प्रदेश १ को पुन नामकरणको आन्दोलनप्रती पोखरामा रहेका विभिन्न १३ वटा संघ सस्थाहरुको ऐक्यवद्धता

-


     गण्डकी बहस     
     वैशाख १७ गते २०८० मा प्रकाशित


पोखरा, १७ वैशाख । प्रदेश सभाले प्रदेश नं १ को नाम कोशि प्रदेश राखेपछि त्यहाको आदिवासी जनसमुदाय, नागरिक समाज, र विभिन्न सामाजिक संघ सस्थाले गरेको विरोध प्रदर्शनमा पोखरामा रहेका विभिन्न १३ वटा संघ सस्थाहरुले ऐक्यवद्धता जनाएका छन् ।
यसरी ऐक्यवद्धता जनाउनेमा विभिन्न १७ वटा संघ ससथाहरु आवद्ध रहेको नेपाल आदिवासी जनजाती महासंघ गण्डकी प्रदेश समन्वय परिषद, किराँत सेवा समाज कास्की, किराँत याक्थुङ चुम्लुङ कास्की, किराँत सेवा समाज कास्की, नेपाल तामाङ घेदुङ कास्की, नेपाल आदिवासी जनजाती महासंघ कास्की, नेपाल कुमाल समाज सुधार कास्की, अखिल नेपाल आदिवासी जनजाती महासंघ ४ नं प्रदेश समिति, पुर्वेली एकता समाज कास्की, संघिय लोकतान्त्रीक राष्टीय मञ्च , किराँत भाषा लिपी संरक्षक तथा प्रशिक्षक दिनेश लिम्वु,, किरात समाज कास्की लगाएतका संघ सस्थाहरु रहेका छन् । किरात सेवा समाज र किराँत याक्चुङ चुम्लुङ कास्कीले आईतवार पोखरामा प्रदेश नं १ को पुन नामकरणको माग गर्दै आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो ऐक्यवद्धता जनाएका हुन ।
पहिचान सस्कृती हो जाती होईन भन्दै उनीहरुले प्रदेश १ को नामकरण कोशि नभएर पहिचानका आधारमा राख्न आग्रह गरे । पहिहचानको आधारमा हुने नामकरणले मात्र राष्टलाई एकिकृत गर्न र आर्थिक समृद्धि हाँसील गर्न सकिने भन्दै आन्दोलनकारीले उक्त प्रदेशलाई लिम्वुवान प्रदेश घोषणा गर्न माग गर्दै आएका छन् । किरात लिम्वुवान सभ्यता र सस्कृती भएको ठाउमा पहिचान पक्षधरसँग परामर्श नै नगरी प्रदेशको नामकरण गरेर प्रदेश सरकारले समाजमा अशान्ती र द्धन्द सृजना गर्न खोजेको आरोप लगाएका छन् ।
नेपाल आदिवासी जनजाती महासंघ गण्डकी प्रदेश समन्वय परिषदका अध्यक्ष धर्म तमुले पहिचानका आधारमा पुन नामकरण गर्न आग्रह गरे । नेपाल तामाङ घेदुङका अध्यक्ष भनवहादुर तामाङले राष्टीय मुक्ति आन्दोलनसँग जोडिएको पहिचानको आन्दोलनमा आँफूहरुको साथ र सहयोग रहने वताए ।
किँरात सेवा समाज कास्कीका अध्यक्ष दीपेन्द्र राईको अध्यक्षतामा भएको कार्यक्रमको संचालन किँरात भाषा लिपी संरक्षक तथा प्रशिक्षक दिनेश लिम्वुले संचालन गरेका थिए ।