
पोखरा, ३२ असार । उच्च अदालत पोखराले आर्थिक वर्ष २०८१÷२०८२ मा वार्षिक लक्ष भन्दा वढी प्रगती गरेको छ । चालु आर्थिक वर्षको अन्त्यसम्ममा दुई हजार पाँच सय दुई वटा मुद्दा फर्छ्यौट गर्ने लक्ष लिएकोमा दुई हजार ६ सय ७० वटा मुद्दा फर्छ्यौट गरेर लक्षको आधारमा १०६.७१ प्रतिशत मुद्धा फछ्र्यौट गरेको हो । नयाँ तथा पुराना गरी तीन हजार चार सय २० मुद्दा मध्य अव ७ सय ५० मुद्दा मात्र आगामी आर्थिक वर्षका लागि जिम्मेवारी सरेको छ ।
सर्वोच्च अदालतले नयाँ तथा पुराना गरि कुल मुद्दाको ६५ प्रतिशत यथार्थ फछ्र्यौट गर्नेगरि काम कार्वाही अगाडी वढाउन निर्देशन गरेपनि उच्च अदालत पोखराले भने ७८.०७ प्रतिशत यथार्थ फछ्र्यौट गरेको अदालतले जानकारी दिएको छ । अघिल्ला पाँच आथिर्क वर्षको आवधिक तुलनामा यो वर्ष लक्षभन्दा प्रगती वढी देखिएको हो । गत आव २०८०÷२०८१ म ५४.४१ प्रतिशत, आव ०७९÷०८० मा ६२.५९ प्रतिशत, आव ०७८÷७९मा ५१.७४ प्रतिशत र आव २०७७÷०७८मा ५२.९३ प्रतिशत मुद्दा फछ्र्यौट भएका थिए ।
वार्षिक प्रगति प्रतिवेदन सार्वजनीक गर्दै मुख्य न्यायाधिस रत्नवहादुर वाग्चन्दले आफ्नो क्षेत्राधिकार भित्रका न्यायालयमा न्याय मर्ने खालका कुनै गलत क्रियाकलाप भएको पाईएमा तत्काल कानूनी प्रक्रिया अनुसार कार्वाही गरिने वताए ।







