शिक्षा

दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने

पोखरा । अध्ययन केन्द्रका साथै सिकाईका विविध पाटालाई समेटेको पोखरा महानगरपालिका वडा नं २९ मा रहेको दीपशिखा सामुदायिक पुस्तकालयमा यस वर्ष टेक एज युथ परियोजना सञ्चालन गरिने भएको छ ।रिड नेपाल अन्र्तगतको टेक एज युथ परियोजना र दीपशिखा सामुदायिक पुस्तकालय बिच परियोजना सञ्चालन गर्ने सम्बन्धमा सम्झौता पत्रमा विहिवार हस्ताक्षर सम्पन्न भएकाले परियोजना सञ्चालन हुने भएको हो ।पुस्तकालयको सभाहलमा आयोजित एक कार्यक्रमका बिच पुस्तकालयका तर्फबाट अध्यक्ष कृष्णहरि भण्डारी र परियोजनाका तर्फबाट रिड नेपालकी कार्यक्रम संयोजक भाग्यश्री विष्टको उपस्थितिमा हस्ताक्षर गरिएको हो… पुरा पढौ

पोखरा २६ का तीन सामुदायिक विद्यालयमा बुक फ्रि डे शुरु

लेखनाथ २२ जेठ । पोखरा महानगरपालिका वडा नं. २६ ले तीन वटा सामुदायिक विद्यालयमा बिहिबार देखी वुक फ्रि डे कार्यक्रम शुभारंभ गरेको छ ।वडाका रामज्योति सक्नेरी, भवानी कालिका विजयपुर र लक्ष्मी मा.वि अर्घौमा बुक फ्रि डे कार्यक्रम शुरु भएको हो ।बुक फ्रि डे को शुभारंभ गर्दै वडा अध्यक्ष नरेन्द्र थापाले सामुदायिक विद्यालयका विद्यार्थीलाई हप्तामा एक दिन व्यवहारिक ज्ञान र शिपमुलक तालिम दिईने उल्लेख गर्नु भयो । एक दिन किताबको बोझबाट विद्यार्थीलाई टाढा राखेर सिर्जनशिल बनाउने गरी कार्यक्रम तयार पारिएको स्पष्ट… पुरा पढौ

विद्यालय सुधारका लागी अभिभावक सचेतना कार्यक्रम

पोखरा । पोखरा महानगरपालिका, वडा नम्बर ३३, आँपुभन्ज्याङस्थित कालिका माध्यमिक विद्यालयले अभिभावक भेला आयोजना गरी विद्यालय सुधारका लागी अभिभावक सचेतना सम्वन्धी छलफल चलाएको छ । शिक्षक अभिभावक सङ्घका अध्यक्ष लालकाजी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक रुपिन्द्र प्रभावी जोशीले अभिभावक शिक्षासम्बन्धी सहजीकरण गरेका थिए । उनले विद्यार्थीको पढाइ राम्रो बनाउन अभिभावकले पनि केही त्याग गर्नुपर्ने बताए । आफ्ना बालबालिकालाई पढ्नका लागि वातावरण निर्माण गर्दै निरन्तर विद्यालयको सम्पर्कमा रहन उनले अभिभावकलाई सुझाव दिए । विद्यालय, अभिभावक र विद्यार्थीबिचको त्रिपक्षीय सम्बन्ध सुमधुर हुन… पुरा पढौ

त्रिवेणी इन्टरनेशनल कलेजको पूर्व विद्यार्थी अध्यक्षमा पाण्डे

लेखनाथ १८ जेठ । त्रिवेणी इन्टरनेशनल कलेज पोखरा २७ का पूर्व विद्यार्थीहरुको संस्था त्रिवेणी इन्टरनेशनल कलेज एलुम्नाई एसोसियशनको अध्यक्षमा असिम पाण्डे निर्वाचित भएका छन् ।एशोसियशनको शनिवार सम्पन्न तेश्रो साधारण सभा एवं दोश्रो अधिवेशनले पाण्डेको नेतृत्वमा ९ सदस्यीय कार्यसमितिको चयन गरेको हो ।समितिको उपाध्यक्षमा सर्बेन्द्र न्यौपाने, सचिव सृजना अधिकारी, सहसचिव सुजन आचार्य र कोषाध्यक्षमा पबिन गौतम निर्वाचित भएका छन् । यसै गरी समितिको सदस्यमा सचिन रानाभाट ‘बलराम’, श्रृष्टी तिवारी, सलिना घिमिरे र सिम्रन रेग्मी निर्वाचित भएका छन् ।यस अघि अधिवेशनको उद्घाटन… पुरा पढौ

एसओएस गण्डकीमा पुरस्कार वितरण, मानवीय विकासका लागी शिक्षा, स्वास्थ्यमा लगानी वढाउन आवश्यक – वडाध्यक्ष वानीया

पोखरा, १५ जेठ । एसओस हर्मन जिमाईनर गण्डकीले शैक्षिक सत्र २०८१ मा उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीलाई एक समारोहका वीच पुरस्कृत गरेको छ । कक्षागत रुपमा प्रथम, द्धित्तिय र तृतीय हुने विद्यार्थीलाई मात्र पुरस्कृत गर्दा सिमित विद्यार्थीमात्र पुरस्कृत हुने भएकाले विद्यालयले विषयगत रुपमा उत्कृष्ट अंक प्राप्त गर्ने कक्षा नर्सरी देखी नौ सम्मका एक सय ७० जना विद्यार्थीलाई पुरस्कृत गरेको हो । पोखरा महानगरपालिका शिक्षा समितिका सदस्य एवं वडा नं १५ का वडाध्यक्ष तोरण वहादुर वानिया, एसओस वालग्राम गण्डकीका योजना निर्देशक… पुरा पढौ

