शिक्षा

पोखराको लेकसिटी कलेजमा पढ्दै कमाउदै परियोजना शुरु

पोखरा । पोखराको लेकसिटी कलेज एण्ड रिसर्च सेण्टरले आफ्ना विद्यार्थीहरुका लागि नयाँ कार्यक्रम पढ्दै कमाउदैँ परियोजना शुरु गरेको छ । परियोजना अन्तर्गत कलेजका विद्यार्थीहरुले पोखराका विभिन्न संघसंस्था र समुदायमा पुगेर व्यवहारिक ज्ञान र सीप सिक्ने छन् । उनीहरुलाई लेकसिटी कलेजले पारिश्रमिक उपलब्ध गराउने छ । विद्यार्थीहरुले पोखराका विभिन्न संघसंस्था र समुदायमा पुगेर अध्ययन र अनुसन्धान गर्नेछन् । मंगलबार कलेज परिसरमा आयोजित कार्यक्रममा परियोजनामा सहभागी विद्यार्थीहरुलाई नियुक्तीपत्र प्रदान गरिएको छ । परियोजनामा लेकसिटी कलेजका ६ जना विद्यार्थीहरु नियुक्त भएका छन् ।… पुरा पढौ

एन प्याव्सनको हाजिरीजवाफ प्रतियोगितामा अञ्जुली प्रथम

पोखरा । नेशनल प्याव्सन कास्कीले आयोजना गरेको हाजिरीजवाफ प्रतियोगितामा बगर टुडिखेलमा अवस्थित अञ्जुली आवासीय माध्यामिक विद्यालय प्रथम भएको छ । नेशनल प्याव्सन कास्कीले संस्थामा आवद्ध विद्यालयहरुवीच आयोजना गरेको १९ एन प्याव्सन हाजिरीजावफ प्रतियोगितामा अञ्जुली प्रथम भएको हो । प्रतियोगितामा डायमण्ड मोडल स्कुल दोस्रो, श्री रत्न ज्योति मावि तृतीय, कास्की मोडर्नाइज्ड एकेडेमी सान्त्वना, त्रिवेणी पब्लिक मावि पाँचौ र विरेन्द्र मेमोरियल इङ्लिस बोर्डिङ स्कुल छैटौं भए । विजय विद्यार्थीलाई नेशनल प्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारी, उपाध्यक्ष मनकाजी गुरुङले पुरस्कार वितरण गरेका थिए… पुरा पढौ

लामा अमृत फाउण्डेशनले घान्द्रुकको जनप्रिय आधारभुत विद्यालयमा शैक्षिक तथा खेलकुद सामाग्री वितरण

पोखरा, साउन ९ ः लामा अमृत फाउण्डेशनले घान्द्रुकको श्री जनप्रिय आधारभुत विद्यालयमा शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरेको छ ।फाउण्डेशनका संस्थापक अमृत लामा गुरुङले कास्कीको अन्नपूर्ण गाउँपालिक–१० किम्चे स्थित जनप्रिय आधारभुत विद्यालयमा आज (शुक्रबार) एक कार्यक्रमको आयोजना गरि विद्यार्थीहरुलाई शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरेका हुन् ।फाउण्डेशनका संस्थापक गुरुङले ६५ जना विद्याथीैहरुलाई शैक्षिक सामाग्री र विद्यालयलाई डष्टविन र एक थान भलिबल सहयोग गरेका हुन् ।शैक्षिक सामाग्री हस्तान्तरण पछि बोल्दै फाउण्डेशनका संस्थापक गुरुङले सामाजिक कार्यमा जोडिने उद्धेश्यसहित विद्यालयहरुमा शैक्षिक सामाग्री सहयोग… पुरा पढौ

दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने

पोखरा । अध्ययन केन्द्रका साथै सिकाईका विविध पाटालाई समेटेको पोखरा महानगरपालिका वडा नं २९ मा रहेको दीपशिखा सामुदायिक पुस्तकालयमा यस वर्ष टेक एज युथ परियोजना सञ्चालन गरिने भएको छ ।रिड नेपाल अन्र्तगतको टेक एज युथ परियोजना र दीपशिखा सामुदायिक पुस्तकालय बिच परियोजना सञ्चालन गर्ने सम्बन्धमा सम्झौता पत्रमा विहिवार हस्ताक्षर सम्पन्न भएकाले परियोजना सञ्चालन हुने भएको हो ।पुस्तकालयको सभाहलमा आयोजित एक कार्यक्रमका बिच पुस्तकालयका तर्फबाट अध्यक्ष कृष्णहरि भण्डारी र परियोजनाका तर्फबाट रिड नेपालकी कार्यक्रम संयोजक भाग्यश्री विष्टको उपस्थितिमा हस्ताक्षर गरिएको हो… पुरा पढौ

पोखरा २६ का तीन सामुदायिक विद्यालयमा बुक फ्रि डे शुरु

लेखनाथ २२ जेठ । पोखरा महानगरपालिका वडा नं. २६ ले तीन वटा सामुदायिक विद्यालयमा बिहिबार देखी वुक फ्रि डे कार्यक्रम शुभारंभ गरेको छ ।वडाका रामज्योति सक्नेरी, भवानी कालिका विजयपुर र लक्ष्मी मा.वि अर्घौमा बुक फ्रि डे कार्यक्रम शुरु भएको हो ।बुक फ्रि डे को शुभारंभ गर्दै वडा अध्यक्ष नरेन्द्र थापाले सामुदायिक विद्यालयका विद्यार्थीलाई हप्तामा एक दिन व्यवहारिक ज्ञान र शिपमुलक तालिम दिईने उल्लेख गर्नु भयो । एक दिन किताबको बोझबाट विद्यार्थीलाई टाढा राखेर सिर्जनशिल बनाउने गरी कार्यक्रम तयार पारिएको स्पष्ट… पुरा पढौ

विद्यालय सुधारका लागी अभिभावक सचेतना कार्यक्रम

पोखरा । पोखरा महानगरपालिका, वडा नम्बर ३३, आँपुभन्ज्याङस्थित कालिका माध्यमिक विद्यालयले अभिभावक भेला आयोजना गरी विद्यालय सुधारका लागी अभिभावक सचेतना सम्वन्धी छलफल चलाएको छ । शिक्षक अभिभावक सङ्घका अध्यक्ष लालकाजी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक रुपिन्द्र प्रभावी जोशीले अभिभावक शिक्षासम्बन्धी सहजीकरण गरेका थिए । उनले विद्यार्थीको पढाइ राम्रो बनाउन अभिभावकले पनि केही त्याग गर्नुपर्ने बताए । आफ्ना बालबालिकालाई पढ्नका लागि वातावरण निर्माण गर्दै निरन्तर विद्यालयको सम्पर्कमा रहन उनले अभिभावकलाई सुझाव दिए । विद्यालय, अभिभावक र विद्यार्थीबिचको त्रिपक्षीय सम्बन्ध सुमधुर हुन… पुरा पढौ

त्रिवेणी इन्टरनेशनल कलेजको पूर्व विद्यार्थी अध्यक्षमा पाण्डे

लेखनाथ १८ जेठ । त्रिवेणी इन्टरनेशनल कलेज पोखरा २७ का पूर्व विद्यार्थीहरुको संस्था त्रिवेणी इन्टरनेशनल कलेज एलुम्नाई एसोसियशनको अध्यक्षमा असिम पाण्डे निर्वाचित भएका छन् ।एशोसियशनको शनिवार सम्पन्न तेश्रो साधारण सभा एवं दोश्रो अधिवेशनले पाण्डेको नेतृत्वमा ९ सदस्यीय कार्यसमितिको चयन गरेको हो ।समितिको उपाध्यक्षमा सर्बेन्द्र न्यौपाने, सचिव सृजना अधिकारी, सहसचिव सुजन आचार्य र कोषाध्यक्षमा पबिन गौतम निर्वाचित भएका छन् । यसै गरी समितिको सदस्यमा सचिन रानाभाट ‘बलराम’, श्रृष्टी तिवारी, सलिना घिमिरे र सिम्रन रेग्मी निर्वाचित भएका छन् ।यस अघि अधिवेशनको उद्घाटन… पुरा पढौ

