गण्डकी सेरोफेरो

फोवाताल जोगाउन डुंंगादौड प्रतियोगिता

पोखरा, १८ जेठ । पोखराको फेवातालमा आइतबार भएको दोश्रो राष्ट्रिय खुल्ला डुंगा दौड प्रतियोगितामा पुरुषतर्फ हर्पन सहकारी संस्थाको ‘बी’ समूह र महिलातर्फ ताल पारीको ‘बी’ समूह प्रथम भएका छन् । विजेता दुवै समूहले नगद रु ४० हजार सहित ट्रफि, मेडल, प्रमाण–पत्र प्राप्त गरे । प्रतियोगितामा पुरुषतर्फ बाराही डुंगा घाटले दोश्रो, स्विमिङपुल घाटले तेश्रो र फिष्टेल घाटले सान्त्वना स्थान हाँसिल गरे । महिलातर्फ गौरीघाटले दोश्रो पहारीघाटले तेश्रो तथा जलारी दिदी बहिनी समुहले सान्त्वना स्थान प्राप्त गरे । प्रतियोगितामा महिला र पुरुष… पुरा पढौ

एसओएस गण्डकीमा पुरस्कार वितरण, मानवीय विकासका लागी शिक्षा, स्वास्थ्यमा लगानी वढाउन आवश्यक – वडाध्यक्ष वानीया

पोखरा, १५ जेठ । एसओस हर्मन जिमाईनर गण्डकीले शैक्षिक सत्र २०८१ मा उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीलाई एक समारोहका वीच पुरस्कृत गरेको छ । कक्षागत रुपमा प्रथम, द्धित्तिय र तृतीय हुने विद्यार्थीलाई मात्र पुरस्कृत गर्दा सिमित विद्यार्थीमात्र पुरस्कृत हुने भएकाले विद्यालयले विषयगत रुपमा उत्कृष्ट अंक प्राप्त गर्ने कक्षा नर्सरी देखी नौ सम्मका एक सय ७० जना विद्यार्थीलाई पुरस्कृत गरेको हो । पोखरा महानगरपालिका शिक्षा समितिका सदस्य एवं वडा नं १५ का वडाध्यक्ष तोरण वहादुर वानिया, एसओस वालग्राम गण्डकीका योजना निर्देशक… पुरा पढौ

गणतन्त्रका नायक प्रचण्डलाई पर्वतामा १८ संघ सस्थाको सामुहीक अभिनन्दन

पोखरा, ९ जेठ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पर्वतको कुश्मामा जिल्लाका विभिन्न १८वटा सामाजिक, शैक्षिक, व्यावसायिक र नागरिक संस्थाहरूले संयुक्त अभिनन्दन गरेका छन् ।जनतासँग माओवादी मध्यपहाडी लोकमार्ग (पुष्पलाल लोकमार्ग) जनजागरण अभियानअन्तर्गत पर्वतमा आयोजित जनसंवाद कार्यक्रममा प्रचण्डलाई सामाजिक न्याय, स्वास्थ्य पहुँच, समावेशिता तथा गणतन्त्र स्थापनामा पु¥याएको योगदानको कदर स्वरूप अभिनन्दन पत्र प्रदान गरिएको हो ।अभिनन्दन पत्रमा प्रचण्डको दीर्घकालीन राजनीतिक सङ्घर्षले गणतान्त्रिक नेपालको आधारशिला तयार पारेको र शान्ति प्रक्रिया, संविधान निर्माण तथा समावेशी… पुरा पढौ

धार्मिक सेवा र दानसहित नगरप्रमुख विष्टको टोली गण्डकी कोटिहोमबाट फर्कियो

पोखरा। पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ अन्तर्गत बुधबारको प्रवचन स्थल अन्य दिनको तुलनामा केही फरक र विशेष देखिएको थियो। मूलद्वारको प्रवचन स्थल विशेषरूपमा ठूलो संख्यामा भक्तजनहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।सोही प्रवचन कार्यक्रममा थाहा नगरपालिकाका नगरप्रमुख विष्णुबहादुर विष्ट, उप–प्रमुख भरत गोपाली, नगरपालिकाका कर्मचारीहरू तथा अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो। उनीहरूको सहभागिताले कार्यक्रमलाई झनै भव्य र उत्साहजनक बनाएको थियो। नगरप्रमुख विष्ट र उप–प्रमुख गोपाली प्रवचन स्थलमै छमछम्ती नाचेर धार्मिक वातावरणमा रमाएका थिए, जसले कार्यक्रममा विशेष आकर्षण… पुरा पढौ

युवा संघको महाधिवेशन शुक्रबारदेखि पोखरामा, प्रधानमन्त्रीले उद्घाटन गर्नुहुने

पोखरा । नेकपा (एमाले)निकट युवा संघ नेपालको दशौं राष्ट्रिय महाधिवेशन शुक्रबारदेखि पोखरामा सुरू हु“दैछ । महाधिवेशनको पार्टी अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मध्यान्ह १२ः१५ बजे उद्घाटन गर्नुहुने कार्यक्रम छ । उहाँ बिहान ११ः३० बजे पोखरा आउनुहुने तयारी छ ।प्रधानमन्त्री ओली, महासचिव शंकर पोखरेल, उपमहासचिव एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ पनि शुक्रबार नै पोखरा आउनुहुने एमाले कास्की अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीले जानकारी दिनुभयो । जनसंगठन समन्वय संयन्त्र प्रमुखसमेत रहनुभएका स्थायी कमिटी सदस्य भानुभक्त ढकाल पोखरा आइसक्नुभएको… पुरा पढौ

