कास्की कांग्रेसका पुर्व सभापति कृष्ण केसी लगाएतका नेता कार्यकर्ता माथीको कार्वाही अबिलम्व फुकुवा गर्न माग गर्दै अनुशासन समितिलाई पत्राचार

-


     गण्डकी बहस     
     श्रावण ६ गते २०८२ मा प्रकाशित


पोखरा, ५ साउन । कास्कीमा ईमान्दार, स्वाभिमानी र विकासप्रेमी नेताको रुपमा आफ्नो पहिचान वनाएका नेपाली कांग्रेस कास्कीका पुर्व सभाापति कृष्ण केसी, पूर्व आमन्त्रित केन्द्रिय सदस्य कुमार खड्का र भावना श्रेष्ठ लगायतका नेता, कार्यकर्तामाथि गरिएको कारबाही प्रति तीव्र विरोध जनाउदै कास्कीका नेता, कार्यकर्ता तथा भातृसंगठनहरुले अविलम्व कार्वाही फुकुवाको माग गरेका छन् । पार्टीको एकता र सिद्धान्त जोगाउन निशर्त कार्वाही फुकुवा नगरे आगामी निर्वाचनमा कांग्रेस झन कमजोर वन्ने र विपक्षि वलियो हुनेभएकाले कास्की कांग्रेसले ठुलो क्षती वेहोर्नुपर्ने चेतावनी दिएका छन् । कांग्रेसका नेता कार्यकर्ताले कारबाही अनुपयुक्त, विरोधाभास, व्यक्ति केन्द्रीत र राजनीतिक प्रतिशोधको रुपमा आएको टिप्पणी गरेका छन् ।
यसैबीच, नेपाली कांग्रेस प्रदेश सभा, क्षेत्रीय कार्यसमितिको कार्यालय क्षेत्र नं १ ख कास्कीको पूर्ण बैठकले निर्णय गर्दै कांग्रेस केन्द्रीय अनुशासन समितिका संयोजकलाई ’अनुशासनको कारबाही पुनरावलोकन खारेज’ सम्बन्धमा पत्र लेख्दै कारबाहीप्रति गम्भिर आपत्ति प्रकट गरिएको छ ।
सभापति कृष्णप्रसाद कोईराला, समितका पदाधिकारीसहित २८ जनाले लिखित रुपमा सो आपत्ति जनाउदै कारबाही पूर्णतः अन्यायपूर्ण, पूर्वाग्रही र गुटको प्रभावमा आधारित भएकोले गम्भिर आपत्ति प्रकट गरिएको जनाईएको छ ।
पत्रमा लेखिएको छ–’नेपाली कांग्रेसभित्र पार्टी विधान, लोकतान्त्रिक मूल्य र सांगठनिक मर्यादाको विपरित प्रतिशोधपूर्ण, पूर्वाग्रही र गुटबन्दिको प्रभावमा २०८२ असार २५ गते केन्द्रीय संयोजक आनन्द ढुंगानाको नाममा प्रेसित अनुशासनको कारबाही गरिएको घटनाले सम्पूर्ण पार्टी अनुशासित कार्यकर्ता र आम कांग्रेस परिवारलाई दुःखी र आक्रोसित बनाएको छ ।
कास्कीका नेता, कार्यकर्तामाथि गरिएको कारबाहीले नेपालको ठूलो र पूरानो पार्टीप्रति जनतामा बितृष्णा बढाएको र नजिकिदै गरेको १५ औं महाधिवेशन तथा आम निर्वाचनको समयमा बिगत ३ वर्ष अगाडी भएको निर्वाचनको विषयलाई लिएर हाल आएर भएको अन्यायपूर्ण निलम्वनले कांग्रेसमा गुट, अवसरवादी प्रवृत्तिको मौन स्वीकार्यता झल्काएको उल्लेख छ ।
पत्रमा पार्टीको निर्णय लोकतान्त्रिक प्रक्रिया र निष्पक्ष छानबिनको आधारमा हुनुपर्नेमा व्यक्तिविशेषका आन्तरिक स्वार्थ र सत्ता लोलुपताले प्रभावित भई कारबाही गरिएको भन्दै गम्भिर आपत्ति प्रकट गरिएको छ ।
कारबाहीको विरुद्धमा अगाडी लेखिएको छ, ‘सो निर्णयले पार्टी नीति, विधान र लोकतान्त्रिक मूल्यहरुमाथि प्रहार गरेको छ । पार्टीका शुभचिन्तक र विभिन्न समितिहरुले यो निर्णय फिर्ता लिन माग गर्दछौं ।
नेता कृष्ण केसी लगायत माथिको अन्यायपूर्ण कारबाही तत्काल फिर्ता गरियोस् । निष्पक्ष छानबिन र आन्तरिक लोकतन्त्र सुनिश्चित गरियोस् । यो कारबाही पूर्वाग्रही, अन्यापूर्ण र संगठनको एकतामाथिको प्रहार हो । ’