कास्की -३मा करिव २५ हजार मतान्तरले रास्वपाकी विना गुरुङ विजयी

-


     गण्डकी बहस     
     फागुन २३ गते २०८२ मा प्रकाशित


पाेखरा ,२३ फागुन । कास्की क्षेत्र नम्बर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकि उम्मेदवार बिना गुरुङ विजयी भएकी छन् । रास्वपाकी गुरुङले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका मनोज गुरुङलाई २४ हजार ९ सय ७० मतान्तरले हराउँदै विजयी भएकी हुन् । गुरुङले ३७ हजार ९ सय ५० मत प्राप्त गरिन् भने पराजित मनोज गुरुङले १४ हजार ९ सय ८० मत प्राप्त गरे । यहाँ नेकपा एमालेका उम्मेदवार दामोदर पौडेल बैरागीले ७ हजार ९ सय ६ मत प्राप्त गरे । दामोदर यस अघि काे निर्वाचन २०७९मा साेहि क्षेत्रवाट निर्वाचित भएका थिए । तर अहिले लज्जास्पद हार वेहाेरेका छन । त्यस्तै नेपाली कम्युनिस्ट पार्टीका गोपाल गिरीले १ हजार ४ सय ५६, राप्रपाका अर्जुनप्रसाद खनालले १ हजार ४ सय ०६, श्रम संस्कृति पार्टीका हितकाजी गुरुङले ५८६, उज्यालो नेपाल पार्टीका तर्कबहादुर गुरुङले ४६२ मत प्राप्त गरे ।