इन्द्रेणीको ५६ औ साधारण सभा , सात विद्यार्थीलाई सम्मान

-


     गण्डकी बहस     
     श्रावण १८ गते २०८२ मा प्रकाशित


                                                                                                                                                                                                                                                                              पोखरा १७ साउन                                                                                                                                                                                                    पोखरा महानगरपालिका वडा नम्बर १ पुरानो टुँडिखेलस्थित इन्द्रेणी एकिकृत विकास केन्द्रको ५६ औ साधारण सभा शनिबार सम्पन्न भएको छ । २० वैशाख २०३७ मा स्थापना भएको केन्द्रको साधारण सभाको केन्द्रका संस्थापक अध्यक्ष राजेन्द्ररमण पराजुलीले उद्घाटन गरेका थिए । 

साधारण सभाले केन्द्रले गत आर्थिक वर्ष २०८१÷२०८२ मा संचालन गरेको विभिन्न काम र गतिविधिको समिक्षा सगै चालु आर्थिक वर्ष २०८२÷२०८३ मा गर्न प्रस्ताव गरिएका कार्यक्रमहरु र त्यसलाई संचालन गर्न आवश्यक बजेट समेत पारित गरेको थियो ।
पारित कार्यक्रमहरुमा केन्द्रका सदस्यहरुलाई आवासीय तालिम संचालन सगै रिफ्रेशमेन्टका लागि भ्रमण कार्यक्रम संचालन, वार्षिकोत्सवमा रक्तदान, शवयात्रा वहान संचालन गर्ने, इन्द्रेणी आवासिय क्रियाकर्म भवनलाई थप व्यवस्थित गरि संचालन गर्ने, शवयात्रा वाहान र क्रियाकर्म भवन संचालनका लागि कोष खडा गर्ने, आउदो भाद्र ६ गते देखि भाद्र १५ गतेसम्म तेस्रो ऐतिहासिक टुंडिखेल तीज महोत्सव–२०८२ संचालन गर्ने, कुनै एक सामुदायिक विद्यालय छनौट गरी विद्यार्थीहरुलाई लक्षित गरी विद्यालय सपोर्ट कार्यक्रम संचालन गर्ने, इन्द्रेणी प्रतिभा पुरस्कारलाई निरन्तरता, इन्द्रेणी आवसीय क्रियाकर्म भवनको प्रवेशद्वारमा गेट निर्माण, इन्द्रेणी आवासीय माछापुच्छ्रे दृष्यावलोकन पार्कलाई आवश्यकता अनुसार व्यवस्थित गर्ने, केन्द्रको विधान अनुसार विशिष्ट सदस्य १० जनालाई, ३० जनालाई आजीवन सदस्यता र २० जनालाई साधारण सदस्यता प्रदान गर्ने लगायतका रहेका छन् ।
यसै गरि सभामा पोखरा १ स्थित सामुदायिक विद्यालयहरुबाट २०८१ को एसईईमा उच्च अंक ल्याउने तीन र केन्द्रका सदस्यका छोरा छोरीहरु मध्ये चार गरि सात जनालाई सम्मान गरिएको थियो । सम्मान गरिएका विद्यार्थीहरुमा राष्ट्रिय माविका निश्चल देवकोटा, सस्कृतका सुनिल पौडेल र रत्नाका रोशनी गुरुङ रहेकी छिन् । उनीहरुलाई जनही तीन हजार नगद र सम्मान पत्र सहित सम्मान गरिएको थियो । यसै गरि केन्द्रका सदस्यका छोराछोरीहरु अभिषेक सुवेदी, असिन गौतम, संगीता भट्टराई र शिवा गिरीलाई सम्मान गरिएको थियो ।
सभामा केन्द्रका अध्यक्ष भानुभक्त अधिकारीले केन्द्रको आयोजनामा आउदो ६ देखि १५ भाद्रसम्म आयोजना हुने तेस्रो संस्करणको ऐतिहासिक टँुडिखेल तीज महोत्सव २०८२ को तयारी तीव्र गतिमा भै रहेको जानकारी दिएका थिए । १० दिने महोत्सवमा मौलिक तीजगीत प्रतियोगिता (आमा समूहगत), खुल्ला एकm नृत्य प्रतियोगिता, परम्परागत सिप ढिँकी जातो प्रतियोगिता, छेलो हान्ने प्रतियोगिता समेत संचालन हुनेछन् । यसै गरि महोत्सवमा दैनिक उपभोग्य सामान, कृर्षि, हस्तकला, बैक तथा वित्तिय सस्था, लत्ता कपडा, रेष्टुरेन्ट लगायत विभिन्न स्टलहरु सगै राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती सगै वाल उद्यान समेत रहने अधिकारी जानकारी दिए ।