
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री एवं नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । यस अघि ललिता निवास प्रकरणमा मन्त्रीपरिषदको निर्णय अख्तीयारको दायरामा नपर्ने भन्दै उन्मुक्ति पाएका नेपाललाई यस पटक भने अख्तियारले पतञ्जलि जग्गा सट्टापट्टा प्रकरणमा अनियमितता गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारले नेपाल सहित ९३ जना सँग १८ करोड ५८ लाख रुपया विगो दावी गरेको छ । यो सँगै नेपालको सांसदपद निलम्वनमा परेको छ ।
पतञ्जलि योगपीठले जडीबुटी खेती र आयुर्वेद अस्पताल निर्माणका लागि हदबन्दी छुटमा जग्गा खरिद गरेको थियो । तत्कालीन सरकारको निर्णयबाट हदबन्दी छुटमा पाएको जग्गा पछि मन्त्रिपरिषद्कै निर्णयबाट बिक्री गरेको भेटिएपछि अख्तियारले छानबिन थालेको थियो । भारतको पतञ्जलि योगपीठले काभ्रेमा आयुर्वेद शिक्षालयदेखि अस्पताल र जडीबुटी फार्म सञ्चालन गर्न २०६४ सालमा कम्पनी दर्ता गरेको थियो ।
भूमिसम्बन्धी ऐन, २०२१ मा कुनै उत्पादनमूलक उद्योग वा व्यवसाय गर्न सरकारले हदबन्दीमा छुट हुने गरी जग्गा राख्ने सुविधाको व्यवस्था छ । तर त्यसरी सुविधामा खरिद गरेको जग्गा बिक्री गर्न पाइँदैन । नेपाल प्रधानमन्त्री भएका वखत दुई महिनाको समय भित्र पतन्जलीलाई ८ सय १५ रोपनी जग्गा दिनेदेखी विक्रिगर्ने सममको निर्णय मन्त्रीपरिषदवाट गराएका थिए ।
हदबन्दी छुटमा पाएको जग्गा सरकारले नै बिक्री गर्न अनुमती दिएपछि प्रश्न उठेको थियो । माधव नेपालले नीतिगत निर्णय मात्र नगरी व्यक्तिगत संलग्नता समेत पुष्टी भएपछि रिट दायर गरिएको अख्तियारले जनाएको छ । नेपालको ईतिहासमा भ्रष्टचारजन्य कसुरमा अख्तियारले अदालतमा रिट दायर गरेको यो पहिलो हो ।
पतन्जली जग्गा प्रकरणमा भूमी व्यवस्था विभागका तत्कालीन महानिर्देशक केशरवहादुर वानियाले कानून विपरित भन्दै विक्रिगर्न वाट रोक्न खोज्दा नेपाललेनै विष्टलाई सरुवा गरेर सहसचिव जतिवहादुर थापालाई विभागमा लगेका थिए । कर्मचारीलाइृ दवावमा पारेर प्रधानमन्त्रीले उक्त जग्गा पतन्जलीलाई दिलाएको अख्तीयारल दावी गरेको छ ।
अख्तियारले रिट दायर गर्दा गृहजिल्ला रौतहटमा रहेका माधव नेपालले प्रधानमन्त्री केपी ओली आफ्नो राजनीति सिध्याउन लागि परेको प्रतिक्रिया दिएका छन् । पतन्जलीमा आँफुले कुनै गलत काम नगरेको भन्दै आँफु सँधै शुसासनको पक्षमा रहेकाले गलत नियत वोक्नेहरुले आँफूलाई भ्रष्टचारी सावित गर्न नसक्ने नेपालले वताएका छन् । उनको पार्टी नेकपा समाजवादीले पनी अध्यक्ष माथी प्रतिशोध साचिएकाले प्रतिरोध गर्ने चेतावनी दिएको छ ।







