तनहुँ

रेडक्रसद्वारा सामुदायिक विद्यालय र वडा कार्यालय परिसरमा बृक्षरोपण

पोखरा, २८ असार । नेपाल रेडक्रस सोसाइटी थप्रेक उपशाखा तनहुँलेशुक्लागण्डकी नगरपालिका वडा नं १ मा रहेका सामुदायिक विद्याल र वडा कार्यालयपरिसरमा बृक्षरोपण गरेको छ ।वातावरण संरक्षणमा सहयोग पु¥याउन आयोजनना गरिएको उक्त कार्यक्रममाआवश्यकता अनुसारका अशोका, कपुर, तेजपत्ता, पारिजात र लप्सीका ४० वटा विरुवा रोपिएको उपशाखाका सचिव ठाकुरप्रसाद खनालले जानकारी दिए । । धेरैै विरुवा रोपेर छाड्नुभन्दा थोरै विरुवा रोप्ने र रोपेका विरुवा संरक्षण गरी हुर्काउन तर्फ लागिपरेको उपशाखाले जनाएको छ । विरुवाको तत्कालीन संरक्षणका लागि स्थानीय सामाग्रीको प्रयोग गरी बारबन्देज गरिएको… पुरा पढौ

मन्त्रालयको अनुगमनका मुख्यमन्त्री पोखरेल, नागरिकले अनुभूति गर्नेगरी काम गर्न निर्देशन

पोखरा, ४ कात्तिक/ गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बिहीबार प्रदेशका मन्त्रालयहरुको स्थलगत अनुगमन गरेका छन् । पोखरेल नेतृत्वमा सरकार गठनभएसँगै मन्त्रालय थप हुँदा भौतिकदेखि जनशक्ति व्यवस्थापनमा देखिएका समस्याबारे जानकारी लिन र समाधानको पहलका लागि मुख्यमन्त्री पोखरेलले अनुगमन गरेका हुन् । प्रथम चौमासिकको अहिलेसम्मको मन्त्रालयगत प्रगतिबारे लिँदै उनले उपलब्ध स्रोत साधनको अधिकतम प्रयोग गरी उपलब्धि हासिल गर्न कर्मचारीलाई निर्देशन समेत दिएका छन् । मुख्यमन्त्री पोखरेलले बिहीबार भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय, पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय,… पुरा पढौ

डोबाटे बने बिनाविभागीय मन्त्री

गण्डकी प्रदेशमा मन्त्री नियुक्त भएका डोबाटे विश्वकर्माले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।उनलाई प्रदेश प्रमुख पृथ्वीमान सिंह गुरुङले पद तथा गोपनीयताको शपथ गराएका हुन् । मन्त्री नियुक्त भए पनि उनको मन्त्रालय भने तोकिएको छैन । यसअघि साउन ८ गते मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले मन्त्रिपरिषद विस्तार गर्दा डोबाटे मन्त्री हुने सूचीमा रहे पनि अन्तिम समयमा उनलाई हटाएर विन्दुकुमार थापा मन्त्री बनेका थिए । पुरा पढौ