मन्त्रीहरुकाे मर्यादाक्रममा हेरफेर,तेस्रो वरियताका गृहमन्त्री सुदन गुरुङ पाँचौ वरियतामा

-


     गण्डकी बहस     
     चैत्र २४ गते २०८२ मा प्रकाशित


प्रधानमन्त्री वालेन्द्र शाहले संघिय मन्त्रिपरिषद्‌को मर्यादाक्रम हेरफेर गरेका छन् । आज वसेकाे मन्त्रीपरिषद वैठकवाट मर्यादाक्रम हेरफेर गरेका हुन । प्रधानमन्त्री बालेन्द्र शाहपछिको वरियतामा अर्थमन्त्री स्वर्णिम वाग्ले यथावत छन् । यसअघि तेस्रो नम्बर वरियतामा रहेका गृहमन्त्री सुधन गुरुङ अब पाचौं नम्बरमा पुगेका छन् ।

नयाँ मर्यादा अनुसार तेस्रो वरियतामा परराष्ट्रमन्त्री शिशिर खनाल रहेका छन् । चौथौमा उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठ रहेका छन् ।

पाचौं वरियतामा गृहमन्त्री गुरुङ रहेका हुन् । छैटौं वरियतामा भौतिक पूर्वाधार तथा यातायात; सहरी विकासमन्त्री सुनिल लम्साल रहेका छन् ।कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम सातौं वरियतामा छिन् । यसपछि क्रमश महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता बादी, संघीय मामिला तथा सामान्य प्रशासन, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावल, स्वास्थ्य तथा जनसंख्या, खानेपानीमन्त्री निशा मेहता, शिक्षा, विज्ञान तथा प्रविधि: युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेल रहेका छन् ।