
पाेखरा, २१ फागुन । प्रतिनिधि सभा सदस्यका लागि आज भएको निर्वाचन केहि छिटपुट घटना वाहेक देशभर सामान्य रुपमा सम्पन्न भएको छ । मतदाताले उत्साह पुर्वक शान्त र भयरहित वातावरणमा आफ्नो प्रतिनिधि छान्न मताधिकार प्रयोग गरेका छन् ।
निर्वाचन आयोगले देशभर करिब ६० प्रतिशत मत खसेको प्रारम्भिक जानकारी गराएको छ ।
आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले करिब ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान रहेको जानकारी दिए । यद्यपि पूरा विवरण संकलन हुँदै गरेको उनले बताए ।
निर्वाचनमा एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता थिए । जसमा ९६ लाख ६३ हजार ३५८ पुरुष मतदाता, ९२ लाख ४० हजार १३१ महिला मतदाता र २ सय जना अन्य मतदाता थिए ।







