गण्डकी सेरोफेरो

जनताको अवस्था बदल्न माओवादीलाई भोट दिनूस् ः नेता करण

पोखरा, बैशाख २१ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा कास्की ईञ्चार्ज राजकाजी गुरुङ (करण)ले जनताको अवस्था बदल्न माओवादीको विकल्प नभएको बताएका छन् ।नेकपा माओवादी केन्द्रको पोखरा महानगरपालिका वडा नम्बर १ मा मंगलबार आयोजित घरदैलो कार्यक्रममा बोल्दै उनले भने,‘ब्यबस्थापनि माओवादीका कारण बदल्यौं, अब जनताको अवस्था बदल्नपनि माओवादीलाई नै भोट दिऔं ।’ माओवादीको जनयुद्धका कारण ब्यबस्था बदलिएको र अब अवस्था बदल्नपनि माओवादीलाई नै भोट दिनुपर्ने उनको भनाई थियो । माओवादी नेता करणले माओवादी विकास र समृद्धिको बाहक भएको बताए । ‘अरुले… पुरा पढौ

माओवादी केन्द्र उपाध्यक्ष रानाभाट एमाले प्रवेश

पोखरा, २१ बैशाख । कास्कीको मादी गाउँपालिका नेकपा (माओवादी केन्द्र) उपाध्यक्ष रुद्र रानाभाट नेकपा (एमाले) प्रवेश गरेका छन् । मादी १० भाचोकमा मंगलबार आयोजित कार्यक्रममा मादी ३ निवासी रानाभाट एमालेमा प्रवेश गरेको एमाले मादी सचिव सुवास सापकोटाले जानकारी दिए । उपाध्यक्ष रुद्रसँगै माओवादी मादी गाउँपालिका कमिटी सदस्य सोमबहादुर रानाभाट पनि एमाले प्रवेश गरेका छन् । माओवादीकै मादी वडा १० कमिटी अध्यक्ष रामराज पौडेलले पनि एमाले रोजेका छन् । त्यस्तै कांग्रेस मादी १० का इकाइ सहसचिव कृष्णबहादुर खत्री, कांग्रेसकै निमप्रसाद परियार,… पुरा पढौ

गठबन्धनका उमेद्वारको घोषणा ः ६ महिना भित्र विपन्न नागरिकको निशुल्क स्वास्थ्य बिमा

पोखरा, २१ वैशाख ।गठबन्धनका उमेदवारहरुले पोखरा महानगरपालिकामा रहेका अति विपन्न परिवारको निशुल्क स्वास्थ्य बिमा गर्ने घोषणा गरेका छन् । उनीहरुले आफु निर्वाचित भएको ६ महिना भित्र महानगरमा रहेका अति विपन्न परिवारहरुको निशुल्क स्वास्थ्य बिमा गर्ने घोषणा गरेका हुन् ।पोखरा महानगरपालिकामा आकस्मिक रेस्पोन्स तथा ट्रमा सेन्टरको सुविधा सहित महानगरीय स्वास्थ्य सेवा अन्तरगत मेट्रो अस्पताल समेत संचालन गर्ने गठबन्धनका उमेदवारहरुले जनाएका छन् । विद्यालय स्वास्थ्य सेवा कार्यक्रम अन्तरगत आवश्यक आधारभुत स्वास्थ्य सेवा तथा पोखरामा आउने पर्यटकहरुका लागि पर्यटक स्वास्थ्य सेवा कार्यक्रम पनि… पुरा पढौ

महानगरको विकास गर्न स्रोतको अभाव छैन ः मेयर उम्मेदवार आचार्य

पोखरा, २१ वैशाख ।पोखरा महानगरमा पाँच दलीय गठबन्धनका मेयर पदका साझा उम्मेदवार धनराज आचार्यले महानगरको विकासका लागि श्रोत र साधनको अभाव नहुने बताएका छन् । पाँच दलीय गठबन्धन निर्वाचन परिचालन समितिले पोखरा १७ मा आयोजना गरेको घरदैलोसहितको कोणसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।उनले फेवाताल, पाताले छाँगो, गुप्तेश्वर गुफा, सेती नदी लगायतका यहाँका सम्पदाको पारदर्शी ढंगले उपयोग गर्ने बताए । सबै सरोकारवालाहरुसँग बसेर उनीहरुको भावनालाई सम्बोधन गरेमा विना विवाद काम गर्नसकिने उनको प्रष्टोक्ति छ । ‘पोखरामा रहेका सम्पदाको उचित… पुरा पढौ

रुपाको दलित बस्तीमा काँग्रेस उम्मेदवार ः समावेशी गाउँपालिका बनाउने प्रतिबद्धता

पोखरा, २१ बैशाख । कास्कीको रुपा गाउँपालिकामा नेपाली काँग्रेसको तर्फबाट उम्मेदवारी दिएका प्रमुख र उपप्रमुखसहितको टोली यतिबेला चुनावी घरदैलोमा व्यस्त छ । घरदैलोको क्रममा मंगलबार गाउँपालिका प्रमुखको उम्मेदवार गीमाया गुरुङ र उपप्रमुख नारायणकुमार श्रेष्ठसहितको टोली रुपा २ स्थित थुम्की पुग्यो । थुम्कीको दलित वस्तीमा पुगेर घरदैलो कार्यक्रममा आफ्नो पक्षमा मत मागेको नेपाली काँग्रेसको टोलीले त्यहाँका मतदाताहरुको समस्या र गुनासाहरु पनि सुने । थुम्कीका दलित वस्तीका मतदाताहरुले समुदाय केन्द्रित काम गर्न सुझाव दिँदै यो पटक काँग्रेसले महिलालाई गाउँपालिकाको प्रमुखको रुपमा अगाडि… पुरा पढौ

