गण्डकीका पहाडी भूभागमा आज चट्याङसहित वर्षाको संभावना

- सतर्क रहन मौषम पुर्वानुमान महाशाखाको अनुरोध

-


     गण्डकी बहस     
     चैत्र २५ गते २०७९ मा प्रकाशित


पोखरा २५ चैत । मौसम पूर्वानुमान महाशाखाले गण्डकी र कोषी प्रदेशको पहाडी भूभागका १–२ स्थानमा आज मेघगर्जन र चट्याङसहित हल्का÷क्षणिक वर्षाको सम्भावना रहेको जनाएको छ ।
शनिवार बिहान मौसम पूर्वानुमान बुलेटिन सार्वजनिक गर्दै महाशाखाले मेघगर्जन र चट्याङबाट हुनसक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।
हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशका कर्णाली प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश, मधेश प्रदेश र कोशी प्रदेशमा आंशिक बदली रहेको र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।
शनिवार दिउँसो कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने छ । कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका १–२ स्थानमा मेघगर्जन र चट्याङसहित हल्का÷क्षणिक वर्षाको सम्भावना रहेको जनाइएको छ ।
आइतवार दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी प्रदेशका पहाडी भूभागका १–२ स्थानमा मेघगर्जन, चट्याङसहित हल्का÷क्षणिक वर्षाको सम्भावना रहेको छ ।
आइतवार राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।
सोमवार दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ । सोमवार राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।