रास्वपाका डिपि अर्याल सभामुखमा निर्विरोध निर्वाचित

-


     गण्डकी बहस     
     चैत्र २२ गते २०८२ मा प्रकाशित


राष्ट्रिय स्वतन्त्र पार्टीका डोलप्रसाद अर्याल प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित भएका छन् ।

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्याल निर्विरोध निर्वाचित भएको घोषणा आइतबार गरे । 

सभामुखमा अर्यालको मात्र उम्मेदवारी परेपछि उनलाई निर्विरोध निर्वाचित भएको घोषणा गरिएको हो ।

अर्याललाई रास्वपा सभापति रवि लामिछानेले प्रस्ताव तथा मन्त्रीत्रय स्वर्णिम वाग्ले, सुनिल लम्साल र सोविता गौतमले समर्थन गरेका थिए ।