वायु प्रदुशणमा कमी आएसँगै पोखरा विमानस्थलमा अवरुद्ध उडान सुचारु

-


     गण्डकी बहस     
     वैशाख ३ गते २०८० मा प्रकाशित


पोखरा, ३ वैशाख । वायु प्रदूषणका कारण भिजिबिलिटी कमहँुदा तीन दिन देखी अवरुद्ध वन्न पुगेको पोखराको हवाई उडान सेवा आईतवार दिउँसो २ ः ३० वजे पछि संचालनमा आएको छ । देशका विभिन्न भागमा लागेको डडेलोको धुवाँ र धुलोले आकाश ढाक्दा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान अवरुद्ध वनेका थिए ।
अन्तर्राष्ट्रिय विमानस्थलमा प्रविधिमा आधारित भएर गरिने उडान (आईएफआर) भए पनि ३७ सय मिटर भिजिबिलिटी आवश्यक पर्छ । धुवाँ–धुलोले आकाश ढाकिँदा भिजिबिलिटी दुई हजार मिटरमा झरेको थियो । ‘अहिले भिजिबिलिटी आवश्यकताभन्दा पनि बढी छ । सात–आठवटा उडान भए,’ पोखरा अन्तराष्ट्रिय विमानस्थलका प्रवक्त विष्णु अधिकारीले भने । आँखाले हेरेर उडान गर्ने (भिएफआर) प्रविधिबाट उडान भर्न ५ हजार मिटर भिजिबिलिटीको आवश्यक पर्छ भने, यान्त्रिक उडान भर्ने (आइएफआर) जहाजका लागि ३ हजार सात सय मिटर आवश्यक पर्छ ।
बिहीबार राति पोखरामै बसेका दुई विमान शुक्रबार बिहान काठमाडौं उडेका थिए । त्यसपछि शुक्रबार दिनभर, शनिबार र आइतबार दिउसोसम्म उडान हुन सकेको थिएन ।
मौसमको खराबीले उडान नियमित हुन नसक्दा नयाँ वर्षमा पोखरा घुम्न आउने र फर्कने पर्यटक प्रभावित भएका छन् । पोखरा विमानस्थलवाट दैनिक करिव ४ हजार यात्रुहरु आवत जावत गर्ने गर्दछन् ।