गण्डकी सेरोफेरो

पुलिस र न्यु डायमण्ड पोखरामा जारी प्रचण्ड कप भलिवल प्रतियोगिताको सेमिफाइनलमा

पोखरा २८, जेठ । विभागिय टोली नेपाल पुलिस क्लव र न्यु डायमण्ड स्पोट्र्स क्लव पोखरामा जारी प्रचण्ड कप राष्ट्रिय महिला भलिवल प्रतियोगिता २०८२ को सेमिफाइनलमा प्रबेश गरेका छन् ।पोखरा रंगशालाको कभर्डहलमा आज (बुधबार) सम्पन्न खेलमा दुबै टोलीले शान्दार जित हासिल गर्दै अन्तिम चारमा यात्रा तय गरेका हुन् । समुह ‘ए’ को दोस्रो खेलमा पुलिसले रामपुरलाई र अर्को खेलमा न्यु डायमण्डले घरेलु टिम गण्डकीलाई ३–० को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरे ।पुलिसले स्टेप रामपुरलाई २५—७, २५—९ र २५—९… पुरा पढौ

ललितकलाकर्मिहरुको कुलपति, उपकुलपति र सदस्य सचिव मध्ये कम्तीमा एक पदमा प्रतिनिधित्व गर्न माग

पोखरा । गण्डकी प्रज्ञा प्रतिष्ठानमा कुलपति, उपकुलपति र सदस्य सचिव मध्ये कम्तीमा एक पद सहित समावेशी प्रतिनिधित्वको ललितकलाकर्मि कलाकारहरुको माग गरेका छन् ।बि। स। २०७७ मा गण्डकी प्रज्ञा प्रतिष्ठानको गठन हुँदा एक जना पनि ललितकलाकर्मीलाई समावेश नगरेर गण्डकी प्रदेश सरकारले ललितकलाकर्मीहरूको अपमान गरेको, बजेट विनियोजनमा पनि विभेद गरी अत्याचार गरेको र समग्र ललितकला क्षेत्रको अपहेलना गरेको थियो। यो अस्वीकार्य कार्यको घोर भत्र्सना बिज्ञप्ति मार्फत गरेका छन् ।गण्डकी प्रदेश सरकारले यस गम्भीर त्रुटिलाई सच्याउँदै आगामी दिनमा गण्डकी प्रज्ञा प्रतिष्ठानको संरचना र… पुरा पढौ

कोटिहोममा आज सम्म ८ हजार जल सहित कलश वितरण

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा ८ हजार कलश वितरण गरिएको छ । गत सोमबार यज्ञको पूर्णाहुतिसँगै महायज्ञ स्थलमा रहेका जल सहितको कलश भक्तजनलाई वितरण गरिएको महायज्ञ प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए । उनका अनुसार अव केही जल सहितको कलश रहेको हुनाले सचिवालयमा सम्पर्क गरेर भक्तजनले लैजान सक्नेछन् । धेरैजसो भक्तजनले पहिले नै कलश बुकिङ गरेका थिए भने कतिपय भक्तजनले हवन समापन पछि पैसा तिरेर जल सहितको कलश लिएर गएका हुन् ।… पुरा पढौ

कोटीहोममा सोमबार यज्ञको पूर्णाहुति हुने

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा सोमबार यज्ञको पूर्णाहुति हुने भएको छ । कोटीहोममा एक सय एक हवन कुण्डमा हवन भइरहेकामा सोमबार समापन हुनेछ ।योसँगै कोटीहोममा सहभागी भएका चार सय जना ब्राम्हणलाई पनि सोमबार नै बिदाई गरिनेछ । साथै व्रतवन्ध, चौरासी पूजासहित अन्य केही कर्म पनि सोमबार नै समापन हुनेछ ।आइतबार पनि कोटीहोममा करिब दुई लाख भक्तजन सहभागी भएको आयोजकको दावी छ । हालसम्ममा कोटीहोममा सहभागी हुने भक्तजनको संख्या करिब ३० लाख पुगेको प्रचारप्रसार… पुरा पढौ

अब क्याम्पस–क्याम्पसमा नासा नेपाल र ड्रोन रेसिङ्ग

पोखरा ।नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) अन्तर्गतको ई–स्पोट्र्स तथा ड्रोन कमिसनले उपत्यकाका विभिन्न कलेजहरूमा ड्रोन रेसिङ्ग ट्रेनिङ्ग सुरु गरेको छ । आज थापाथली क्याम्पसबाट सुरु गरिएको उक्त कार्यक्रमको उद्देश्य युवाहरूलाई प्रविधिसँग जोड्दै सुरक्षित र प्रतिस्पर्धात्मक ड्रोन रेसिङ्गतर्फ प्रोत्साहित गर्नु हो ।ट्रेनिङ्गमा ड्रोनको परिचय, प्रविधिक पक्ष, सुरक्षा र कानुनी पक्ष, रेसिङ्ग कार्यविधि र आगामी कार्यक्रमहरूको क्यालेण्डरबारे जानकारी नासा नेपाल तथा ड्रोन हब नेपालका प्रतिनिधिहश्रले दिनुभयो ।कार्यक्रममा नासा नेपाल ई–स्पोट्र्स तथा ड्रोन कमिसनका सचिव अंकित भण्डारी, ट्रेनिङ्ग तथा मार्शल कमिसनका सचिव आशिष… पुरा पढौ

