
पोखरा, ४ असार । जिल्ला प्रहरी कार्यालय कास्कीले विभिन्न मितिमा फरार रहेका ८ सय ४ जना फरार प्रतिवादीहरुलाई आर्थिक वर्ष २०८१÷ २०८२को एक वर्षे अवधिमा पक्राउ गर्न सफल भएको छ ।
सम्मानित अदालतबाट विभिन्न मुद्दामा फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका ६सय ४ जना पुरुष र दुई सय जना महिला गरी ८०४ जना फरार प्रतिवादिहरुलाई पक्राउ गरी फैसला कार्यान्वयनको लागि सम्मानित अदालतमा वुझाएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।
उनीहरुवाट ६१ वर्ष २ महिना १५ दिन कैद सजाय र रु दश करोड बाह्र लाख एक हजार तिन सय एकहत्तर रुपैँया जरिवाना असुल गर्नको लागि
सम्मानित अदालतमा उपस्थित गराईएको छ ।







