पर्यटन

पर्वतीय संग्रहालयमा हर्जाेगको आइस एक्स र सालिक

पोखरा, २३ जेठ । पर्यटन राजधानी पोखरामा रहेको अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा नयाँ आकर्षण थपिएको छ । ७५ वर्षअघि अन्नपूर्ण हिमाल प्रथम पटक आरोहण गर्ने मौरिस हर्जाेगको आइस एक्स (हिउँ काट्ने औजार) बिहीबार उनका छोरा माथियसले सङ्ग्रहालयलाई हस्तान्तरण गरे ।स्विटजरल्यान्डको ओलम्पिक म्युजियमबाट ल्याइएको आइस एक्स अबको एक वर्ष यहाँ राखिनेछ । झ्यालबाट अन्नपूर्ण हिमाल देखिने सङ्ग्रहालय नै आइस एक्सका लागि सबैभन्दा उपयुक्त स्थान भएको माथियस बताउँछन् । अन्नपूर्ण आरोहणको हिरक महोत्सवमा सहभागी हुन सपरिवार नेपाल आएका माथियससहित संघीय संस्कृति पर्यटन तथा… पुरा पढौ

कोटीहोममा भोलि शनिवार २१ करोड दीप प्रज्ज्वलन गरिँदै

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा शनिबार २१ करोड दीप प्रज्ज्वलन हुने भएको छ । यति ठूलो दीप प्रज्वलन सम्भवतः हालसम्म कहीँ पनि नभएको आयोजकको दावी छ । मानव सेवा फाउण्डेशनका व्यवस्थापक विष्णु थापाले आआफ्नो घरबाट ज्योती लिएर दीप प्रज्ज्वलनमा सहभागी हुन भक्तजनलाई आग्रह गरेका छन् । शनिबार बिहान १० बजे ज्योती भिजाउने र साँझ ६ बजे प्रज्ज्वलन गरिने थापाले बताए । शनिबार निर्जला एकादशीसमेत परेकाले फूलको होली खेलिने कार्यक्रम रहेको प्रचारप्रसार संयोजक लेखराज… पुरा पढौ

फोवाताल जोगाउन डुंंगादौड प्रतियोगिता

पोखरा, १८ जेठ । पोखराको फेवातालमा आइतबार भएको दोश्रो राष्ट्रिय खुल्ला डुंगा दौड प्रतियोगितामा पुरुषतर्फ हर्पन सहकारी संस्थाको ‘बी’ समूह र महिलातर्फ ताल पारीको ‘बी’ समूह प्रथम भएका छन् । विजेता दुवै समूहले नगद रु ४० हजार सहित ट्रफि, मेडल, प्रमाण–पत्र प्राप्त गरे । प्रतियोगितामा पुरुषतर्फ बाराही डुंगा घाटले दोश्रो, स्विमिङपुल घाटले तेश्रो र फिष्टेल घाटले सान्त्वना स्थान हाँसिल गरे । महिलातर्फ गौरीघाटले दोश्रो पहारीघाटले तेश्रो तथा जलारी दिदी बहिनी समुहले सान्त्वना स्थान प्राप्त गरे । प्रतियोगितामा महिला र पुरुष… पुरा पढौ

नेपाल अटोमोबाईल्स एसोसिएसन र सिद्घार्थ ग्रुपविच सहकार्यको सम्झौता

पोखरा । नेपाल अटोमोबाईल्स एसोसिएसनका सदस्य, खेलाडी, प्राविधिक, तथा सम्पूर्ण अफिसियलहरुलाई सिद्घार्थ विजिनेस ग्रुप अफ हस्पीटालिटीले विशेष छुट सेवा प्रदान गर्ने भएको छ । संघको तर्फबाट जारी हुने सदस्यता, डाईभिङ र राईडिङ लाईसेन्स, ईभेन्टका सहभागी÷अफिसियलको प्रमाणपत्र हुनेहरु सबैले सो सुविधा प्राप्त गर्न पाउनेछन् ।आज काठमाण्डौंमा सो सम्बन्धी सम्झौतामा नासा नेपालका अध्यक्ष दशरथ रिसाल तथा सो ग्रुपको डाइरेक्टर दुर्गा दत्त पन्तले हस्ताक्षर गर्नुभयो । जस अन्तर्गत सिद्घार्थ ग्रुपका नेपालभरिका दुई दर्जन होटल, रेस्टुरेन्ट, क्याफे, क्याटरिङ र पार्टी प्यालेसहरुमा संघको प्रिभिलेज कार्ड… पुरा पढौ

धर्म विना राजनीति हुदैन – राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाही

पोखरा १६ बैशाख । पोखरा महानगरपालिका वडा नं. १७, बिरौटास्थित हरिहर मन्दिर को जग्गामा मानव सेवा फाउण्डेशनद्वारा आयोजित गण्डकी कोटिहोम महायज्ञ धार्मिक र सांस्कृतिक उत्सवको प्रमुख केन्द्र बन्दै आएको छ। वैशाख ३ गते भूमिपूजन र यज्ञकुण्ड निर्माण पश्चात् चैत्र २९ गतेदेखि अनुराधा पाण्डेयद्वारा भागवत कथा प्रवचनको शुभारम्भसँगै दैनिक कथा वाचन शुरु भएको हो। हाल अन्तरराष्ट्रिय कथा वाचिका देवी प्रतिभाले बैशाख १८ गतेसम्म कथा वाचन गर्ने समय तालिका तय भएको छ, जसले भक्तजनलाई आध्यात्मिक रूपमा मन्त्रमुग्ध बनाएको छ।कार्यक्रममा आज राष्ट्रिय प्रजातन्त्र… पुरा पढौ