आर्यसले श्रीलंकामा एटीएफ यु–१२ टीम टेनिस प्रतियोगिता खेल्ने

पोखरा, ७ जेठ । पोखरेली उदीयमान खेलाडी आर्यसराज पौडेलले श्रीलंकामा हुने एटीएफ यु–१२ टीम टेनिस प्रतियोगितामा नेपालको तर्फबाट सहभागिता जनाउने भएका छन् । श्रीलंका टेनिस संघको आयोजनामा यहि जेष्ठ १२ देखि १६ गतेसम्म कोलम्बोमा हुने उक्त प्रतियोगितामा नेपाल सहित बंगलादेश, भुटान, भारत, माल्दिभ्स, पाकिस्तान र श्रीलंकाका खेलाडीले भाग लिनेछन् । यसैविच,कास्की जिल्ला टेनिस संघले बुधबार एक कार्यक्रमको आयोजना गरि आर्यसलाई विदाई गरेको छ । सो अवसरमा बोल्दै संघ कास्कीका अध्यक्ष राजकुमार गुरुङले आर्यसले नेपालमा भएका विभिन्न राष्ट्रिय प्रतियोगिताहरुमा आफ्नों उमेर… पुरा पढौ

कोटिहोममा ५ लाख बढी भक्तजनले दर्शन गरेको आयोजकको दाबी

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा मङ्गलवार सम्म ५ लाख बढी भक्तजनले कोटिहोम दर्शन गरेका छन् ।दिन प्रतिदिन भक्तजनको उल्लासमय उपस्थितिले आजको दिन सम्म ५ लाख बढी भक्तजनले कोटिहोम अवलोकन गरेको महायज्ञ प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए ।मङ्गलवार पनि भक्तजनको सहभागिताले कोटिहोम परिसर भरिभराउ भएको थियो । कोटिहोम दर्शन गर्नका लागि दैनिक पोखरा सँग देशभरका जिल्ला बाट भक्तजन आउन सङ्ख्या बढ्दै गएको छ ।महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजले जेठ १०… पुरा पढौ

कोटिहोममा विभिन्न जात जातिको संस्कृति प्रदर्शन

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा प्रवचनसँगै विभिन्न जात जातिको संस्कृति प्रदर्शन गरिएको छ । कोटिहोममा सनातन हिन्दु धर्मको रक्षा सँगै विभिन्न जात जातिको संस्कृति जगेर्ना गर्ने उद्देश्यले पनि आइतबार देखि विभिन्न जात जातिको संस्कृति प्रस्तुत भएको हो ।कोटिहोममा आज देखि हरेक दिन विभिन्न जात जातिको संस्कृति प्रदर्शन हुने सांस्कृतिक झाँकी प्रस्तुति संयोजक पब्लिक स्पिकर, मोटीभेटर, शिक्षा तथा संस्कृतिविद् डा। तुलसी प्रभास खनालले जानकारी दिए । उनका अनुसार कोटिहोममा कसैले आफ्नो विशेष संस्कृति प्रदर्शन… पुरा पढौ

मुख्यमन्त्रीलाई भेटेर राइडर्सहरुले भने‘राईड सेयरिङ नियमावलीले हाम्रो रोजीरोटी र यात्रुको सुविधा ग्यारेन्टी गरेको छ’

पोखरा, ४ जेठ । गण्डकी प्रदेश सरकारले राइड सेयरिङ नियमावली जारी गरेपछि राइडर्स र सेल्फ ड्राईभ सञ्चालकहरुले सरकारलाई धन्यवाद दिएका छन् ।आईतवार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई भेटेर उनीहरुले नेपालमै पहिलो पटक गण्डकी प्रदेश सरकारले राईड सेयरिङ नियमावली जारी गरेर युवाहरुको रोजगारी र यात्रुको सस्तो, सहुलियत सुविधाको ग्यारेन्टी गरेको भन्दै धन्यवाद दिएका हुन् ।‘यहाँ प्रशस्त राइड सेयरिङ चलिरहेकै थियो, हजारौं व्यक्तिले यसबाट सेवा पाइरहेकै थिए, हामीले सेवा दिईरहेका थियौँ’ राइडर्स नेपाल पोखराका अध्यक्ष अनील श्रेष्ठले भने ‘यात्रुले सजिलो, छिटो, स्तरीय… पुरा पढौ

शनिवार पोखरा रंगशालामा निःशुल्क आँखा शिविर हुदै

पोखरा । मदन भण्डारी स्पोर्टस् एकेडेमी गण्डकी प्रदेशको आयोजनामा आगामी शनिवार पोखरामा निःशुल्क आँखा शिविरको आयोजना हुने भएको छ ।३२ औं मदन आश्रीत स्मृति दिवसको अवसर पारेर आँखा शिविरको आयोजना गर्न लागिएको हो ।हिमालय आँखा अस्पतालको सहकार्यमा पोखरा रंगशालामा निःशुल्क आँखा जाँच तथा उपचार शिविर आयोजना हुने मदन भण्डारी स्पोर्टस् एकेडेमी गण्डकी प्रदेशका अध्यक्ष गिरमान गुरुङले जानकारी दिए ।सामाजिक उत्तर दायित्व अन्तर्गतको उक्त शिविरमा पत्रकार, खेलाडीहरु, खेल प्रशिक्षक र रेफ्रीहरुले सहभागीता जनाउन समेत अध्यक्ष गुरुङले आग्रह गरेका छन ।मदन भण्डारी… पुरा पढौ