घुस प्रकरणमा जोडिएका निवर्तमान मन्त्री र सचिव माथी छानविन हुँदै

-


     गण्डकी बहस     
     असाेज ५ गते २०८३ मा प्रकाशित


पोखरा ५ असोज । पोखरामा रहेको पद्म नर्सिङ होम प्रा.लिको वेड संख्या वढाउन अनुमती दिने क्रममा घुस लिएको आरोप लागेका स्वास्थ्य सचिव डा युवानीधि बसौलालाई जिम्मेवारीवाट हटाईएको छ । मन्त्रीपरिषदको वैठकले उनलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा काजमा खटाउने निर्णय गरेको सरकारका प्रवक्ता तथा अर्थमन्त्री जीतवहादुर शेरचनले वताए ।

स्वास्थ्य मन्त्रालयले पछिल्लो दुई वर्षमा अस्पताललाई दिएको अनुमति तथा अस्पताल स्तरोन्नतिसम्बन्धी कानुनी व्यवस्था र अभ्यासबारे समेत छानबिन गरिने भएको छ ।

घुस प्रकरणमा अनुसन्धान र छानबिन अघि बढेकाले अनियमितताको विषय स्पष्ट छानबिनका क्रममा भएकाले पद्म नर्सिङ होमलाई ५० वाट १०० वेडमा स्तरोन्नतीका लागी दिइएको अनुमति कार्यान्वयन नगर्ने, नगराउने वा स्थगित गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।
मन्त्रालयले पछिल्लो दुई वर्षमा अस्पताललाई दिएको अनुमति तथा अस्पताल स्तरोन्नतिसम्बन्धी कानुनी व्यवस्था र अभ्यासबारे समेत छानबिन गरिने भएको छ । त्यसका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिवको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ । समितिलाई १५ दिनभित्र प्रतिवेदन पेस गर्न भनिएको छ ।

एमालेका निवर्तमान मन्त्री लक्ष्मणवहादुर पाण्डे घुस प्रकरणमा जोडिएपछि नेकपा एमाले गण्डकी प्रदेश सभा संसदीय दलले पनि घटनाको सत्यतथ्य छानबिन गर्न छुट्टै समिति गठन गरेको छ ।

दलका प्रमुख सचेतक देवका पहारी त्रिपाठीको संयोजकत्वमा गठित समितिलाई १५ दिनभित्र छानबिन गरी प्रतिवेदन पेस गर्न भनिएको छ ।

समितिका सदस्यमा एमाले गण्डकी प्रदेश सभा सदस्य तथा संसदीय बोर्डका सचिव वेदबहादुर गुरुङ र पार्टी प्रदेश कमिटीका तर्फबाट प्रदेश कमिटी सचिव धनञ्जय दवाडी रहेका छन् ।