नवौं राष्ट्रिय खेलकुदको
तयारीमा गण्डकी प्रदेश सरकार

पोखरा, २१ वैशाख । पोखरामा हुने नवौं संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिताका सभ्य र भव्यरुपमा सञ्चालन गर्न गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विशेष चासो दिएका छन् । गण्डकी प्रदेशको राजधानी पोखरामा जेठ २२ देखि २८ गतेसम्म प्रतियोगिता हुँदैछ ।प्रतियोगिताको तयारी र यसको व्यवस्थापनका लागि गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मंगलबार उच्चस्तरीय बैठक बोलाए । प्रतियोगितालाई व्यवस्थापन गर्न अनि दोस्रो प्रदेशको प्रतिनिधित्व गर्दै खेलमा सहभागी हुने खेलाडीको छनोटबारे छलफल गर्न उनले बैठक डाकेका हुन् ।मुख्यमन्त्री पोखरेलले संघ सरकारको कार्यक्रम भए पनि पोखरामा… पुरा पढौ

माओवादी बलियो बनाउने अठोट सहित पोखरामा पूर्वलडाकु र काँग्रेस, एमाले कार्यकर्ता पार्टी प्रवेश

पोखरा ,१९ वैशाख । पोखरा महानगरपालिका– १८ मा जनयुद्धका पुर्वलडाकु दीपेन्द्र तिमिल्सिना सहित १० जना माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।विसं २०६० देखी माओवादीले सञ्चालन गरेको जनयुद्धमा होमिएका तिमिल्सिना शान्ति प्रक्रियापछि स्वतन्त्र रहेकामा परिर्वतनको रक्षाका लागि पुनः माओवादी शक्तिशाली र बलियो बनाउने अठोट सहित पार्टीमा फर्किएका हुन् ।यसैगरी सोही वडाका एमाले क्रियाशिल सदस्य इन्द्र अधिकारी, काँग्रसेका क्रियाशिल सदस्य एवं अधिबक्ता श्रीकृष्ण अधिकारी, लक्ष्मी भण्डारी लगायत १० जना माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।पार्टी प्रवेश तथा चुनावी कोणसभामा बोल्दै पोखरा– १८… पुरा पढौ

पोखरा ६ मा नेकपा एमालेको चुनावी सरगर्मी

पोखरा, १९ वैशाख ।पोखरा महानगरपालिका वडा नम्बर ६ मा आजबाट नेकपा एमालेको चुनावी माहोल तातेको देखिन्छ । बिहान ६ बजेबाट पार्टी कार्यकर्ता तथा उमेद्वारका प्रत्यासी चुनावी प्रचार–प्रसार कार्यका लागि घरदैलो कार्यक्रममा व्यस्त भए । आज बिहान ६ नम्बर वडाको अम्बोटबाट सुरु भएको घरदैलो कार्यक्रम गैरीखेत, ठाडापसल, जरेबरमा पुगेर सम्पन्न भएको थियो । आजै ११ बजेबाट दिउँसो २ बजेसम्म अनेम संघ पोखरा महानगर वडा नम्बर ६ ले चुनाव सम्बन्धी कार्यक्रम आयोजना गरेको थियो । सो कार्यक्रममा एमालेबाट वडाध्यक्षका प्रत्यासी विष्णुबहादुर भट्टराईले… पुरा पढौ

एमाले मादीको घोषणापत्रः केबलकार चलाउन अध्ययन गरिने

पोखरा, १९ वैशाख ।नेकपा (एमाले) मादी गाउँपालिका, कास्कीले चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गरेको छ । पर्यटकीय पूर्वाधार निर्माणलाई जोड दिएर एमाले पालिका कमिटीले चुनाव जितेमा ५ वर्षभित्र गर्ने कार्ययोजना सोमबार सार्वजनिक गरेको हो । मादीमा एमालेबाट प्रमुखमा शिवबहादुर गुरुङ (महेन्द्र) र उपप्रमुखमा कल्पना गुरुङ उमेद्वार छन् ।सम्भाव्यता अध्ययन भइसकेको भुलकुच्चा–कोरीको केबलकार निर्माण कार्य निजी क्षेत्रसँग मिलेर अघि बढाउने एमालेको घोषणापत्रमा उल्लेख छ । कपुचे–कोरी केबलकार, कोरी–माद्रे हिमाल–पिसाङ केबलकार र वार्चोक लम्तरी केबलकार बनाउन सम्भाव्यता अध्ययन गरिने घोषणा एमालेले गरेको छ ।… पुरा पढौ

सत्ता गठवन्धनले निर्वाचन जितिसकेको मेयरका उम्मेदवार आचार्यको दावी

पोखरा १९ वैशाख । स्थानीय निर्वाचन अन्तर्गत पोखरा ३३ मा सत्ता गठबन्धनका उम्मेदावरले जितिसकेको दाबी गरेका छन् । उनीहरुले प्राविधिक हिसाबले मात्र मत परिणामसम्म पर्खिनुपरेको तर्क गरे । भरतपोखरी पुगेका पोखरा महानगरका मेयरका उम्मेदवार धनराज आचार्य र उपमेयरकी उम्मेदवार कोपिला रानाभाटले यस्तो दाबी गरेका हुन् । वडामा समेत गठबन्धन भएको पोखरा ३३ धनराजको गृह वडा हो । उनले आफ्नो राजनीतिक यात्रा यहीबाट सुरु भएको बताउँदै धेरै पटक सूर्य चिन्हमा मतदान मागेको स्मरण गरे । उनले पार्टीमा दुर्घटना भएकाले मुलुक बचाउन… पुरा पढौ