
पोखरा । पोखरा महानगरपालिकाले विविध कार्यक्रमका साथ आप्mनो ६७ औं स्थापना दिवस मनाएको छ । वि. सं २०१६ साल पुष २ गते पहिलो पटक पोखरा नगरपालिका गठन भएको हो । त्यसपछि पोखरा नगर पञ्चायत, पोखरा उपमहानगरपालिका, पोखरा लेखनाथ महानगरपालिका हुँदै वनेको पोखरा महानगरपालिकाले पुस २ गतेलाई आधार मानेर स्थापना दिवस मनाएको हो । यस अघि महानगरले विभिन्न मितिमा आनो स्थापना दिवस मनाउदै आएको थियो । दिवसको अवसरमा विहान जातीय पहिचान झल्कने झाकी सहितको प्रभातफेरी निकालियो । सांस्कृतिक झाँकीसहितको ¥याली न्यूरोडहुँदै पोखरा सभागृहमा पुगेर मूल समारोहमा परिणत भएको थियो ।
सो अवसरमा पोखरामा बसेर विभिन्न क्षेत्रमा योगदान गरेका ९ जनालाई पोखरेली नवरत्न सम्मान गरियो । उनीहरुलाई नगद २ लाख २ हजार २ सय २ सहित पदक, ताम्रपत्र र दोषल्ला ओढाएर पोखरा रत्न सम्मानबाट सम्मानित गरिएको हो । जसमा संगीत तथा गायनतर्फ नेपथ्य व्याण्डका अमृत गुरुङ, समाजसेवा तथा उद्योगतर्फ चन्द्रकृष्ण कर्माचार्य, पत्रकारितातर्फ तिलकमान गुभाजु साहित्यतर्फ तीर्थ श्रेष्ठ, उद्यमशिलतातर्फ रामकली खड्का, खेलकुद तथा शिक्षातर्फ प्रा.डा.बिरेन्द्रसिंह गुरुङ, शिक्षा सेवा र उद्योगतर्फ हरिप्रसाद पाण्डे,स्वास्थ्यतर्फ प्रा.डा.बुद्धिबहादुर थापा, धार्मिक पर्यटन तथा कृषि उद्यमतर्फ चन्द्रकान्त बराललाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचायले सम्मान गरे ।
पोखरेली नवरत्न बनेका तीर्थ श्रेष्ठको साहित्यिक क्षेत्रमा अतुलनीय योगदान छ भने उनी सामाजिक सेवामा पनि उत्तिकै अग्रणी स्थानमा छन् । उनका तीर्थ श्रेष्ठका कविताहरु, जीन्दगीको कुरुक्षेत्रबाट, महाभारतका गीतहरु, मेरै हिमालजस्तो, जिन्दगीको गोधुलीमा, धर्सैधर्साको चक्रव्यूहमा, आमा तथा हिउँमा लेखिएका नामहरुलगायतका आधा दर्जन भन्दा बढी कृतिहरु प्रकाशित छन् । उनले पोखरेली युवा सांस्कृतिक प्रतिष्ठान, विन्ध्यबासिनी धार्मिक क्षेत्र विकास समितिलगायतका संघ,संस्थाहरुमा बसेर निरन्तर सामाजिक सेवा गरिरहेका छन् ।
नेपथ्य व्याण्डका गायक अमृत गुरुले साढे तीन दशक गीतसंगीतमा बिताईसकेका छन् भने उनी आजपर्यन्त पनि उत्तिकै सकृय छन् । स्वरमा जादू भएका उनी पोखराका गर्विलो रत्न हुन् । स्वदेशमात्र होईन, विदेशमा पनि सांगीतिक यात्रा गरिरहेका उनले जहाँ पुगे पनि पोखराको प्रचारप्रसार गर्नेगर्छन् । त्यसैले पोखराको ब्राण्डिङमा उनको पनि महत्वपूर्ण योगदान छ । पोखरा र सिंगो नेपालको पहिचान अभिबृद्दि, पर्यटन प्रवद्र्दन, शान्तिका लागि शिक्षा, सुन्दर शान्त नेपाल, शान्ति संगीतयात्रा, शान्तिका लागि शिक्षा भ्रमण, मानवता प्रवद्र्दनमा पनि उनको योगदान अतुलनीय छ ।
अर्का पोखरेली रत्न तिलकमान गुभाजुले आफ्नो कलम मार्फत ६ दशकदेखि आवाजविहीनहरुको आवाज बन्दै आएका छन् । उनी बौद्दमार्गीहरुका एक अध्येता र प्रचारप्रसारकसमेत हुन् ।
