गण्डकी सेरोफेरो

कास्कीको लुम्ले र याङ्जाकोटमा भारी वर्षा मापन

पोखरा, ४ शाउन । मौषम पुर्वानुमान महाशाखाले गत २४ घण्टामा गण्डकी प्रदेशमा कास्कीको लुम्ले र याङजाकोटमा भारि वर्षा मापन भएको जनाएको छ ।खासगरी कास्कीको लुम्लेमा सबैभन्दा धेरै पानी परेको छ । लुम्लेमा गत २४ घण्टामा १६२.६ मिलिमिटर पानी परेको छ । याम्जाकोटमा १३४ मिलिमिटर वर्षा मापन भएको छ ।यो सँगै लमजुङका बुझुङ र खुदीबजार अनि पर्वतको पन्चासेमा पनि उच्च् खालको वर्षा भएको छ । नारायणी नदी बेसिन अन्तर्गत पर्वतको मोदी खोला नयाँपुल जल मापन केन्द्रमा बाढी आएको छ ।यसैगरी तनहुँको… पुरा पढौ

गान्जीको सौन्दर्य पर्वतीय संग्रहालयमा

पोखरा, २ साउन । चीनको पश्चिम सिचुवान प्रान्तमा पर्ने गान्जी तिब्बतीयन अटोनोमस प्रिफेक्चरको सौन्दर्य पोखरामा हेर्न पाइने भएको छ । अनुपम प्राकृतिक दृश्य, तिब्बतीयन संस्कृति भएको गान्जीमा उच्च स्थानमा रहेका उपत्यका, हिउँले ढाकिएका पर्वत, ठूला घाँसे मैदान र घना जंगलहरु छन् ।गान्जी तिब्बतीयन अटोनोमस प्रिफेक्चर माउन्उटेन टुरिजम प्रमोसन प्वाइन्ट कार्यक्रम अन्तर्गत गान्जीका तस्बिरहरु बिहीबारबाट पोखराको रातोपहिरोमा रहेको अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा राखिएका छन् । नेपाल नेसनल पभेलियन (चाइना)को सहयोगमा राखिएका गान्जीका तस्बिरहरु अबको छ महिनासम्म प्रदर्शनीमा राखिनेछन् ।पोखरा महानगरपालिकाकी उपमेयर मञ्जुदेवी… पुरा पढौ

उच्च अदालत पोखरामा वार्षिक लक्ष भन्दा वढी प्रगती

पोखरा, ३२ असार । उच्च अदालत पोखराले आर्थिक वर्ष २०८१÷२०८२ मा वार्षिक लक्ष भन्दा वढी प्रगती गरेको छ । चालु आर्थिक वर्षको अन्त्यसम्ममा दुई हजार पाँच सय दुई वटा मुद्दा फर्छ्यौट गर्ने लक्ष लिएकोमा दुई हजार ६ सय ७० वटा मुद्दा फर्छ्यौट गरेर लक्षको आधारमा १०६.७१ प्रतिशत मुद्धा फछ्र्यौट गरेको हो । नयाँ तथा पुराना गरी तीन हजार चार सय २० मुद्दा मध्य अव ७ सय ५० मुद्दा मात्र आगामी आर्थिक वर्षका लागि जिम्मेवारी सरेको छ ।सर्वोच्च अदालतले नयाँ तथा… पुरा पढौ

प्रधानमन्त्रीसँग गण्डकीसहित पाँच प्रदेश प्रमुखहरूको भेटवार्ता

काठमाण्डौ, २४ असार । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टसहित पाँच प्रदेश प्रमुखहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्नुभएको छ । काठमाण्डौमा उपलब्ध पाँच प्रदेश प्रमुखहरुले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार राति प्रधानमन्त्री ओलीसँग भेट गर्नुभएको हो । भेटमा संघीयताको कार्यान्वयन, प्रदेश सरकारको कामकारबाही तथा संघ र प्रदेश सरकारको समन्वयका विषयमा छलफल भएको थियो । उहाँहरूबीच आ–आफ्नो प्रदेशको अवस्थाका बारेमा छलफल भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । प्रधानमन्त्री ओलीसँग भेट गर्न पाँच प्रदेशका प्रदेश प्रमुखहरू सोमबार अबेर बालुवाटार पुग्नुभएको थियो ।… पुरा पढौ

कास्कीलाई पूर्ण खोप सुनिश्चितता दिगोपना जिल्ला घोषणा, अस्पताललाई आत्मनिर्भर बनाईने

पोखरा, १६असार । कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता दिगोपना जिल्ला घोषणा गरिएको छ।सोमबार जिल्ला खोप समन्वय समिति कास्कीको आयोजनामा गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले उक्त घोषणा गर्नुभयो।मन्त्री पाठकले नागरिकलाई चेतनाको वृद्धि गराई रोगबाट सुरक्षित राख्न प्रदेश सरकारले प्राथमिकता दिएको बताउनुभयो।सर्ने र नसर्ने दुवै रोगबाट नागरिक सुरक्षित भए मात्र समृद्धिको यात्रा सहज हुने भन्दै, प्रदेश सरकार मातहतका अस्पतालहरू स्तरोन्नति गर्ने कार्यमा लागेको जानकारी दिनुभयो।उहाँले अस्पतालहरूको क्षमता वृद्धिसँगै सेवा(सुविधा तथा नागरिक स्वास्थ्य कार्यक्रमहरूलाई अघि बढाइएको उल्लेख गर्नुभयो।स्वास्थ्य जनशक्ति प्रदेशमै उत्पादन… पुरा पढौ

