पार्किङ व्यवस्थापन जित र हारको विषय होइन ः प्रमुख आचार्य

-


     गण्डकी बहस     
     माघ २४ गते २०७९ मा प्रकाशित


पोखरा, २४ माघ ।
पोखराको मुख्य बजार क्षेत्र
पृथ्वीचोक–सभागृहचोक–न्युरोड–विपीचोक–महेन्द्रपुल–नयाँ बजार हुँँदै पृथ्वी
चोकसम्मको सडकमा भइरहेको पार्किङ व्यवस्थापनका विषयमा सरोकारवाला निकायहरूसँग
छलफल गरिएको छ ।

छलफलमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सहरलाई सुन्दर
बनाउने अभियानबाट पोखरा महानगरपालिका पछाडि नफर्कने स्पष्ट पार्नुभयो ।
‘पोखराको मुख्य क्षेत्रबाट सार्न सुरु गरिएको पार्किङ व्यवस्थापनलाई बिस्तारै पोखरा
अन्य क्षेत्रहरूमा पनि विस्तार गरिनेछ, प्रमुख आचार्यले भन्नुभयो, सहर सधैं सुन्दर हुनै
पर्छ, यो जित र हारको विषय होइन, यो त पोखराको भविष्यसँग जोडिएको विषय हो ।
सबैले समन्वय गरेर यसलाई कार्यान्वयन गर्नुको विकल्प छैन ।’ सडक पार्किङको
विकल्पका रूपमा तोकिएको क्षेत्रमा पर्याप्त मात्रामा अन्डरग्राउन्ड पार्किङहरू रहेका र
तिनीहरूमा महानगरले आवश्यक समन्वय गरिरहेको प्रमुख आचार्यले बताउनुभयो ।

उहाँले यसबाहेक अन्य क्षेत्रमा रहेका खाली जग्गाहरूलाई समेत पार्किङका लागि व्यवस्था
गरिएको बताउनुभयो । जग्गाधनीहरूले ती जग्गामा स्थायी संरचना निर्माणका लागि
नक्सा सहित आए महानगरले २४ घण्टा भित्र खालि गरिदिने गरी समन्वय गरेको उहाँले
बताउनुभयो । हाल तोकिएको पार्किङ शसुल्कका विषयमा सम्बन्धित सरोकारवालाहरुसंग
छलफल गरेर उपयुक्त शुल्क निर्धारण गरिने प्रमुसख आचार्यले जानकारी दिनुभयो ।
पोखरा सभागृह, पोखरा प्रदर्शनी केन्द्र र सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र नयाँबजार
लगायतका केही स्थानमा अर्को व्यवस्था नभएसम्मका लागि निःशुसल्क पार्किङको
व्यवस्थापन गरिएको छ ।

यातायात व्यवस्था कार्यालय सवारी कास्कीका प्रमुख डिल्लीराज रिजालले कुनै पनि
व्यवसायीले आफ्नो व्यवसाय सञ्चालनका दौरानमा आफ्ना सेवाग्राहीहरूका लागि
आवश्यक पार्किङको व्यवस्था गर्न जरुरी रहेको स्मरण गराउनुभयो । पार्किङ
व्यवस्थापनका लागि महानगरले उपयुक्त समयमा सही कदम चालेको उहाँले
बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालय कास्कीका प्रशासकीय अधिकृत दीपक रेग्मीले पोखराको
पहिचान व्यवस्थित सहर र मर्यादित नागरिक भन्ने बनाउने हो भने सडकमा भइरहेको
पार्किङलाई व्यवस्थापन गर्नुको विकल्प नभएको बताउनुभयो ।
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन प्रजापतिले महानगरले एक्कासि पार्किङ
निषेधको सूचना जारी गर्दा व्यवसायीहरूमा त्रासको वातावरण सृजना भएको उल्लेख
गर्नुभयो । महानगरको योजना सकारात्मक भए पनि तत्काल पार्किङ विस्थापन गरी
व्यवसायीहरूलाई थप शिथिल बनाउन नहुने उहाँले बताउनुभयो ।
पार्किङ व्यवस्थापनका लागि ३ दर्जन बढी अन्डर ग्राउन्ड र दर्जन बढी खाली
जग्गाहरूमा पर्याप्त व्यवस्था गरिएको महानगरपालिकाले जनाएको छ ।