पोखरा ,१० वैशाख । प्रतिनिधिसभाको उपनिर्वाचनमा करिब ६० प्रतिशत मत खसेको निर्वाचन आयोगले प्रारम्भीक जानकारी दिएको छ ।
आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार बारा–२, चितवन–२ र तनहुँ–१ मा गरी समग्रमा ६० प्रतिशत मत खसेको प्रारम्भिक विवरण आएको हो । उनले बारा–२ मा ६४ प्रतिशत, चितवन–२ मा ६३ प्रतिशत र तनहुँ–१ मा ५३ प्रतिशत मतदान भएको जानकारी दिए ।
४ मंसिरमा भएको निर्वाचनमा बारा २ मा ६३.५६, चितवन २ मा ६७.६३ प्रतिशत र तनहुँ–१ मा ५४.०३ प्रतिशत मतदान भएको थियो । तीनवटा निर्वाचन क्षेत्रमा गरी तीन लाख ५३ हजार २४७ मतदाता थिए ।
सबै मतदानस्थलबाट आइतबार साँझदेखि नै मतपेटिका ढुवानी सुरु भईसकेको छ । बारा–२ का सबै मतपेटिका साँझ ८ बजेभित्र कलैयामा, चितवन २ का सबै मतपेटिका राति १० बजेभित्र भरतपुरमा र तनहुँ–१ का सबै मतपेटिका राति ११ बजेभित्र दमौलीमा ढुवानी भइसक्ने जानकारी आयोगले दिएको छ । मतपेटिका आईपुगे लगत्तै सर्वदलीय वैठक वसेर मतगणना सुरु गर्ने तयारी आयोगले गरेको छ ।
आईतवार भएको तनहुँ १ को उपनिर्वाचन शान्तिपुर्ण रुपमा सम्पन्न भएको छ ।
तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म चलेको थियो । तनहुँ–१ मा ६९ मतदानस्थलमा एक सय ५२ मतदान केन्द्र रहेका छन् । तनहुँ–१ मा १ लाख २३ हजार ३०५ मतदाता छन् ।
गत मंसिर ४ को निर्वाचनमा यहाँबाट विजयी नेपाली कांग्रेसका रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि रिक्त रहेको सांसद पदपूर्तिका लागि आज उपनिर्वाचन भएको हो ।
यहाँ नेपाली कांग्रेसका गोविन्द भट्टराई, नेकपा एमालेका सर्वेन्द्र खनाल र राष्ट्रिय स्वतन्त्र पार्टीका डा. स्वर्णिम वाग्ले लगायत ९ जना उम्मेदवार रहेका छन् । अन्य उम्मेदवारहरुमा राप्रपाबाट शोभा गुरुङ, नेपाल मजदुर किसान पार्टीबाट रामप्रसाद प्रजापति, राष्ट्रिय जनमुक्ति पार्टीबाट पूर्णबहादुर राना, मंगोल नेशनल अर्गनाइजेसनबाट प्रेमबहादुर थापा, नेकपा समाजवादीबाट गणेश श्रेष्ठ, नागरिक उन्मुक्ति पार्टीबाट भीमबहादुर सुनार लगायत रहनुभएको छ
नेपाली कांग्रेसका उम्मेदवार भट्टराईले व्यास नगरपालिका–११ बेल्टारीस्थित तत्कालिन तनहुँसुर आधारभूत विद्यालय हाल तनहुँसुर स्वास्थ्य चौकी मतदान केन्द्रबाट मतदान गर्नुभयो । नेकपा एमालेका उम्मेदवार खनाल र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार वाग्लेको भने तनहुँ जिल्लामा मतदाता नामावलीमा नाम नभएकाले उहाँहरुले मतदान गर्न पाउनुभएन ।
यसैगरी बारा निर्वाचन क्षेत्र नम्बर २ को उप निर्वाचन पनि शान्तीपुर्ण रुपमा सम्पन्न भएको छ । १सय ३७ मतदान केन्द्र रहेको सो क्षेत्रमा जम्मा १ लाख ५ हजार २ सय ४८ मतदाता रहेका थिए ।
शान्ति पुर्वक मतदान भई रहेको अवस्थामा निर्वाचन विथोल्न खोजेको आरोपमा ६ जनालाई पक्राउ गरेको वाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिनुभयो । उनीहरुलाई देवताल गाँउपालिका वडा नम्बर ७ पिपरपाती बुथ केन्द्रबाट पक्राउ गरेको हो । पक्राँउ पर्नेहरुमा रौतहट जिल्ला बौधीमाई नगरपालिका वडा नम्बर ४ बस्ने बर्ष ४७ को बृजकिशोर प्रसाद यादव, रौतहत बृदाबन नगरपालिका वडा नम्बर १ बस्ने बर्ष ४२ को दायाराम राउत, सोही नगरपालिका वडा नम्बर ४ बस्ने बर्ष ३५ का उमेश यादव, बारा जिल्ला प्रसौनी गाँउपालिका वडा नम्बर ४ निवासी बर्ष ३८ को मंगल प्रसाद साह र बारा देवताल गाँपा वडा नम्बर ७ बस्ने बर्ष ६२ को रामसागर यादव रहेको प्रहरी प्रवतmा पूरुसोतम सिह पाण्डेयले जानकारी दिनुभयो ।