समस्याको पहिचान र समाधानको उपाय खोज्दै जनतासँग सांसद पौडेल

-


     गण्डकी बहस     
     श्रावण ८ गते २०८३ मा प्रकाशित


पोखरा, ८ साउन । कास्की क्षेत्र नं २ का संघिय सांसद उत्तम प्रसाद पौडेल यतिवेला जनताको घरदैलोमा व्यस्त छन् । संसद अधिवेशन नचल्दा प्राय उनी आफ्नो निर्वाचन क्षेत्रका जनतामाझ पुग्ने गर्दछन । त्यहा उनले आँफु प्रतक्ष सहभागि भएर स्थानिय जनतासँग संवाद र छलफल चलाउछन् । स्थानियले दिएको सुझाव, उनीहरुका गुनासा, समस्याको पहिचान र समाधानका उपायहरुको खोजी गर्दै सांसद पौडेलले त्यस क्षेत्रका योजनाको टिपोट गर्दछन । भूईतहका जनतासँगको छलफल र त्यहावाट आएको निष्कर्षलाई परिणाममुखी वनाउन उनले सम्वन्धीत निकायसँग समन्वयात्मक भूमीका खेलिरहेका छन् ।
निर्वाचनका वेला जनतामाँझ गरेका प्रतिवद्धता र विकासका योजनाहरुलाई प्राथमिकिकरण गर्दै सांसद पौडेलले अव वस्ने राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको वैठकमा सँस्थागत रुपमा पेश गर्ने योजना वनाएका छन् । संसद अधिवेशन सुरु भएपछि आफ्नो क्षेत्रका समस्या र समाधानको उपाय सहित संसदीय दलमा प्रस्तुत गर्ने तयारीमा रहेको सांसद पौडेलले वताए
आफ्ना गुनासा सुनाउन पाएकोमा र आफ्नो क्षेत्रको विकासयोजना वारे सांसदवाटै प्रतक्ष सुन्न पाएपछि सो क्षेत्रका मतदाता पनी उत्साहीत देखिएका छन् । राज्य शक्तिको पहुचमा पुग्न नसकेका साधारण जनता, मजदुर, किसान र सांसद वीचको अन्तर संवादले स्थानीय तहमा संघिय सांसदको प्र्रभावकारी भूमीका देखीन थालेको भन्दै स्थानियवासिले सांसद पौडेलको प्रसंसा गरे ।
हिजो चुनाव जित्थे, सांसदहरु राजधानी काठमाण्डौ पुगेपछि मतदातालाई विर्सन्थे । आफ्नै जनप्रतिनिधिलाई भेट्न नेताका निकट कार्यकर्ताको सहारा लिनु पथ्र्यो । तर अहिले जनतालाई भेट्न सांसद गाँउ वस्तीमा भेटिन्छन भन्दै सामाजिक संजालमा समेत सांसद पौडेलको चर्चा हुन थालेको छ ।
पोखरा वडा नं ३३ का स्थानियवासि सिपि आचार्य भन्छन – फरक त देखिएकै छ । हिजो चुनाव जितेपछि नेता हराउँथे, आज चुनाव जितेपछि नेता जनतामाझ भेटिन्छन् । हिजो जनताले भेट्न पालो कुर्नुपथ्र्यो, आज नेताले जनताको घरदैलो पुगेर कुरा सुन्छन् । आचार्यले आफ्नो सामाजिक संजालमा लेखेका छन । ‘यही हो परिवर्तन, यही जनप्रतिनिधिको वास्तविक परिचय हो । देश एकै रातमा बन्दैन । तर जनताबाट टाढिने होइन, जनतासँगै हिँड्ने नेतृत्व आयो भने देश बन्ने आशा अवश्य पलाउँछ ।
नागरिकसँगको भेटघाटमा उनले औपचारिक भन्दा अनौपचारिक छलफल लाई नै महत्व दिने गर्दछन । पोखरा महानगरको ११ वटा वडाहरु रहेको निर्वाचन क्षेत्र नं २ अन्तर्गत उनले वडा नं २०, २१ र ३३ नं वडाका मतदातासँग गाँउका चौतारी, पाटी÷पौवाहरुमा वसेर भेटघाट गरिरहेका छन् ।