एक सय ३५ यात्रु लिएर पोखरा विमाानस्थलमा उत्रियो सिचुवान एयरलाइन्सको न्यारोबडी ए ३१९ विमान

पोखरा, ६ असार । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा वुधवार पहिलो पटक विमान अवतरण भएको छ । चीनको छेन्दुबाट आकास मार्गको दुईहजार किलोमिटर भन्दा लामो दुरी पार गर्दै सिचुवान एयरलाइन्सको न्यारोबडी ए ३१९ विमान आज बिहान ९ बजेर ६ मिनेटमा १३५ यात्रु लिएर पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।१ जनवरी २०२३ बाट सन्चालनमा आएको पोखरा विमानस्थल आन्तरिक उडानमा सीमित रहेको थियो । पहिलोपटक अन्तर्राष्ट्रिय जहाज अवतरण गरेसँगै यहाका पर्यटन व्यवसायीहरु थप उत्साहित भएका छन् । पोखरा विमानस्थलमा अवतरण गर्न लागेको अन्तर्राष्ट्रिय… पुरा पढौ

चालक तथा सहचालकलाई प्रशिक्षण

पोखरा, २२ जेठ । नेपाल पर्यटक यातायात व्यवसायी संघ(एनटिभीए) गण्डकी प्रदेशले चालक तथा सहचालकलाई प्रशिक्षण दिएको छ ।पर्यटक यातायात सेवालाई गुणस्तरीय र भरपर्दो बनाउने उद्देश्यका साथ संघसँग आवद्ध १२० जना चालक तथा सहचालकलाई प्रशिक्षण दिइएको संघका अध्यक्ष बाबुराम पाण्डेले जानकारी दिनुभयो । संघसँग पर्यटक स्तरीय लगभग ४०० को संख्यामा पर्यटक सवारीसाधन रहेको बताउँदै उहाँले वार्षिक कार्ययोजना अनुरुप नै प्रशिक्षण दिइएको बताउनुभयो ।कार्यक्रमका प्रमुख अतिथि एवम् पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पर्यटकको आतिथ्यतामा चालक तथा सहचालकको भूमिका महत्वपूर्ण हुने बताउनुभयो… पुरा पढौ

अन्नपूर्ण गाउँपालिकामा वजार अनुगमन, म्याद गुज्रेका सामानलाई नष्ट गर्न निर्देशन

पोखरा, ६ वैशाख । कास्कीको अन्नपूर्ण गाउँपालिकाले बजार अनुगमन गर्न सुरू गरेको छ । गाउँपालिका उपभोक्ता हित संरक्षण तथा बजार अनुगमन शाखा प्रमुख नारायण क्षेत्री संयोजकत्वको टोलीले मंगलबारदेखि गाउँपालिकाका रेष्टुरेन्ट र किराना पसलमा अनुगन सुरू गरेको हो ।बजार अनुगमनसम्बन्धी कार्यविधि २०७४ सालमै बने पनि गाउँपालिकाले बजार अनुगमन गरेको यो पहिलोपटक हो । २ महिनाअघि क्षेत्री संयोजक भएपछि पहिलोपटक अनुगमन थालिएको हो ।मंगलबार अन्नपूर्ण–१ को फेदी, लेवाडे, नौडाँडा ३५ वटा रेष्टुरेन्ट र किराना पसलको अनुगमन गरिएको संयोजक क्षेत्रीले जानकारी दिए ।… पुरा पढौ

वायु प्रदुशणमा कमी आएसँगै पोखरा विमानस्थलमा अवरुद्ध उडान सुचारु

पोखरा, ३ वैशाख । वायु प्रदूषणका कारण भिजिबिलिटी कमहँुदा तीन दिन देखी अवरुद्ध वन्न पुगेको पोखराको हवाई उडान सेवा आईतवार दिउँसो २ ः ३० वजे पछि संचालनमा आएको छ । देशका विभिन्न भागमा लागेको डडेलोको धुवाँ र धुलोले आकाश ढाक्दा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान अवरुद्ध वनेका थिए ।अन्तर्राष्ट्रिय विमानस्थलमा प्रविधिमा आधारित भएर गरिने उडान (आईएफआर) भए पनि ३७ सय मिटर भिजिबिलिटी आवश्यक पर्छ । धुवाँ–धुलोले आकाश ढाकिँदा भिजिबिलिटी दुई हजार मिटरमा झरेको थियो । ‘अहिले भिजिबिलिटी आवश्यकताभन्दा पनि… पुरा पढौ

‘मेरो गाउँ, मेरो ठाउँले निकै गहिरो र व्यापक अर्थ राख्छ’ – केपी शर्मा ओली

भिडियो च्यालेन्ज अभियानमा लब्ध प्रतिष्ठित व्यक्तित्वहरूको सहभागिता पोखरा, १ वैशाख । आफ्नो गाउँ, आफ्नो ठाउँ कसलाई पो मन नपर्ला १ त्यसमाथि यस्तो गाउँ आफैमा मनमोहक छ भने सुनमा सुगन्ध भइहाल्यो । उत्तिकै चित्ताकर्षक छ भने पर्यटक आगमनका लागि स्वागतको ढोका खोलिने भइहाल्यो । यसले आन्तरिक र बाह्य पर्यटनको क्षितिज उघार्ने अवसर पनि दिने नै भयो । रोजगारी सिर्जना र राष्ट्रिय अर्थतन्त्रमा टेवा पनि दिने यो भन्दा काइदाको कुरा के होला रु नयाँ दुलहीझैँ घुम्टोभित्र रहेका नेपालका मनै लोभ्याउने गाउँ–ठाउँलाई सबैको… पुरा पढौ