लक्ष्मी आदर्श माविले मनायो ५७ औं वार्षिकोत्सव

पोखरा । पोखरा महानगरपालिका वडा नं २७ को शिसुवामा रहेको लक्ष्मी आदर्श माविले सोमवार ५७ औं वार्षिकोत्सव एवम् छात्रवृत्ति तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयका पूर्व विद्यार्थी समेत रहेका गण्डकी विश्वविद्यालयका कुलपति प्राध्पापक डा. इन्द्रप्रसाद तिवारीले कार्यक्रम उद्घाटन गर्दै विद्यालयको उत्तरोत्तर प्रगतिको कामना गरे । तिवारीले शैक्षिक सुधारका कार्यक्रममा गण्डकी विश्वविद्यालय सहकार्य गर्न तयार रहेको वताए । वडा नं.२७ का वडा अध्यक्ष पूर्णकमार गुरुङले राज्यले शिक्षाको क्षेत्रमा गरेको ठुलो लगानीको सही रुपमा सदुपयोग गरेर ब्यवहारिक र प्रयोगात्मक… पुरा पढौ

गण्डकी विश्वविद्यालयका कुलपति तिवारीलाई त्रिवेणीको स्वागत

लेखनाथ ÷बैशाख २२ । त्रिवेणी इन्दरनेशनल कलेज पोखरा २७ ले गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा. इन्द्रप्रसाद तिवारीको सम्मानमा सोमबार स्वागत तथा बधाई कार्यक्रम गरेको छ ।प्रा.डा. तिवारी केहीसमय अघि गण्डकी विश्वविद्यालयको कुलपतिमा नियुक्त हुनु भएको थियो । सम्मान कार्यक्रममा बोल्दै कुलपति तिवारीले विद्यार्थीलाई एकेडेमीक कोर्षको समयावधिभर टिकाउन कलेज तथा विश्वविद्यालयलाई चुनौती रहेको बताउनु भयो ।पछिल्लो समय विद्यार्थीको भर्ना र कोर्ष समाप्तीसम्म संख्यामा उल्लेख गिराबट आउने गरेको उल्लेख गर्दै, भर्नाकै संख्या कायम राख्ने तर्फ कलेजहरुलाई अगाडी बढाउनु पर्नेमा जोड दिनु भयो ।कुलपति… पुरा पढौ

गुणस्तरीय र प्रविधिमैत्री शिक्षाले मात्र समृद्ध नेपाल सम्भव – मन्त्री थापा

पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्द कुमार थापाले शिक्षा क्षेत्रमा गुणस्तर र नवप्रवर्तन आवश्यक रहेको बताएका छन् । विहिबार पोखरा लिङ्कन इन्टरनेशनल कलेजको स्नातक बधाई समारोहमा उनले यस्तो बताएका हुन् । “समयअनुकूल शिक्षामा रूपान्तरण आवश्यक छ। शिक्षक र विद्यालयले मात्र होइन, अभिभावकले पनि शिक्षामा सक्रिय भूमिका खेल्नुपर्छ ।”, उनले भने । मन्त्री थापाले विद्यालय शिक्षा ऐन संघ सरकारले ल्याएपछि प्रदेश सरकारले आफ्नो कानुन बनाउने जानकारी दिए । उनले शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले फ्राइडे… पुरा पढौ

गुणस्तरीय शिक्षाका लागी तीन तहका सरकारको समन्वय आवश्यक – शिक्षा मन्त्री भट्टराई

पोखरा । शिक्षा प्रणालीमा सुधार ल्याउने उद्देश्यले संघीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र कोशी प्रदेश सरकारको संयुक्त आयोजनामा विराटनगरमा एक परामर्श बैठक सम्पन्न भएको छ। बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले गुणस्तरीय शिक्षामा जोड दिँदै तीन तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको बताउनु भयो । उहाँले भन्नुभयो, “संविधानले अधिकार तोकेको छ, संघियताका तीनओटै तहका विशिष्टिकृत अधिकार छन्, तर सँगसँगै मिलेर गर्न सकिने काम पनि छन्। अनिवार्य तथा निःशुल्क शिक्षा ऐन कार्यान्वयनका लागि तीन तहको सरकारबीच सहकार्य… पुरा पढौ

व्यवहारिक र जीवनउपयोगी शिक्षा, आजको आवश्यकता – मन्त्री थापा

पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुुद मन्त्री विन्दुु कुमार थापाले व्यवहारिक र जीवनउपयोगी शिक्षा आजको आवश्यकता रहेको बताएका छन् । कास्कीको मादी गाउँपालिका वडा नं। ४ स्थित श्री ध्रुुव माध्यमिक विद्यालयको ६९ औं वार्षिकोत्सव, अभिभावक दिवस एवम् पुरस्कार वितरण कार्यक्रममा बोल्दै उनले स्थानीय उत्पादनका विषयमा विद्यार्थीलाई समेत जानकारी हुनुपर्ने उल्लेख गरे ।प्रदेश सरकारले शिक्षामा सुधार ल्याउन नयाँ कार्यक्रमहरु ल्याएको र त्यसको कार्यान्वयनमा लाग्नुपर्ने आवश्यकतालाई उनले औंल्याएका छन् । “सिक्दै कमाउदै कमाउदै सिक्दै, फ्राइडे फर फ्युचर, अभिभावक शिक्षा… पुरा पढौ