरा, ७ फागुन/पोखरा महानगरपालिकाद्वारा सञ्चालित गण्डकी बहुप्राविधिक शिक्षालयको आफ्नै स्थायी संरचना बन्ने भएको छ । पोखरा २९ खल्याणस्थित शिक्षालयको नयाँ भवन निर्माणका लागि शनिबार मेयर मानबहादुर जिसी, संघीय सांसद तथा पूर्वगृहमन्त्री खगराज अधिकारी र प्रदेश सांसद दीपक कोइरालाले संयुक्त रुपमा शिलान्यास गरेका हुन् । आउँदो वर्षको फागुन २९ गतेसम्म निर्माण सक्ने गरी भूमि इन्फास्ट्रक्चर प्रालिले ठेक्का लिएको छ । उक्त कम्पनीले ११ करोड ४२ लाख रुपैयाँमा योजना सम्पन्न गर्ने गरी जिम्मा लिएको महानगरका इन्जिनियर लक्ष्मीप्रसाद गौतमले जानकारी दिए । भवन… पुरा पढौ

एसईई परीक्षाको बैशाख ९ गते देखी (तालिका सहित)

पोखरा, २७ माघ/ २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) बैशाख ९ गते देखी हुनेभएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले सार्वजनिक गरेको तालिका अनुसार वैशाख ९ गते शुक्रबार अनिवार्य अंग्रेजी विषयको परीक्षा हुने छ । सोही दिन वेदविद्याश्रम तर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको परीक्षा हुने छ । वैशाख ११ गते अनिवार्य गणित, १२ गते अनिवार्य नेपाली, १३ गते अनिवार्य विज्ञान परीक्षा हुने छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका अनुसार परीक्षा वैशाख ९ गतेदेखि सुरु भएर वैशाख २० गते सकिने… पुरा पढौ

पोखरा विश्वविद्यालयका परीक्षा स्थगित

पोखरा, १० माघ/ कोरोनाका कारण पोखरा विश्वविद्यालयले माघ समान्तसम्म पूर्वनिर्धारित सबै परीक्षाहरु अनिश्चितकालका लागि स्थगित गर्ने निर्णय गरेको छ । विश्वविद्यालयको परीक्षा समितिको सोमबार बसेको बैठकले माघ १० गते देखी नै लागू हुने गरी परीक्षाहरु स्थगित गर्ने निर्णय गरेको हो । कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनलाई मध्यनजर गर्दै पोखरा विश्वविद्यालय अन्तर्गत माघ मसान्तसम्म सञ्चालन हुने पूर्व निधारित वार्षिक तथा सेमेष्टर प्रणालीका सम्पूर्ण परीक्षाहरु अर्को सूचना प्रकाशन नभइन्जेलसम्मका लागि स्थगित गरिएको विज्ञप्ती परीक्षा नियन्त्रक प्रा. तुलसीराम भण्डारीले जारी गरेका छन् । पुरा पढौ

विद्यालय पुनः निर्माणका लागि एक अर्ब ३३ करोड अपुग

विनाशकारी भूकम्पबाट क्षतिग्रस्त ३१ जिल्लाका सामुदायिक विद्यालय पुनःनिर्माण गर्न एक अर्ब ३३ करोड ६० लाख रकम अपुग हुने भएको छ । गत आर्थिक वर्षमा सम्झौता भएर सम्पन्न हुने प्रक्रियामा रहेका पुनःनिर्माणका लागि रकम अपुग भएको केन्द्रीय आयोजना कार्यान्वयन एकाइका अधिकारीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई आज ब्रिफिङ गरेका छन् । मन्त्री पौडेललाई बुझाइएको विवरण अनुसार हालसम्म विद्यालय व्यवस्थापन समितिमार्फत पाँच हजार ५६४, निर्माण व्यवसायीमार्फत ३७७, गैरसरकारी संस्थाबाट ७०३ गरी छ हजार ६४७ विद्यालय पुनःनिर्माण भएका छन् । विद्यालय व्यवस्थापन… पुरा पढौ

सीटीईभीटीलाई गाउँ–गाउँमा लैजानुपर्छ : शिक्षा मन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्​ (सीटीईभीटी)लाई विकट ठाउँमा लैजानुपर्ने बताएका छन् । मंगलबार सीटीईभीटी कार्यरत कर्मचारीसँगको छलफलमा मन्त्री पौडेलले प्राविधिक शिक्षातर्फ नागरिकको पहुँच विस्तार गर्न सीटीईभीटीलाई गाउँ गाउँमा लैजानुपर्ने बताए । उनले भने, ‘सीटीईभीटी भनेको शिक्षा मन्त्रालय मातहतको हो । जहाँ गरिबी छ त्यहाँ लगेर रोजगारमुलक दक्ष जनशक्ति उत्पादन गर्न आवश्यक छ ।’ उनले यस कार्यमा मन्त्रालयले आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । आंशिक रुपमा उत्पादनसँग जोडिएकाले प्राविधिक शिक्षालाई जनतासँग जोड्नुपर्ने उनको… पुरा पढौ

शिक्षक सेवा आयोगको नियमावली संशोधन प्रक्रियामा लैजाने कार्य सुरु

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षक सेवा आयोगको नियमावली संशोधन प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव, सहसचिव, शिक्षा तथा मानवस्रोत विकास केन्द्रका महानिर्देशक र शिक्षकसेवा आयोगका पदाधिकारीहरुसँग मंगलबार मन्त्रालयमा भएको छलफलमा शिक्षामन्त्री पौडेलले आयोग नियमावली संशोधन प्रक्रियामा लैजान निर्देशन दिएका हुन्। आयोगमा पदाधिकारी नियुक्त भएसँगै वार्षिक कार्यतालिका बनाए पनि नियमावली संशोधन नहुँदा आयोगको वार्षिक कार्यतालिका नै प्रभावित भएको छ। त्यसैले नियमावली संशोधन गर्न मन्त्रीले चासो देखाएका हुन्। शिक्षामन्त्री पौडेलले आयोगको गतिविधि अघि बढाउन… पुरा पढौ