गण्डकी सेरोफेरो

माइक्रोबस चोरी गरेर भाग्दै गरेका स्याङ्जाका एक युवा धादिङमा पक्राउ

पोखरा, काठमाण्डौको वनस्थलिस्थत विश्वकर्मा वावा वर्कसप तथा चार्जिङ सेन्टरबाट माइक्रोबस चोरी गरेर भाग्दै गरेका स्याङ्जाका एक युवा धादिङमा पक्राउ परेका छन ्। पक्राउ पर्नेमास्याङ्जाको बिरुवा गाउँपालिका–१ घर भएका १९ वर्षीय सुदीप थापा रहेका छन् । उनी काठमाडौँको वनस्थलीमा वस्दै आएका थिए ।बनस्थलीस्थित विश्वकर्मा बाबा वर्कशप तथा चार्जिङ सेन्टरमा पार्किङ गरि राखेको बागमती प्रदेश ०१–००२ ज ६७६६ नम्बरको ईलेक्ट्रोनिक माइक्रोबस चोरी गरी चलाएर भाग्दै गर्दा प्रहरीले धादीङवाट गाडी सहित थापालाई पक्राउ गरेको हो ।जिल्ला प्रहरी परिसर काठमाडौंका प्रबक्ता एसपी अपील राज… पुरा पढौ

नेपाल अटोमोबाईल्स एसोसिएसन र सिद्घार्थ ग्रुपविच सहकार्यको सम्झौता

पोखरा । नेपाल अटोमोबाईल्स एसोसिएसनका सदस्य, खेलाडी, प्राविधिक, तथा सम्पूर्ण अफिसियलहरुलाई सिद्घार्थ विजिनेस ग्रुप अफ हस्पीटालिटीले विशेष छुट सेवा प्रदान गर्ने भएको छ । संघको तर्फबाट जारी हुने सदस्यता, डाईभिङ र राईडिङ लाईसेन्स, ईभेन्टका सहभागी÷अफिसियलको प्रमाणपत्र हुनेहरु सबैले सो सुविधा प्राप्त गर्न पाउनेछन् ।आज काठमाण्डौंमा सो सम्बन्धी सम्झौतामा नासा नेपालका अध्यक्ष दशरथ रिसाल तथा सो ग्रुपको डाइरेक्टर दुर्गा दत्त पन्तले हस्ताक्षर गर्नुभयो । जस अन्तर्गत सिद्घार्थ ग्रुपका नेपालभरिका दुई दर्जन होटल, रेस्टुरेन्ट, क्याफे, क्याटरिङ र पार्टी प्यालेसहरुमा संघको प्रिभिलेज कार्ड… पुरा पढौ

लक्ष्मी आदर्श माविले मनायो ५७ औं वार्षिकोत्सव

पोखरा । पोखरा महानगरपालिका वडा नं २७ को शिसुवामा रहेको लक्ष्मी आदर्श माविले सोमवार ५७ औं वार्षिकोत्सव एवम् छात्रवृत्ति तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयका पूर्व विद्यार्थी समेत रहेका गण्डकी विश्वविद्यालयका कुलपति प्राध्पापक डा. इन्द्रप्रसाद तिवारीले कार्यक्रम उद्घाटन गर्दै विद्यालयको उत्तरोत्तर प्रगतिको कामना गरे । तिवारीले शैक्षिक सुधारका कार्यक्रममा गण्डकी विश्वविद्यालय सहकार्य गर्न तयार रहेको वताए । वडा नं.२७ का वडा अध्यक्ष पूर्णकमार गुरुङले राज्यले शिक्षाको क्षेत्रमा गरेको ठुलो लगानीको सही रुपमा सदुपयोग गरेर ब्यवहारिक र प्रयोगात्मक… पुरा पढौ

लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिटको पोखरा सेसनजलवायु परिवर्तन र प्रेस स्वतन्त्रताको चिन्ता

पोखरा, २८ वैशाख । नेपाल प्रेस युनियनको आयोजनामा पोखरामा भएको लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट अन्तर्गतको ‘पोखरा सेसन’ मा जलवायु परिर्वतन र प्रेस स्वतन्त्रताको विषयमा चिन्ता व्यक्त गरिएको छ ।शुक्रबारदेखि सुरु भएको समिट अन्तर्गत आईतबार ‘पोखरा सेसन’ भएको हो । उक्त कार्यक्रममा बोल्ने वक्ताहरुले पछिल्लो भएका समय जलवायु परिवर्तनका असर र मिडियाका चूनौतिका विषयमा चिन्ता व्यक्त गरेका हुन् । कार्यक्रममा मुख्यमन्त्री पाण्डेले जलवायु परिवर्तनले नेपालको हिमाली क्षेत्रमा पारिरहेको असरका बारेमा लोमान्थाङ अन्र्तराष्ट्रिय मिडिया समिटले विश्वमाझ पु¥याउन सघाउने बताए ।‘जलवायु परिवर्तनले नेपाल… पुरा पढौ

विश्व आस्थामा दिवसमा १२८ जनाले स्वास्थ लाभ लिए

पोखरा । पोखराको न्यूरोडमा रहेको कास्की मोडल हस्पिटलको आयोजना तथा सिप्ला कम्पनीको प्राविधिक सहयोगमा विश्व आस्थामा दिवसको अवसरमा मंगलबार हस्पिटलको प्राङ्गणमा छाती तथा दम रोग सम्बन्धि एक दिने निशुल्क स्वास्थ्य परीक्षणमा शिविरमा १२८ जनाले सुविधा लिएका छन् ।शिविरमा फोक्सोको रोगहरु तथा उपचार संग सम्बन्धि जनचेतना मूलक जानकारी वरिष्ठ छाती रोग विशेषज्ञ डा. शैलेस गुरुङले दिएका थिए ।मानव शरिरको अत्यन्तै महत्वपूर्ण अंग फोक्सो भएको वताउँदै वायू प्रदुषण, धुम्रपान, मद्यपान, धुँवा धुलो तथा चिल्लो, पिरो र अमिलो धेरै मात्रामा खाँदा पनि फोक्सोमा… पुरा पढौ