एसओएस गण्डकीमा पुरस्कार वितरण, मानवीय विकासका लागी शिक्षा, स्वास्थ्यमा लगानी वढाउन आवश्यक – वडाध्यक्ष वानीया

पोखरा, १५ जेठ । एसओस हर्मन जिमाईनर गण्डकीले शैक्षिक सत्र २०८१ मा उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीलाई एक समारोहका वीच पुरस्कृत गरेको छ । कक्षागत रुपमा प्रथम, द्धित्तिय र तृतीय हुने विद्यार्थीलाई मात्र पुरस्कृत गर्दा सिमित विद्यार्थीमात्र पुरस्कृत हुने भएकाले विद्यालयले विषयगत रुपमा उत्कृष्ट अंक प्राप्त गर्ने कक्षा नर्सरी देखी नौ सम्मका एक सय ७० जना विद्यार्थीलाई पुरस्कृत गरेको हो । पोखरा महानगरपालिका शिक्षा समितिका सदस्य एवं वडा नं १५ का वडाध्यक्ष तोरण वहादुर वानिया, एसओस वालग्राम गण्डकीका योजना निर्देशक… पुरा पढौ

लक्ष्मी आदर्श माविले मनायो ५७ औं वार्षिकोत्सव

पोखरा । पोखरा महानगरपालिका वडा नं २७ को शिसुवामा रहेको लक्ष्मी आदर्श माविले सोमवार ५७ औं वार्षिकोत्सव एवम् छात्रवृत्ति तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयका पूर्व विद्यार्थी समेत रहेका गण्डकी विश्वविद्यालयका कुलपति प्राध्पापक डा. इन्द्रप्रसाद तिवारीले कार्यक्रम उद्घाटन गर्दै विद्यालयको उत्तरोत्तर प्रगतिको कामना गरे । तिवारीले शैक्षिक सुधारका कार्यक्रममा गण्डकी विश्वविद्यालय सहकार्य गर्न तयार रहेको वताए । वडा नं.२७ का वडा अध्यक्ष पूर्णकमार गुरुङले राज्यले शिक्षाको क्षेत्रमा गरेको ठुलो लगानीको सही रुपमा सदुपयोग गरेर ब्यवहारिक र प्रयोगात्मक… पुरा पढौ

गण्डकी विश्वविद्यालयका कुलपति तिवारीलाई त्रिवेणीको स्वागत

लेखनाथ ÷बैशाख २२ । त्रिवेणी इन्दरनेशनल कलेज पोखरा २७ ले गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा. इन्द्रप्रसाद तिवारीको सम्मानमा सोमबार स्वागत तथा बधाई कार्यक्रम गरेको छ ।प्रा.डा. तिवारी केहीसमय अघि गण्डकी विश्वविद्यालयको कुलपतिमा नियुक्त हुनु भएको थियो । सम्मान कार्यक्रममा बोल्दै कुलपति तिवारीले विद्यार्थीलाई एकेडेमीक कोर्षको समयावधिभर टिकाउन कलेज तथा विश्वविद्यालयलाई चुनौती रहेको बताउनु भयो ।पछिल्लो समय विद्यार्थीको भर्ना र कोर्ष समाप्तीसम्म संख्यामा उल्लेख गिराबट आउने गरेको उल्लेख गर्दै, भर्नाकै संख्या कायम राख्ने तर्फ कलेजहरुलाई अगाडी बढाउनु पर्नेमा जोड दिनु भयो ।कुलपति… पुरा पढौ