बजेट निर्माणमा आफ्नो पालिकामा अस्वभाविक वजेट पारेको अभियोगमा अर्थ सचिव पाण्डे जगेडामा सरुवा

पोखरा, १६ असार । मन्त्री, सांसद भन्दा कर्मचारी हावी भएको भन्दै सांसदहरुले प्रदेश सभामा आपत्ति जनाएपछि गण्डकीमा एक कर्मचारी कार्वाहीमा परेका छन् ।मन्त्रालयको सिफारिस विनानै वजेट निर्माणका क्रममा आर्थिक मामिला मन्त्रालयका सचिव राजेन्द्रदेव पाण्डेले योजना समावेस गरेको र नीतिगत प्रक्रिया उल्ल्ंघन गरेको आरोप लगाउदै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अर्थ सचिव पाण्डेलाई अर्थ मन्त्रालयको जिम्मेवारी वाट हटाएका हुन् । मुख्यमन्त्री पाण्डेले अर्थ सचिव पाण्डेलाई मुख्यमन्त्री कार्यालय अन्तर्गत जगेडामा सरुवा गरेका छन् ।तनहुँको भानु नगरपालिका घर भएका अर्थ सचिव पाण्डेले आफ्नै पालिका र… पुरा पढौ

शिसुवा अस्पतालको को अध्यक्षमा गिरीको मनोनयन

लेखनाथ । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले आईतबार शिसुवा अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा बाबुराम गिरीलाई मनोनित गर्नुभएको छ ।गिरीलाई महानगरपालिकाका मेयर आचार्यले शिसुवा अस्पताल व्यवस्थापन समिति गठन तथा संचालन कार्यविधि २०८१ अनुसार तीन बर्षका लागि अध्यक्षमा मनोनित गर्नुभएको हो ।अध्यक्ष गिरी पोखरा महानगरपालिका वडा नं २७ तालचोक निवासी हुनुहुन्छ । लेखनाथ उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष, नेपाल उद्योग बाणिज्य महासंघका निवर्तमान केन्द्रिय सदस्य एवं विभिन्न संघ संस्थामा आवद्ध गिरी लामो समय देखी पोखरामा व्यवसाय गर्दै आउनु भएको छ ।यसैगरी मेयर… पुरा पढौ

तेस्रो गण्डकी प्रदेश पुरुष टि–२० क्रिकेटः कास्की र नवलपुरको बिजयी सुरूवात

पोखरा, ३ असार । तेस्रो गण्डकी प्रदेश पुरुष टि–२० क्रिकेट प्रतियोगिता अन्तर्गत भएको समुह ‘बी’को लिग चरणको पहिलो खेलमा कास्की र नवलपुरले बिजयी सुरूवात गरेका छन् ।प्रदेश खेलकुद परिषद गण्डकीको प्रवद्र्धन तथा प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा पोखरा रंगशालमा जारी प्रतियोगितामा कास्कीले पर्वतमाथि २० रनको रोमाञ्चक जित हात पारेको छ भने नवलपुरले गोरखा विरुद्ध ९१ रनले बिजयी भयो । जित संगै दुबै टोलीले समुह बी मा २–२ अंक जोड्न सफल भएका छन् ।खराव मौसमका कारण छोट्टाइएको १३–१३ ओभरको खेलमा पर्वतले… पुरा पढौ

एपिएफलाई प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि

पोखरा । शसस्त्र प्रहरी बलको एपिएफ क्लवले प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । पोखरा रंगशालाको कभर्डहलमा आज (शनिबार) भएको फाइनल खेलमा एपिएफले नेपाल पुसिल क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै एपिएफले उपाधि जितेको हो ।एपिएफले पुलिसलाई २५–१९, २५–२० र २५–१३ को सोझो सेटमा पराजित गरेको हो । त्यसै गरी तेश्रो स्थानको लागि आज भएको खेलमा एभरेष्ट क्लवलाई सोझो सेटमा पराजित गर्दै न्यु डायमण्डले तेश्रो स्थानमा रहेको हो । न्यु डायमण्डले एभरेष्ट क्लवलाई २५–८, २५–१९ र… पुरा पढौ

कोटीहोम समापन, ४० लाख ५० हजार भक्तजन सहभागी

पोखरा । श्रीगण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञ शनिबारदेखि समापन भएको छ । ६१ दिन लामो कोटीहोममा करिब ४० लाख ५० हजार भक्तजन सहभागी भएको आयोजक मानव सेवा फाउण्डेशनले जनाएको छ ।कोटीहोममा करिब नौ करोड रुपैयाँ संकलन भएको कोटीहोमका सङ्कल्पकर्ता बालयोगेश्वर श्रीविजय कृष्णमूर्तिजी महाराजले जानकारी दिए ।कोटीहोमको सबै हिसावकिताव असार भित्रै फरफारक गरिने, पत्रकार सम्मेलन र सार्वजनिक सुनुवाई गरेरै आयव्यय सार्वजनिक गरिने उनले जानकारी दिए ।संकल्पकर्ता महाराजजीले कोटीहोमको केही आम्दानी मानव सेवा फाउण्डेशन, छोरीको घर र मानव कल्याणमा लगाउने… पुरा पढौ