मादीको भगवतीटारका महिलाले बनाए सिस्नोबाट साबुन

पोखरा । कास्कीको मादी गाउँपालिका वडा नं. १२ मा रहेको भगवती बहुउद्धेश्यीय सिकाई केन्द्रले वडा नं. १२, ११ र १० का महिलाहरुलाई उद्यमी बनाउन भन्दै सिस्नोको साबुन बनाउने लघु उद्यमी ५ दिने तालिम दिएको छ ।मादी गाउँपालिकाको सहयोग र मादी गाउँपालिका वडा नं १२ को समन्वयमा श्री भगवती बहुउद्देश्यीय सिकाई केन्द्रको आयोजनामा संस्थाको भवन भगवतीटारमा प्रदान गरिएको तालिममा सिस्नोको साथै मेवा, तितेपाती, ध्यू कुमारी, लगाएतका जडिबुटि जन्य सामाग्री प्रयोग गरी साबुन वनाउन सिकाईएको थियो ।तालिम समापन कार्यक्रममा बोल्दै मादी गाउँपालिका… पुरा पढौ

पोखरा स्पोर्टस् अवार्डलाई सहयोग आउने क्रम जारी, हिमश्री फुडबाट ५० हजार सहयोग

वैशाख २३, पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने ‘नवौं पोखरा स्पोर्टस् अवार्ड २०८१’ लाई सफल बनाउन सहयोग आउने क्रम जारी छ । यही वैशाख २६ गते पोखराको इभेन्ट सेन्टरमा हुने अवार्डलाई सफल पार्न पछिल्लो क्रममा हिमश्री फुडले सहयोग गरेको छ । हिमश्री फुडका कार्यकारी निर्देशक प्रकाश केसी र मञ्चका अध्यक्ष एमबि आस्था मगरबिच ५० हजार सहयोग गर्ने समझदारी भएको हो । त्यस्तै जिल्ला खेलकुद विकास समितिले समेत सहयोग गर्ने भएको छ । समितिका अध्यक्ष मिलन गुरुङ र… पुरा पढौ

कृषककै सुझाव अनुसार कार्यक्रम तय हुनेछन् ः कृषि मन्त्री श्रेष्ठ

पोखरा,२३ वैशाख । गण्डकी प्रदेश सरकारकी कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री पदमा जिसी श्रेष्ठले कृषककै सुझाव अनुरुप कार्यक्रम तय हुने बताएकी छिन् । प्रदेशका सबैजसो जिल्लाका कृषकसँग प्रत्यक्ष साक्षात्कार गरेको जानकारी दिँदै मन्त्री श्रेष्ठले प्राप्त सुझाव अनुरुप नै आगामी आ.व.का लागि नीति तथा कार्यक्रम तय गरिने बताएकी हुन् ।अखिल नेपाल किसान महासंघ गण्डकी प्रदेश कमिटीद्धारा मंगलबार पोखरामा आयोजित गण्डकी प्रदेशमा कृषि क्षेत्रको अवस्था, सम्भावना र चुनौती विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले भनिन्,‘प्रदेशका सबैजसो जिल्लाका कृषकसँग मैले प्रत्यक्ष… पुरा पढौ

कोटीहोममा हजार कन्याको पूजा र हजार ज्येष्ठ नागरिकलाई सम्मान गरिँदै

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा एक हजार भन्दा बढी बालिका सहभागी गराएर पूजा गरिने भएको छ । आगामी शनिबार तीनदेखि नौ वर्ष उमेर समूहका एक हजार बढी कन्या सहभागी गराएर पूजा गर्ने तयारी भइरहेको प्रचारप्रसार संयोजक लेखराज ढकालले जानकारी दिए ।संयोजक ढकालका अनुसार ७० वर्षभन्दा माथि उमेर पुगेका एक हजार भन्दा बढी ज्येष्ठ नागरिकलाई पनि सम्मान गर्ने तयारी भएको छ ।ज्येष्ठ नारिकलाई श्रीमद्भगवत गीता र पाँच हजार भन्दा बढी रामनाम पुस्तक वितरण गरिने… पुरा पढौ

एसिया प्यासिफिक क्षेत्रका हवाई तथा नागरिक उड्डयन विशेषज्ञहरू पोखरामा

पोखरा, २२ वैशाख । एसिया प्यासिफिक क्षेत्रका हवाई तथा नागरिक उड्डयन विशेषज्ञहरू पर्यटन राजधानी पोखरामा भेला भएका छन् । उनीहरू अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण अन्तरगतको हवाई उड्डयनमा वन्यजन्तुजन्य जोखिम व्यवस्थापन समूहको सातौँ बैठकमा सहभागी हुन पोखरामा भेला भएका हुन् । समूहको बैठक वैशाख २७ गतेसम्म पोखरामा बस्ने छ ।कार्यशाला सहितको बैठकमा एसिया प्यासिफिकमा हवाई उड्डयनको क्षेत्रले भोगिरहेको वन्यजन्तुजन्य जोखिमहरूको अवस्था, त्यसको न्यूनीकरण तथा समाधान र उड्डयन क्षेत्रलाई सुरक्षित बनाउने उपायहरूको खोजी गरिने विज्ञहरूले बताएका छन् । बैठकमा नेपाल सरकारका संस्कृति… पुरा पढौ