प्रशासनिक संरचना पूनरावलोकन समितिले मुख्यमन्त्रीलाई प्रतिवेदन बुझायो

पोखरा, २३ जेठ । गण्डकी प्रदेश सरकारले बनाएको प्रदेश प्रशासनिक संरचना पूनरावलोकन अध्ययन तथा सुझाव समितिले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे समक्ष शुक्रवार प्रतिवेदन पेश गरेको छ ।प्रादेशिक संरचना पूनरावलोकन गर्न गठित समितिका संयोजक शरदचन्द्र पौडेलले तीन सय २४ पृष्ठको प्रतिवेदन शुक्रवार मन्त्री र सचिवहरुको उपस्थितिमा मुख्यमन्त्री समक्ष बुझाएका हुन् ।समितिका संयोजक पौडेलले कुनैपनि दवाव, प्रभाव, आग्रह पूर्वाग्रह विना प्रदेश सरकारको एक सय ७४ वटा संगठन संरचनाको अध्ययन गरेर प्रतिवेदन तयार गरिएको बताए । ‘यो प्रतिवेदनले प्रदेश सरकारले चाहेजस्तो आफ्ना… पुरा पढौ

कोटीहोममा भोलि शनिवार २१ करोड दीप प्रज्ज्वलन गरिँदै

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा शनिबार २१ करोड दीप प्रज्ज्वलन हुने भएको छ । यति ठूलो दीप प्रज्वलन सम्भवतः हालसम्म कहीँ पनि नभएको आयोजकको दावी छ । मानव सेवा फाउण्डेशनका व्यवस्थापक विष्णु थापाले आआफ्नो घरबाट ज्योती लिएर दीप प्रज्ज्वलनमा सहभागी हुन भक्तजनलाई आग्रह गरेका छन् । शनिबार बिहान १० बजे ज्योती भिजाउने र साँझ ६ बजे प्रज्ज्वलन गरिने थापाले बताए । शनिबार निर्जला एकादशीसमेत परेकाले फूलको होली खेलिने कार्यक्रम रहेको प्रचारप्रसार संयोजक लेखराज… पुरा पढौ

राईड सेयरिङ नियमावली खारेजी होईन, संसोधन हुन सक्छ – गण्डकी प्रदेश सरकार

पोखरा, १८ जेठ । गण्डकी प्रदेश सरकारले राईड सेयरिङ नियमन र व्यवस्थापन गर्न बनेको नियमावली संसोधन गरेर यातायात वयवसायीका मागलाई संवोधन गर्न सकिने जनाएको छ । गण्डकी प्रदेश सरकारले आईतवार भौतीक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरेरमन्त्रालयको खारेज नहुने स्पष्ट पारेको छ ।गण्डकी प्रदेश सरकारले आन्दोलनरत यातायात व्यवसायीसँग वार्ता गर्न बनाएको वार्ता समिति संयोजक तथा गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयका सचिव ई.कमलकुमार अधिकारीले आईतबार पत्रकार सम्मेलन गरेर राईड सेयरिङ नियमन र व्यवस्थापन गर्न… पुरा पढौ

नेपाल पात्रकार महासंघ कास्कीको फोटो तथा मोबाइल पत्रकारिता तालिम सुरु

पोखरा, १८ जेठ । नेपाल पात्रकार महासंघ कास्कीको आयोजना तथा पोखरा महानगरपालिकाको सहयोगमा पत्रकारका लागि फोटो तथा मोबाइल पत्रकारिता तालिम सुरु भएको छ । तालिमको उद्घाटन गर्दै महासंघ कास्कीका संस्थापक अध्यक्ष उमाकान्त शर्माले प्रविधिको विकाससंगै पत्रकारिता वृहत बन्दै गएको बताए । क्षमता अभिवृद्दी तालिमले पत्रकारलाई यस क्षेत्रमा टिकिरहन मदत गर्ने बताए । राज्यको चौथो अंगका रुपमा परिचित पत्रकारिताको धर्म समाजमा भइ रहेका गतिविधि नियाल्दै गलत कार्यमा खबरदारी र झक्झकाउन सक्नु पर्ने बताए ।पोखरा महानगरपालिकाका सूचना अधिकारी कृष्णप्रसाद तिवारीले तालिमबाट प्राप्त… पुरा पढौ

त्रिवेणी इन्टरनेशनल कलेजको पूर्व विद्यार्थी अध्यक्षमा पाण्डे

लेखनाथ १८ जेठ । त्रिवेणी इन्टरनेशनल कलेज पोखरा २७ का पूर्व विद्यार्थीहरुको संस्था त्रिवेणी इन्टरनेशनल कलेज एलुम्नाई एसोसियशनको अध्यक्षमा असिम पाण्डे निर्वाचित भएका छन् ।एशोसियशनको शनिवार सम्पन्न तेश्रो साधारण सभा एवं दोश्रो अधिवेशनले पाण्डेको नेतृत्वमा ९ सदस्यीय कार्यसमितिको चयन गरेको हो ।समितिको उपाध्यक्षमा सर्बेन्द्र न्यौपाने, सचिव सृजना अधिकारी, सहसचिव सुजन आचार्य र कोषाध्यक्षमा पबिन गौतम निर्वाचित भएका छन् । यसै गरी समितिको सदस्यमा सचिन रानाभाट ‘बलराम’, श्रृष्टी तिवारी, सलिना घिमिरे र सिम्रन रेग्मी निर्वाचित भएका छन् ।यस अघि अधिवेशनको उद्घाटन… पुरा पढौ