पोखरालाई कर्मथलो बनाएका अर्का पोखरेली रत्न चन्द्रकृष्ण कर्माचार्य औद्योगिक विकासका एक धरोहर हुन् । कर्माचार्य ग्रुपमार्फत पोखराकै अभिन्न क्षेत्र लेखनाथमा बिस्कुट, तेल, चकलेट, चामल, चिउरा, आँटा तथा डेरीजन्य उत्पादन गरि आयाता प्रतिस्थापन गर्नुका साथै त्यसमार्फत रोजगारी सिर्जना गरेर पोखराको विकासमा महत्वपूर्ण योगदान दिएका छन् । त्यतिमात्र होईन लेखनाथ उद्योग वाणिज्य संघको संस्थापक अध्यक्ष भई उद्योगी, व्यवसायीको हक, हित र अधिकारको क्षेत्रमा तथा लेखनाथ साना सहरी खानेपानी उपभोक्ता संस्थाको संस्थापक उपाध्यक्ष तथा पूर्व उपाध्यक्ष रहि स्थानियलाई स्वस्थ खानेपानी पु¥याउन भूमिका खेलेका थिए ।
औद्योगिक घराना हरिप्रसाद पाण्डे पोखरालाई कर्मथलो बनाएका स्थापित उद्योगपती हुन् । उद्योग व्यवसायको प्रवद्र्दन, कलकारखाना÷मेसिनरी टुल्स (प्रविधि)को विकास र रोजगारी सिर्जना गरि पोखराको औद्योगिकरण गर्न उनको महत्वपूर्ण योगदान छ । उनले माछापुच्छ«े मेटल एण्ड मेसिनरी वक्र्स, पोखरा फुड्स, एभरेस्ट ईञ्जिनियरिङ वक्र्स, पोखरा मेसिन टुल्स ईण्डष्ट्रिज, पोखरा नुडल्स तथा रम्बा जनरल फुड ईण्डष्ट्रिज कम्पनी सञ्चालन गर्दै आएका छन् । उद्योगतर्फ मात्र होईन, उनले मातृसेवा प्रतिष्ठानमार्फत सयौं विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरि शैक्षिक उन्नयनमा योगदान दिदै आएका छन् ।
पोखरा रत्नबाट सम्मानित एकमात्र महिला रामकली खड्का विगत पाँच दशकदेखि पोखरालाई कर्मथलो बनाइरहेकी उद्यमशिलता प्रवद्र्दनका धरोहर हुन् । उनले महिला सीप विकास संस्थामार्फत हजारौं महिलालाई सीप सिकाएर उद्यमशिलता विकास गर्नुका साथै उनीहरुले उत्पादन गरेका हस्तकलाका सामानहरु निर्यात गरि आर्थिक सशक्तिकरणमा पनि उत्तिकै योगदान गरेकी छन् ।
पोखरेली रत्न प्रा.डा.बिरेन्द्रसिंह गुरुङ पृथ्वीनारायण क्याम्पस पोखराको शैक्षिक उन्नयनमा उनको योदगान अतुलनीय छ ।उनी खेल अभियन्ता पनि हुन् । पोखरा रंगशालाको संरक्षणार्थ पर्खाल निर्माणमा उनको महत्वपूर्ण योगदान छ । अधिकांश खेलहरु पोखरामा भित्राउने श्रेय पनि उनलाई जान्छ । क्रिकेट खेलका लागि मैदान निर्माणदेखि खेल प्रवद्र्दन गर्ने, हक्की, टेनिस, बास्केटबल, एथ्लेटिक्स, भलिबल, फुटबलको विकास, खेलाडी उत्पादन र संरचना निर्माणमा उनको उत्तिकै योगदान छ ।
अर्का पोखरेली रत्न प्रा.डा.बुद्दिबहादुर थापा स्वास्थ्य क्षेत्रका अग्रणी हुन् । उनले स्वास्थ्य जाँचमार्फत हजारौंलाई स्वस्थता प्रदान गर्नुका साथै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको संस्थापक उपकुलपति, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको मेडिकल सुपरिटेण्डेन्ट रहि असल चिकित्सक मात्र नभई चिकित्सा क्षेत्रको भौतिक पूर्वाधार निर्माण, प्राज्ञिक संरचना बिस्तार र दक्ष जनशक्ति निर्माणमा महत्वपूर्ण योगदान दिएका छन् ।
