तनहुँ

कोटिहोममा विभिन्न जात जातिको संस्कृति प्रदर्शन

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा प्रवचनसँगै विभिन्न जात जातिको संस्कृति प्रदर्शन गरिएको छ । कोटिहोममा सनातन हिन्दु धर्मको रक्षा सँगै विभिन्न जात जातिको संस्कृति जगेर्ना गर्ने उद्देश्यले पनि आइतबार देखि विभिन्न जात जातिको संस्कृति प्रस्तुत भएको हो ।कोटिहोममा आज देखि हरेक दिन विभिन्न जात जातिको संस्कृति प्रदर्शन हुने सांस्कृतिक झाँकी प्रस्तुति संयोजक पब्लिक स्पिकर, मोटीभेटर, शिक्षा तथा संस्कृतिविद् डा। तुलसी प्रभास खनालले जानकारी दिए । उनका अनुसार कोटिहोममा कसैले आफ्नो विशेष संस्कृति प्रदर्शन… पुरा पढौ

मुख्यमन्त्रीलाई भेटेर राइडर्सहरुले भने‘राईड सेयरिङ नियमावलीले हाम्रो रोजीरोटी र यात्रुको सुविधा ग्यारेन्टी गरेको छ’

पोखरा, ४ जेठ । गण्डकी प्रदेश सरकारले राइड सेयरिङ नियमावली जारी गरेपछि राइडर्स र सेल्फ ड्राईभ सञ्चालकहरुले सरकारलाई धन्यवाद दिएका छन् ।आईतवार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई भेटेर उनीहरुले नेपालमै पहिलो पटक गण्डकी प्रदेश सरकारले राईड सेयरिङ नियमावली जारी गरेर युवाहरुको रोजगारी र यात्रुको सस्तो, सहुलियत सुविधाको ग्यारेन्टी गरेको भन्दै धन्यवाद दिएका हुन् ।‘यहाँ प्रशस्त राइड सेयरिङ चलिरहेकै थियो, हजारौं व्यक्तिले यसबाट सेवा पाइरहेकै थिए, हामीले सेवा दिईरहेका थियौँ’ राइडर्स नेपाल पोखराका अध्यक्ष अनील श्रेष्ठले भने ‘यात्रुले सजिलो, छिटो, स्तरीय… पुरा पढौ

लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिटको पोखरा सेसनजलवायु परिवर्तन र प्रेस स्वतन्त्रताको चिन्ता

पोखरा, २८ वैशाख । नेपाल प्रेस युनियनको आयोजनामा पोखरामा भएको लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट अन्तर्गतको ‘पोखरा सेसन’ मा जलवायु परिर्वतन र प्रेस स्वतन्त्रताको विषयमा चिन्ता व्यक्त गरिएको छ ।शुक्रबारदेखि सुरु भएको समिट अन्तर्गत आईतबार ‘पोखरा सेसन’ भएको हो । उक्त कार्यक्रममा बोल्ने वक्ताहरुले पछिल्लो भएका समय जलवायु परिवर्तनका असर र मिडियाका चूनौतिका विषयमा चिन्ता व्यक्त गरेका हुन् । कार्यक्रममा मुख्यमन्त्री पाण्डेले जलवायु परिवर्तनले नेपालको हिमाली क्षेत्रमा पारिरहेको असरका बारेमा लोमान्थाङ अन्र्तराष्ट्रिय मिडिया समिटले विश्वमाझ पु¥याउन सघाउने बताए ।‘जलवायु परिवर्तनले नेपाल… पुरा पढौ

कृषककै सुझाव अनुसार कार्यक्रम तय हुनेछन् ः कृषि मन्त्री श्रेष्ठ

पोखरा,२३ वैशाख । गण्डकी प्रदेश सरकारकी कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री पदमा जिसी श्रेष्ठले कृषककै सुझाव अनुरुप कार्यक्रम तय हुने बताएकी छिन् । प्रदेशका सबैजसो जिल्लाका कृषकसँग प्रत्यक्ष साक्षात्कार गरेको जानकारी दिँदै मन्त्री श्रेष्ठले प्राप्त सुझाव अनुरुप नै आगामी आ.व.का लागि नीति तथा कार्यक्रम तय गरिने बताएकी हुन् ।अखिल नेपाल किसान महासंघ गण्डकी प्रदेश कमिटीद्धारा मंगलबार पोखरामा आयोजित गण्डकी प्रदेशमा कृषि क्षेत्रको अवस्था, सम्भावना र चुनौती विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले भनिन्,‘प्रदेशका सबैजसो जिल्लाका कृषकसँग मैले प्रत्यक्ष… पुरा पढौ

इन्टरनेट र फोन महशुल घटाउन मुख्यमन्त्री पाण्डेको सेवा प्रदायकलाई सुझाब

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले इन्टरनेट र फोन महशुल घटाएर सहज रुपमा स्तरीय सेवा दिन सेवा प्रदायकहरुलाई सुझाब दिएका छन् । शुक्रवार पोखरामा आयोजित गण्डकी प्रदेशमा दुरसञ्चार सेवाको वर्तमान अवस्था, गुणस्तर विषयमा सेवा प्रदायक र सरोकारवालासँगको अन्तरक्रियामा उनले यस्तो बताएका हुन् ।‘दुरसञ्चारको सेवाले विश्वनै साँघुरिएको छ, मानिसहरुलाई हातहातमा छिटो सेवा चाहिएको छ’ उनले भने ‘अहिले भएको भन्दा सस्तो र स्तरीय सेवा दिने गरी सेवाप्रदायकले काम गर्नुपर्छ ।’ अहिले पनि दुर्गम हिमाली र उच्च पहाडी भेगमा दुरसञ्चार सेवा प्रभावकारी नभएको बताउँदै… पुरा पढौ