त्यस्तै, पोखराका अर्का व्यवसायी चन्द्रकान्त बराल धार्मिक पर्यटन प्रवद्र्दक हुन् । उनको अगुवाईमा पोखरा–२२ पुम्दीकोटमा नेपालकै अग्लो महादेवको मन्दिर निर्माण गरिएको छ । जसका कारण सुनसान प्रायःहुने पुम्दीकोट अहिले गुल्जार बनेको छ । त्यहाँ हाल दैनिक १० हजार बढी पर्यटक पुग्ने गरेको बताईन्छ ।
सो अवसरमा पोखरा महानगरपालिकाले पोखरा २८ नीवासी १०७ वर्षिया झ्याउरीमाया तिमिल्सिना र पोखरा ३२ निवासी १०४ वर्षिय काशीनाथ पण्डितलाई महानगर माता÷पिताको सम्मान दिएको छ । महानगरले स्थापना दिवसमा हरेक वर्ष महानगर भित्रको सबैभन्दा ज्येष्ठ नागरिकलाई महानगर माता÷पिताको सम्मान प्रदान गर्दै आएको छ ।
हेम आचार्य सर्वोत्कृष्ट, सापकोटा लगाएत पाँचजना उत्कृष्ट, पाँच जना कर्तव्यनिष्ठ कर्मचारी
पोखरा महानगरपालिकाको सर्वोत्कृष्ट कर्मचारी हेम आचार्य बनेका छन् । महानगरको शिक्षा महाशाखा प्रमुख रहेका उनलाई सर्वोत्कृष्ट कर्मचारी घोषणा गरि सम्मान गरिएको हो । वर्ष उत्कृष्ट कर्मचारीका रुपमा पोखरा २६ नं वडा कार्यालयमा कार्यरत नवराज सापकोटा बनेका छन् । उनले नगद रु ३५ हजार सहित सम्मानीत भए । उनीहरु सहित महानगरले ५ उत्कृष्ट कर्मचारी र ५ कर्तव्य निष्ठ कर्मचारी घोषणा गरि नगदसहित सम्मान गरेको छ ।
कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डले उनलाई नगद ३५ हजार, सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
कर नतिर्ने मणिपाललाई सर्वोत्कृष्ट करदाता सम्मान
पोखरा महानगरपालिकाले उत्कृष्ट करदाताका रूपमा मणिपाल शिक्षण अस्पताललाई सम्मान गरेको छ । यो सम्मान सँगै पोखरा महानगरपालिका आलोचित वनेको छ । मणिपालले पोखरा महानगरलाई वुझाउनु पर्ने कर हालसम्म पनि वुझाएको छैन ।
मणिपालले महानगरलाई तिर्नुपर्ने नक्सापास बापतको करिब २० करोड तिर्न बाँकी छ । महानगरले नियमविपरित अस्पताललाई कर छुट दिने निर्णय गरेको थियो ।
गलत नियतका साथ राजस्व छुट दिइएको उजुरी परेपछि अख्तियारले महानगरमा छापा हानेर कागजात नियन्त्रणमा लिएको थियो । मणिपालले ३६ लाख १४ हजार १५ रुपैयाँ कर तिरेर सर्वाधिक कर तिर्ने व्यवसाय बनेको भन्दै महानगरले स्थापना दिवसमाा उस्लाई सम्मान गरेको हो ।
महानगरले तत्कालीन समयमा तिर्नुपर्ने नक्सापास बापतको रकम अहिले तिरिरहेको कर फरक भएकोले सम्मान गरिएको दाबी गरेको छ । राजस्व छुट गरेको विषय अहिले पनि अख्तियारमै विचाराधीन छ ।
दोस्रोमा पोखरा ग्राण्ड प्रालि बनेको छ । ग्राण्डले २१ लाख ८४ हजार १ सय ८६ रुपैयाँ तिरेको हो । मालपोत, सम्पत्ति र व्यवसाय कर तिरेर दोस्रो भएको महानगरले जनाएको छ । महेश बहादुर भट्टराईले ११ लाख १४ हजार १ सय ३६ रुपैयाँ मालपोत र सम्पत्ति कर तिरेर तेस्रो भएका छन् ।
सोही समारोहमा नियमित कर तिर्ने धिरज अर्याल, रामबाबु घिमिरे र राधा तिमिल्सिनालाई सम्मान गरिएको थियो ।
उनीहरुले मालपोत र सम्पत्ति कर समयमै तिरेका महानगरले जनाएको छ । धिरजले ४ हजार ७१, रामबाबुले १ हजार २ सय १४ रुपैयाँ र तिमिल्सिनाले १ हजार ४ सय ७४ रुपैयाँ कर तिरेका हुन् ।