एक सय ३५ यात्रु लिएर पोखरा विमाानस्थलमा उत्रियो सिचुवान एयरलाइन्सको न्यारोबडी ए ३१९ विमान

पोखरा, ६ असार । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा वुधवार पहिलो पटक विमान अवतरण भएको छ । चीनको छेन्दुबाट आकास मार्गको दुईहजार किलोमिटर भन्दा लामो दुरी पार गर्दै सिचुवान एयरलाइन्सको न्यारोबडी ए ३१९ विमान आज बिहान ९ बजेर ६ मिनेटमा १३५ यात्रु लिएर पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।१ जनवरी २०२३ बाट सन्चालनमा आएको पोखरा विमानस्थल आन्तरिक उडानमा सीमित रहेको थियो । पहिलोपटक अन्तर्राष्ट्रिय जहाज अवतरण गरेसँगै यहाका पर्यटन व्यवसायीहरु थप उत्साहित भएका छन् । पोखरा विमानस्थलमा अवतरण गर्न लागेको अन्तर्राष्ट्रिय… पुरा पढौ

खोप लगाउन छुटेका जन्मदेखी पाँच वर्ष मूनीका वालवालीकालाई आज खोप लगाईने

पोखरा, ३१ वैशाख । यही वैशाख १५ गतेको नियमित खोप लगाउन छुटेका जन्मदेखी पाँच वर्ष मूनीका बालबालिकालाई आज देशभर एकैसाथ खोप लगाईँदै छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नजिकैको स्वास्थ्य कार्यालयमा गई आफ्ना बालबालिकालाई छुटेको खोप लगाउन सवैमा आग्रह गरेको छ ।कोही पनि बालबालिका नियमित खोप लगाउनबाट नछुटुन् भन्नका लागि यही वैशाख १५ गते र आज दुईदिने बृहत् खोज र खोप अभियान सञ्चालन गरी खोप लगाउन थालिएको हो । रोग, अपाङ्गता र मृत्युबाट बचाउनका लागि जन्मेदेखि पाँच वर्षसम्मका उमेरका बाललालिकालाई… पुरा पढौ

उपनिर्वाचनमा ६० प्रतिशत मतदान, आज राती देखी नै मतगणना सुरु गरिने ः निर्वाचन आयोग

पोखरा ,१० वैशाख । प्रतिनिधिसभाको उपनिर्वाचनमा करिब ६० प्रतिशत मत खसेको निर्वाचन आयोगले प्रारम्भीक जानकारी दिएको छ ।आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार बारा–२, चितवन–२ र तनहुँ–१ मा गरी समग्रमा ६० प्रतिशत मत खसेको प्रारम्भिक विवरण आएको हो । उनले बारा–२ मा ६४ प्रतिशत, चितवन–२ मा ६३ प्रतिशत र तनहुँ–१ मा ५३ प्रतिशत मतदान भएको जानकारी दिए ।४ मंसिरमा भएको निर्वाचनमा बारा २ मा ६३.५६, चितवन २ मा ६७.६३ प्रतिशत र तनहुँ–१ मा ५४.०३ प्रतिशत मतदान भएको थियो । तीनवटा… पुरा पढौ

मन्त्री बन्नका लागि सांसद श्रेष्ठले पैसाको डिल गरेर नैतिक संकट निम्त्याए – रास्वपा सभापति लामिछाने

पोखरा, ३० चैत । सांसद ढाकाप्रसाद श्रेष्ठले अमुक व्यक्तिसँग पैसा मागेको अडियो सार्वजनिक हुनासाथ रास्वपा सभापति रवि लामिछानेले​ कारवाही गरेर ऐतिहासिक निर्णय लिएको बताएका छन् ।पार्टी गठन भएको ९ महिनामै ७० वर्ष पुराना पार्टीले भन्दा बढी बार र तगारो बेहोर्नुपरेको उनले बताए ।तनहुँ १ मा रास्वपा उम्मेदवार स्वर्णिम वाग्लेको प्रचार कार्यक्रमलाई बिहीवार सम्बोधन गर्दै लामिछानेले इमानको राजनीतिलाई कुनै सम्झौता नगर्ने कडी बनाएको दाबी गरेका हुन् ।‘कुनै प्रमाणित कुरा थिएन, जहाँ घुस लेनदेन भएको कही कतै प्रमाणित थिएन, घुसको लेनदेन भएको… पुरा पढौ

रेडक्रस थप्रेक उपशाखाको एघारौं साधारणसभा सम्पन्न

पोखरा, २५ चैत । नेपाल रेडक्रस सोसाइटी थप्रेक उपशाखा तनहुँले एघारौं साधारणसभा एक कार्यक्रमका बीच सम्पन्न गरेको छ ।साधारणसभाले उपशाखाका सचिव ठाकुरप्रसाद खनालले प्रस्तुत गर्नुभएको प्रगति प्रतिवेदन र कोषाध्यक्ष अनिता पौडेलले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन पारित गरेको छ ।साधारणसभाको उद्घाटन समारोहमा नेपाल रेडक्रस सोसाइटी तनहु जिल्ला शाखाका पूर्व कावा सभापति डिल्लीराम अधिकारीले रेडक्रस विपद्मा परेका मानिसहरूको उद्धार गर्ने उद्देश्यका साथ स्थापित विश्वव्यापी संस्था भएको बताउनुभयो ।शुक्ला गण्डकी नगरपालिका वडा नं १ का वडा अध्यक्ष रविचन्द्र पौडेलले रेडक्रस जस्तो संस्थालाई राज्यले… पुरा पढौ